Connect with us
Advertisement

नयाँ प्रजातिको भाइरस भेटिएको बेलायतमा कोरोना संक्रमितको संख्या ३० लाख

Published

on

विराटचोकः पछिल्लो समय कोरोना भाइरसको संक्रमणको दर बढ्दै गएको र नयाँ प्रजातिको भाइरस भेटिएको बेलायतमा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार पछिल्लो २४ घण्टामा ५९ हजार ९ सय ३७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३० लाख १७ हजार ४ सय ९ जना पुगेको छ । तीमध्ये आधाभन्दा कम अर्थात् १४ लाख ६ हजार ९ सय ६७ जना निको भएका छन् । आइसोलेसनमा रहनेको संख्या १५ लाख २९ हजार ५ सय ७४ जना रहेको छ ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १ हजार ३५ जनाको ज्यान गएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८० हजार ८ सय ६८ जना पुगेको छ । कोरोना संक्रमितको संख्या र संक्रमणका कारण मृत्यु हुने दुवैको संख्याको आधारमा बेलायत विश्वको पाँचौँ स्थानमा रहेको छ ।

सम्बन्धित समाचारहरुः

कोरोना संक्रमण बढेको भन्दै बेलायतबाट नेपाल आउन लगाइयो प्रतिबन्ध

अमेरिकामा १ करोड ८० लाख तथा टर्की र बेलायतमा २० लाख पुगे कोरोना संक्रमित

अमेरिकामा ९४ लाख र बेलायतमा १० लाख नाघे कोरोना संक्रमित

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एमाले मतगणना अपडेट : १० वटा मेसिनको चिप्स निकाल्न बाँकी, सबै परिणाम एकैसाथ सुनाइने

Published

on

नेकपा एमालेको मतगणना कार्य सुरु हुने प्रक्रियामा छ ।

निर्वाचन आयोगका अनुसार, अहिले धमाधम विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । केहीबेरमा मतगणना सुरु हुनेछ । आयोगका अनुसार, ८० मध्ये ७० वटा मेसिनबाट चिप्स निकालिसकिएको छ । अब १० वटाको मात्रै बाँकी छ । त्यसलगत्तै मतगणना सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, सबै परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी छ । बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वका लागि मतदान गरेसँगै मतगणनाको प्रक्रिया अघि बढेको हो । मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे ।अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ ।मेसिन लक गर्ने र मेसिनको अलग अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ । सेन्टर कलेक्शनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ ।

 

 

Advertisment

निर्वाचन आयोगका अनुसार, अहिले धमाधम विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । केहीबेरमा मतगणना सुरु हुनेछ । आयोगका अनुसार, ८० मध्ये ७० वटा मेसिनबाट चिप्स निकालिसकिएको छ । अब १० वटाको मात्रै बाँकी छ । त्यसलगत्तै मतगणना सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, सबै परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी छ । बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वका लागि मतदान गरेसँगै मतगणनाको प्रक्रिया अघि बढेको हो । मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ । मेसिन लक गर्ने र मेसिनको अलग अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ । सेन्टर कलेक्शनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ ।

Continue Reading

Banner

एमालेको मतदान अन्तिम चरणमा, नतिजा केही घण्टामै

Published

on

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि रातभर मतदान भएको छ । बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहानसम्म जारी छ ।अहिले मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार एक घण्टा भन्दा कम समयमा मतदान सकिन्छ ।अब १०० मत खस्न बाँकी छ । ८० वटा मेसिनबाट मतदान भइरहेको छ,’ उनले भने । लामाका अनुसार अहिले ८० जनाले मत हालिरहेका छन् । २० जना जति होल्डिङ सेन्टरमा छन् । महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । तर शतप्रतिशत मत नखसेको निर्वाचन आयोगका एक प्रतिनिधिले बताए । स्रोतका अनुसार करिब ३६ मत खसेको छैन । मतपरिणाम आजै सार्वजनिक हुनेछ । एमालेले ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने जनाएको छ ।

Continue Reading

Banner

गछिया जेसिजको अध्यक्षमा कमल ढुंगाना सर्वसम्मत निर्वाचित

Published

on

गछिया, पुस २, २०८२
गछिया जेसिजको चौथो साधारणसभा आज गछिया जेसिजको सचिवालयमा सम्पन्न भएको छ। साधारणसभाले कमल ढुंगाना (कुन्दन) लाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो। सभाबाट नयाँ कार्यकारिणी समिति पनि सर्वसम्मत चयन गरिएको छ। कार्यकारिणी उपाध्यक्षमा जेसी लक्ष्मण दाहाल र आयुष दीप रिजाल चयन भएका छन् भने उपाध्यक्षमा अनु दाहाल, रिजन पोखरेल, सुजन बाराकोटी र सन्जिब दाहाल निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा गंगा सिग्देल तथा जनसम्पर्क अधिकारीमा अनुप अधिकारी सर्वसम्मत चयन भएका हुन्। नव निर्वाचित अध्यक्ष ढुंगानाले गछिया जेसिजलाई अझ सक्रिय, उत्तरदायी र समाजमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक