Connect with us
Advertisement

महिला सेवा समाजले गर्याे ज्येष्ठ नागरिकलाई सम्मान

Published

on

विराटचोकः मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा रहेको महिला सेवा समाजले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला प्रमुख अतिथि तथा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिविप्रसाद ढकाल विशिष्ट अतिथि रहेका थिए । नेपाली काङ्ग्रेस सुन्दरहरैँचा नगर सभापति कृष्णबहादुर लिम्बू, नेपाल महिला संघ क्षेत्रीय सभापति कमलादेवी अधिकारी, नेपाल महिला संघकी मुना गजुरेल र अनिता ज्ञवाली, सहकारीकर्मी श्यामकुमार आचार्य, समाजसेवी कृष्णप्रसाद बास्तोला, हरि पौडेल, कृष्ण लामिछानेलगायत उपस्थित थिए ।

प्रमुख सङ्ग्रौलाले संस्थाले आयोजना गरेका हरेक कार्यक्रममा आफूले सक्ने जुनसुकै सहयोग गर्न पछि नपर्ने बताए । महिला समाजकै शक्ति भएकाले महिलाले हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका अवलम्बन गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

नगरप्रमुख शिवप्रसाद ढकालले संस्थाले गर्ने हरेक गतिविधिमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । समाजकै निम्ति हरपल लागिपरेका हरेक संघ संस्थालाई सहयोग गरेको उनको भनाइ थियो । विभिन्न सीपमूलक तालीम, गोष्ठी, अन्तरक्रिया आदि गतिविधि गरेर समाजमा परिणाम देखिने गरी काम गर्न र नगरभरी एउटा छुट्टै पहिचान कायम गर्दै उत्कृष्ट संस्थाका रूपमा संस्था देखा पर्न सकोस् भनी उनले शुभकामना दिए ।

महिला नेतृ मुना गजुरेलले समाजमा महिलाको अहम भूमिका र नेतृत्व अपरिहार्य भएको उल्लेख गर्दै हरेक संघ संस्थामा महिला स्वयं जागरुक भएर अगाडि बढ्न सक्नुपर्ने बताइन् ।

महिला नेतृ कमलादेवी अधिकारीले महिलाले चाहे असम्भव केही नभएको बताउँदै महिलाबाट मात्रै राष्ट्रहित र विकास सम्पन्न हुने बताइन् । नारी सृष्टिकर्ता भएकाले नारीको उपस्थितिबिनाको समाजको कल्पनै गर्न नसकिने उनको भनाइ थियो ।

कार्यक्रममा सहकारीकर्मी श्यामकुमार आचार्यले पनि आफ्नो धारणा राखेका थिए ।

संस्थाकी अध्यक्ष मञ्जु रेग्मीले सबै महिला साथीहरूको सहयोगमा धेरै दुःखले संस्था स्थापना गरेको स्मरण गर्दै समाजसेवाका क्षेत्रमा रातदिन नभनी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नगरभरी परिणाम देखिने गरी महिलाका क्षेत्रमा काम गर्न आफू तयार रहेको उनको भनाइ थियो । आफू व्यक्तिगत भन्दा पनि समाजका निम्ति हरपल सोच्ने भावना र रूचिबाट अभिप्रेरित भएकी हुनाले आफ्नो जीवन नै समाजका निम्ति अर्पण गरेको उनले बताइन् ।

कार्यक्रममा सो समाजका १० जना ज्येष्ठ नागरिकलाई खादा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी

Published

on

नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।

ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।

सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।

नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

Continue Reading

Banner

विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण

Published

on

सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्‍याएको छ ।

लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।

सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्‌पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।

उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।

Continue Reading

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक