Connect with us
Advertisement
Advertisement

टोलस्तरीय फुटबलमा सिद्धेश्वर र खोर्सानेको जीत

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ को आयोजनामा टोलस्तरीय फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ ।

शुक्रबारे खेल मैदानमा भएको पहिलो दिनको पहिलो खेल खोर्साने टोल विकास संस्था र शुक्रबारे प्रणाम टोल विकास संस्था बीच भएको थियो । सो खेलमा शुक्रबारे टोल विकास संस्थालाई खोर्साने टोल विकास संस्थाले १ गोल गरी विजयी भएको छ ।

त्यसैगरी आजै भएको दोस्रो खेलमा संगम टोल विकास संस्थालाई सिद्धेश्वर टोल विकास संस्थाले पनि १ गोल गरेर विजयी भएको थियो ।

प्रतियोगितामा पहिलो र दोस्रो हुनेले क्रमशः १० हजार र ५ हजार रुपैयाँ तथा प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ । यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक वडा सदस्य दिलिप दाहालले बताए । यस्तै, धेरै गोल गर्ने खेलाडीलाई विशेष पुरस्कार समेतको व्यवस्था गरिएको बताइएको छ ।

खेलको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा नं १२ का वडाध्यक्ष रोशनप्रसाद ढकालले समाजलाई खेलको माध्यमबाट भाइचारा सम्बन्ध स्थापित गरी आपसी सद्भाव दिनुका साथै एक अर्काबीचमा आत्मीयता दिन र खेलको विकासलाई उचाइमा पुर्याउन खेलको आयोजना गरिएको बताए ।

राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा समेत यस्ता प्रतियोगिताले सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रममा वडा सदस्य, टोल विकास संस्थाका अध्यक्ष, स्थानीय संघ संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

Continue Reading

Facebook Comment

Advertisement
1 Comment

Banner

३३९ जना थपिए संक्रमित, ४०१ जना निको

Published

on

विराटचोकः आज प्रदेशमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ जना पुगेको छ । थप ४ सय १ जना निको भएसँगै निको हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ४० जना आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये २ हजार ११ जनाको ज्यान गएको छ । हालसम्म २० लाख ४८ हजार १ सय १३ स्वाबको पीसीआर परीक्षण गरिएको छ ।

Continue Reading

Banner

प्रदेशमा आइसोलेसनमा रहनेको संख्या ८१ जनामात्रै

Published

on

विराटचोकः प्रदेशमा कोरोना संक्रमणको दर घट्दै जाँदा आइसोलेसनमा रहनेको संख्या ८१ जना मात्रै रहेको छ । हिजो ८६ जना आइसोलेसनमा थिए । आज थप ७ जनामा संक्रमण पुष्टि हुँदा पनि आइसोलेसनमा रहनेको संख्या भने घटेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज ७ जना संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार १ सय २८ जना पुुगेको छ । २९ हजार ५ सय ८२ जना निको भएका छन् भने ४ सय ६५ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

आज सुनसरीको धरानमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, झापाको भद्रपुर, मेचीनगर, इलामको माइ, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश बाहिरका १ जनामा संक्रमण पुष्टि भएको हो ।

Continue Reading

Banner

बालुवाटारमा प्रदर्शन गर्ने २६ जना मानव अधिकारकर्मी पक्राउ

Published

on

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभाव पार्ने प्रयास गरेको भन्दै त्यसको विरोधमा बालुवाटारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाज नेपालका अध्यक्षसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेको अवस्थामा अध्यक्ष कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगरलगायत २६ जनालाई प्रहरीले पक्राउ गरेको हो । विरोध प्रदर्शनका सहभागीहरूले आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक