Connect with us
Advertisement

सुनको भाउ २ सय रुपैयाँ घट्यो, चाँदीको १५ रुपैयाँ

Published

on

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा २ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९२ हजार ४ सय रुपैयाँ र असली चाँदीको भाउ प्रति तोला १ हजार २ सय ६० रुपैयाँ कायम भएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज – २४ बैशाख २०८१ सोमवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय व्यवस्थापन गर्न गारो होला र कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मान्यजनको सुझाव अप्रिय लाग्नेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइनसक्छ, सचेत रहनुहोला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्न सक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला, तर मेहनेत अनुसार आर्थिक लाभ भने मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमणीय र सुखद् यात्राको योग छ । धर्म र आस्था बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । बन्दव्यापारका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । धन हात पनि पर्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो हातबाट शुभ कार्य गर्न पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

आजको मौसम : कोशी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुनसक्ने

Published

on

अहिले देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी  र गण्डकी  प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भई रहेको छ भने देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

आज दिउसो भने  कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

त्यस्तै कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।

Continue Reading

Banner

आईपीएल क्रिकेट : लखनउलाई हराउँदै कोलकाता शीर्ष स्थानमा, चेन्नईले पञ्जावलाई २८ रनले हरायो

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् । गएराति भएको खेलमा कोलकाताले लखनउलाई ९८ रनको फराकिलो अन्तरले हराएको हो । कोलकाताले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर १ बलमा १ सय ३७ रनमा समेटियो । लखनउका मार्कर स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कोलकाताका नवीन उल हकले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । उसका सुनिल नारिनेले ८१ रन बनाए । जितसँगै अहिलेसम्म खेलेका ११ खेलमा ८ मा जित र ३ मा हार व्यहोरेर १६ अङ्कका साथ कोलकाता तालिकाको पहिलो स्थानमा उक्लिएको छ । समान ११ खेल खेलेको लखनउ १२ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा छ ।

यसअघि हिजो भएको पहिलो खेलमा चेन्नईले पञ्जाबलाई २८ रनले हराएको छ ।  चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले  सर्वाधिक ३० रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६७ रन बनायो । चेन्नईका लागि रवीन्द्र जडेजाले सर्वाधिक ४३ रन बनाए । जितपछि चेन्नई ११ खेलमा १२ अङ्क सहित तेस्रो स्थानमा उक्लिएको छ । पञ्जाब भने ११ खेलमा ८ अङ्क सहित आठौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन्  । मुम्बईको वानखेडेमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक