Connect with us
Advertisement
Advertisement

अनेरास्ववियु सुनसरीमा ओली समूहका सहसंयोजकसहित ७५ सदस्य थप

Published

on

इटहरीः अनेरास्ववियु सुनसरीका संयोजक जीबी गजलका अनुसार सहसंयोजकसहित कमिटीमा ७५ सदस्य मनोनयन गरिएको छ । साथै, विभिन्न स्थानीय तह र क्याम्पसहरुमा पनि जिम्मेवारी बाँडफाँड गरिएको छ ।

उनका अनुसार पुस २२ गते हुन लागेको विशेष कार्यकर्ता भेलाको पूर्वतयारीको लागि कमिटीमा सदस्यहरु मनोनयन गरिएको हो । कमिटीको सहसंयोजकमा रोशन रेग्मी मनोनित भएका छन् । यस्तै, जिल्ला कमिटी ७५ सदस्यीय बनाइएको छ । यसअघि सहसंयोजक प्रचण्ड माधव समूहका बुद्रोस लिम्बू थिए ।

ओली पक्षबाट धरान संयोजकमा अदितश्री अधिकारी र सहसंयोजकमा एनिस रेग्मी तथा इटहरीमा संयोजकमा युनिश ढकाल र सहसंयोजकमा नेत्र विष्टलाई जिम्मेवारी दिइएको छ। इनरुवा संयोजक असिम आचार्य र सहसंयोजकमा चिरञ्जिवी आचार्य रहेका छन् ।

क्याम्पसतर्फ जनता बहुमुखी क्याम्पस इटहरी, महेन्द्र बहुमुखी क्याम्पस धरान, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इञ्जिनियरीङ क्याम्पस धरान, सप्तकोशी बहुमुखी क्याम्पस वराहक्षेत्र, पिण्डेश्वर विद्यापीठ धरान र राष्ट्रिय जनसहयोग क्याम्पसमा पनि जिम्मेवारी तोकिएको छ ।

जिल्ला कमिटीमा ७५ जना सदस्य थपिएको बताइएको छ ।

 

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

३३९ जना थपिए संक्रमित, ४०१ जना निको

Published

on

विराटचोकः आज प्रदेशमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ जना पुगेको छ । थप ४ सय १ जना निको भएसँगै निको हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ४० जना आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये २ हजार ११ जनाको ज्यान गएको छ । हालसम्म २० लाख ४८ हजार १ सय १३ स्वाबको पीसीआर परीक्षण गरिएको छ ।

Continue Reading

Banner

प्रदेशमा आइसोलेसनमा रहनेको संख्या ८१ जनामात्रै

Published

on

विराटचोकः प्रदेशमा कोरोना संक्रमणको दर घट्दै जाँदा आइसोलेसनमा रहनेको संख्या ८१ जना मात्रै रहेको छ । हिजो ८६ जना आइसोलेसनमा थिए । आज थप ७ जनामा संक्रमण पुष्टि हुँदा पनि आइसोलेसनमा रहनेको संख्या भने घटेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज ७ जना संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार १ सय २८ जना पुुगेको छ । २९ हजार ५ सय ८२ जना निको भएका छन् भने ४ सय ६५ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

आज सुनसरीको धरानमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, झापाको भद्रपुर, मेचीनगर, इलामको माइ, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश बाहिरका १ जनामा संक्रमण पुष्टि भएको हो ।

Continue Reading

Banner

बालुवाटारमा प्रदर्शन गर्ने २६ जना मानव अधिकारकर्मी पक्राउ

Published

on

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभाव पार्ने प्रयास गरेको भन्दै त्यसको विरोधमा बालुवाटारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाज नेपालका अध्यक्षसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेको अवस्थामा अध्यक्ष कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगरलगायत २६ जनालाई प्रहरीले पक्राउ गरेको हो । विरोध प्रदर्शनका सहभागीहरूले आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक