विश्व
चेक गणतन्त्र र इण्डोनेसियामा कोरोना संक्रमितको संख्या ८ लाख

विराटचोकः चेक गणतन्त्र र इण्डोनेसियामा कोरोना संक्रमितको संख्या ८ लाख नाघेको छ । गत २४ घण्टामा १४ हजार ७ सय ८० जना संक्रमित थपिएसँगै चेक गणतन्त्रमा कोरोना संक्रमितको संख्या ८ लाख ९ हजार ६ सय १ जना पुगेको छ ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार थप ४ सय ८५ जना निको भएसँगै त्यहाँ निको हुनेको संख्या ६ लाख ५१ हजार ८ सय १४ जना पुगेको छ । थप ९८ जनाको मृत्युसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ८ सय जना पुगेको छ । १ लाख ४४ हजार ९ सय ८७ जना आइसोलेसनमा रहेका छन् ।
उता, इण्डोनेसियामा थप १० हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ लाख ८ हजार ३ सय ४० जना पुगेको छ । थप ७ हजार ४ सय ४६ जना निको भएसँगै निको हुनेको संख्या ६ लाख ६६ हजार ८ सय ८३ जना पुगेको छ । थप २ सय ३३ जनाको मृत्यु भएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३ हजार ७ सय ५३ जना पुगेको छ । १ लाख १७ हजार ७ सय ४ जना आइसोलेसनमा रहेका छन् ।
कोरोना संक्रमितको संख्याको आधारमा विश्वमा चेक गणतन्त्र बीसौँ र इण्डोनेसिया २१ औँ स्थानमा रहेका छन् ।
सम्बन्धित थप समाचारः
चेक गणतन्त्रमा ७ लाख र बुल्गेरियामा २ लाख पुगे कोरोना संक्रमित
चेक गणतन्त्रमा कोरोना संक्रमितको संख्या ६ लाख, मृतकको संख्या १० हजार
पोल्याण्डमा ९ लाख र चेक रिपब्लिकमा ५ लाख पुगे कोरोना संक्रमित
इण्डोनेसियामा कोरोना संक्रमितको संख्या ७ लाख
इण्डोनेसिया र बेल्जियममा कोरोना संक्रमितको संख्या ६ लाखभन्दा बढी
इण्डोनेसियामा ५ लाख र स्वीट्जरल्याण्डमा ३ लाख पुगे कोरोना संक्रमित
Banner
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर वडानम्बर ३ सेतीबगरमा शनिबार राति दुर्घटना भएको हो । दुर्घटनामा भोजपुर नगरपालिका-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Banner
हङकङसँगको खेल नतिजाविहीन हुँदा नेपाल फाइनलमा

हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । शनिबार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडे ।
३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अंक भयो । एक खेल मात्र जितेको हङकङको ३ अंक मात्र भयो । नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो । यसअघि कुवेतले कतारलाई हराएर ४ अंक जोड्दै नेटरनरेट पनि बढाएपछि यो खेल निर्णायक बनेको थियो ।
खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो ।
त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल सुरु हुन ढिलाइ भएको थियो र फेरि पानी पर्न थालेपछि खेल सुरु भएन ।
नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।
Banner
शिक्षक आन्दोलन : मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा सरकार तयार

आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार लचक भएको छ । शिक्षकले उठाएको मागमा मन्त्रिपरिषद् र शिक्षा मन्त्रालयले गर्न सक्ने निर्णय गर्न सरकार तयार भएको हो ।
शुक्रबार सरकार र शिक्षक महासंघबीच भएको वार्तामा सरकारको तर्फबाट वार्तामा सहभागी टोलीले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय सुनाएको हो । ‘क्याबिनेट र मन्त्रालयले गर्न सक्ने विषय राख्नुभयो । शिक्षा मन्त्रालयले आफ्ना शिक्षक कर्मचारीप्रती गर्न सक्ने कुरा रहेछ क्यारे । आजसम्म किन नगरेको रु शिक्षकका माग मन्त्रालयलाई थाहा छ । सोध्नै परेन नि ! वार्तामा सहभागी शिक्षक महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
सरकार र शिक्षक महासंघबीच बिहीवार र शुक्रबार वार्ता भएको थियो ।
शिक्षा मन्त्रालयका अधिकारीले पनि तत्काल शिक्षा मन्त्रालय र मन्त्रlपरिषद्बाट निर्णय गर्न सकिने विषयमा कुराकानी भएको बताएको छ । ‘बजेट कार्यक्रमले सम्बोधन गर्ने विषय छन् । निजामती सरह सेवा सुविधाको कुरा छ । तलब भत्ता ग्रेडको कुरा छ । बजेट तर्जुमामा छौं । यी विषय संवाद भइरहेको छ । प्रक्रियामा छौं । स्थानीय तहमा वित्तीय हस्तान्तरण गरेर पठाउनु पर्ने हुन्छ । अर्थ मन्त्रालयसँग पनि कुरा भइरहेको छ’, मन्त्रालयका एक अधिकारिले भने ।
मन्त्रालयले गर्न सक्ने काम गरिदिए आफूहरू ऐन निर्माणका लागि मात्र दबाब दिने बताउछिन् पराजुली ।
‘मन्त्रालयले गर्न सक्ने कुरा गरिदिए बाँकी संसदले गर्ने कुरा त्यतातिर जोड गर्छौं । उपसमितिको छलफल अगाडि बढेको सुनेका छौं । हामीले चाहेको पनि त्यही हो। संसदको नियमित प्रक्रियाबाट हुन्छ कि के हुन्छ प्रक्रिया सुरुवात गरिदिएर टुंगो लगाए हामी किन सडकमा बसिरहन्छौं ?’ उनले भनिन् ।
ऐन जारी नभएसम्म आन्दोलन नरोकिने उनले स्पष्ट पारिन । ‘सरकारको कुरा आन्दोलन रोक्नुस भन्ने छ । ऐन जारी नभएसम्म सडकमै बस्छौं’, उनले भनिन् ।
सरकारसँग अर्को वार्ता तय नभएको उनले बताइन् । २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छ्न् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: इण्डोनेसियामा ९ लाख र फिलिपिन्समा ५ लाख नाघे कोरोना संक्रमित - निष्पक्षखबर
Pingback: चेक गणतन्त्रमा ९ लाख र रोमानियामा ७ लाखभन्दा बढी कोरोना संक्रमित - निष्पक्षखबर