विश्व
एकै दिन ८ लाख २० हजारभन्दा धेरैमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १९ लाख नाघ्यो

विराटचोकः विश्वमा आज एकै दिन ८ लाख २० हजार ८ सय ३८ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ८४ लाख ८० हजार ९६ जना पुगेको छ ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार सबैभन्दा धेरै अमेरिकामा २ लाख ७४ हजार १ सय ९० जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड २१ लाख ३२ हजार ४५ जना पुगेको छ । भारतमा १ करोड ४ लाखभन्दा बढी संक्रमित भएका छन् ।
गत २४ घण्टामा विश्वमा संक्रमणका कारण १४ हजार ७ सय २८ जनाको ज्यान गएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९ लाख ५ हजार ६ सय २३ जना पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ३ लाख ७४ हजार १ सय २४ जना, ब्राजिलमा २ लाख ४ सय ९८ जना, भारतमा १ लाख ५० हजार ६ सय ६ जना र मेक्सिकोमा १ लाख २९ हजार ९ सय ८७ जनाको ज्यान गएको छ । अन्य देशमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ हजारभन्दा कम छ ।
Banner
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई वार्ताका लागि बोलाएका हुन् ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकषर्ण भएको जनाउँदै वार्ताका लागि बोलाएका हुन् ।
शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ता आउन आह्वान गरेका हुन् । मन्त्री पन्तसँगै शिक्षा मन्त्रालयले समेत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ ।
Banner
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो ।
तर, सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।
देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन् ।
आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।
Banner
भूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (फोटो फिचर)

२०७२ वैशाख १२ को भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पूरातात्विक सम्पदा क्षतिग्रस्त हुन पुगे ।
भूकम्पमा परी काठमाडौंको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पनि भत्किए । भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो ।
भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर आदि पुनर्निर्माण सकिएको छ ।
वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन् । पूरातत्त्व विभाग, काठमाडौं महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो ।
कस्तो थियो ?
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: ब्राजिलमा कोरोना संक्रमितको संख्या ८० लाख, अमेरिकामा एकै दिन थपिए ३ लाखभन्दा धेरै संक्रमित - निष
Pingback: एकै दिन विश्वमा कोरोना संक्रमणका कारण १६,४४६ जनाको मृत्यु - निष्पक्षखबर