Connect with us
Advertisement

बुधबार बीमा कम्पनीका शेयरमा झुम्मिए लगानीकर्ता, नयाँ रेकर्ड बनाएको बजारमा सेन्सेटिभ इण्डेक्स भने रातो

Published

on

विराटचोकः बुधबार नेप्से परिसूचक १८.७६ अंकले बढेर २४४१.८५ को अंकमा पुगेर नयाँ कीर्तिमानी बिन्दु बनाएको छ । नेप्से बढे पनि राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.८६ अंकले घटेर ४४६.३८ को बिन्दुमा अडिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि थोरै घटेको छ ।

१२ समूहमध्ये ५ वटामा हरियाली छाएको छ भन ७ वटामा रातो पोतिएको बजारमा जीवन बीमा समूह सबैभन्दा धेरै ६ दशमलव ५१ प्रतिशतले बढेको छ । ३ दशमलव ९८ प्रतिशत, लघुवित्त समूह १ दशमलव ६९ र व्यापार समूह १ दशमलव १४ प्रतिशतले बढेको छ । सामुहिक लगानी कोष भने २ दशमलव २७ प्रतिशत मात्रै बढेको छ ।

सबैभन्दा धेरै होटल समूह १ दशमलव १८ प्रतिशतले घटेको छ । बैंक, वित्त र उत्पादनमूलक समूह समान ० दशमलव ५७ प्रतिशतले घट्दा विकास बैंक ० दशमलव २५, जलविद्युत समूह ० दशमलव २१ र अन्य समूह ० दशमलव ११ प्रतिशतले झरेका छन् ।

नेप्सेमा सूचीकृतमध्ये २ सय ८ कम्पनीका १ करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर ५९ हजार १ सय ५१ पटक किनबेच हुँदा ८ अर्ब ६२ लाख ३८ हजार ७ सय ७० रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ९३ करोड ३४ लाख २३ हजार ९ सय ३ रुपैयाँको कारोबार हुँदा उच्च कारोबार गर्नेमा प्राइम कमर्सियल बैंक, नेपाल बैंक, प्रभु बैंक र नेशनल लाइफ इन्स्योरेन्स परेका छन् ।

६ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको बजारमा मूल्य बढ्ने कम्पनीमा बीमा र लघुवित्त समूहका कम्पनी परेका छन् । नेपाल लाइफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, गुराँस लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स र नेशनल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

पोखरा फाइनान्सका शेयरधनीहरुले ७ प्रतिशतले सम्पत्ति गुमाउँदा उच्च मूल्य घट्ने अन्य कम्पनीमा सामुहिक लगानी कोषका कम्पनी परेका छन् ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण बढेर ३२ खर्ब ८९ अर्ब ५ करोड ५ लाख ५४ हजार २ सय १ रुपैयाँ कायम भएको छ ।

उतारचढावका बीच आइतबारको कीर्तिमानी तोडेको सोमबारको शेयर बजारमा ७ उपसूचक राताम्य

नेपाल लाइफले कारोबार रकममा तोड्यो १ महिना अघिको आफ्नो कीर्तिमानी

५० अंक बढेको शेयर बजारमा बने ३ वटा रेकर्ड

फेरि रेकर्ड तोड्यो नेप्सेले, कारोबार रकम भने कम

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इरान युद्धमा परेर २०० अमेरिकी सैनिक घाइते

Published

on

अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेयता करिब २०० अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सेनाको मध्य कमान्डका प्रवक्ता टिम हकिंसले सोमबार यसबारे जानकारी दिएका हुन् ।

हकिंसका अनुसार घाइते सैनिकहरू बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा घटनामा परेका हुन् । तीमध्ये १० जना सैनिक गम्भीर घाइते भएका छन् भने बाँकी १८० भन्दा बढी उपचारपछि फिर्ता जिम्मेवारीमा फर्किएका छन् ।

साथै, पश्चिमी इराकमा अमेरिकी के–सी– १३५ इन्धन आपूर्ति विमान दुर्घटना भएको थियो । यस दुर्घटनापछि अमेरिकी सेनामा मृत्यु हुने संख्या १३ पुगेको छ ।

यो घटनाले अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तनाव र मानवीय चुनौतीहरू अझ बढेको देखाएको छ ।

Continue Reading

Banner

उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

Published

on

आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हावाले सुकेको सालको रुख ढल्दा चौधरीको मृत्यु भएको हो ।

सोही घटनामा रुखले किचेर ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, कटारी नगरपालिका–५ आहालेडाँडा बस्ने २७ वर्षीय युवराज कार्की, कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीला बहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरी बस्ने १६ वर्षीया अस्मिता परियार रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।

घटनामा घाइते भएकी ४ वर्षीया बालिका बिनिशा चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा करिब ४० मिनेटपछि उद्धार गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए ।

यस्तै कटारी नगरपालिका–८ की मिनामाया तामाङ घरमा खसी–बाख्रा सार्ने क्रममा हावाले भाँचको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइए पनि चिकित्सकले राति ९:१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीलाबहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक दोङले बताए ।

Continue Reading

Banner

नेप्से २६.०७ अङ्कले घट्यो

Published

on

शेयर बजार परिसूचक नेप्से आज २६.०७ अङ्कले घटेर २७९८.८३ विन्दुमा झरेको छ । आज उत्पादन बाहेक सबै समूहको शेयर घट्दा बैंक, लगानी र अन्य समूहको शेयर एक प्रतिशत भन्दा धेरैले घटेको छ ।

आज सिद्धार्थ इक्युटी फण्ड र नारायणी विकास बैंकको शेयर चार प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि पाँचवटा कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको हो ।

सकारात्मक सर्किट लाग्नेमध्ये अपर हेवाखोला जलविद्युत् कम्पनी बाहेक सबै केही आईपीओमार्फत भर्खरै बजारमा कारोबार शुरू भएका कम्पनी हुन् ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १४ अर्ब ३२ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ३ सय ४५ वटा कम्पनीका ३ करोड ७ लाख कित्ता शेयर ११ अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक