Connect with us
Advertisement

इन्द्रपुर जेसीजको पुरस्कार वितरण तथा पदस्थापन कार्यक्रम सम्पन्न

Published

on

विराटचोकः इन्द्रपुर जेसीजको पुरस्कार वितरण तथा १९ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार इन्द्रपुर जेसीज मंगल स्मृति सामुदायिक भवनमा सो कार्यक्रम सम्पन्न भएको हो ।

इन्द्रपुर जेसीज वर्ष २०२० का अध्यक्ष गणेशप्रसाद भट्टराईले वर्ष २०२१ का अध्यक्ष कृष्णप्रसाद ओझालाई गलामा लगाएको चेन लगाइदिएर पद हस्तान्तरण गरेका हुन् ।

 

त्यस्तै, जुनियर जेसीजतर्फ अध्यक्ष टेकराज तिम्सिनाले वर्ष २०२१ का अध्यक्ष प्रान्जल ढकाललाई चेन हस्तान्तरण गरेका हुन् ।

उपाध्यक्ष, कार्यकारी उपाध्यक्ष, महासचिव लगायत अन्य पदाधिकारीहरुले पनि वर्ष २०२१ का पदाधिकारीहरुलाई पद हस्तान्तरण गर्दै जेसीजको कार्य र आस्थाअनुरुप काम गर्न आग्रह गरी पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराएका थिए ।

 

कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल रहेका थिए । विशिष्ट अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी रहेका थिए । अतिथिहरूमा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईंलगायत रहेका थिए । विभिन्न शाखाका अध्यक्षहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

२००२ सालमा स्थापना भएको इन्द्रपुर जेसीजले समाजमा रहेका विभिन्न व्यक्तिहरुलाई स्मृति अवार्ड समेत प्रदान गरेको छ । वर्ष २००९ का अध्यक्ष रमेश खड्काले स्थापना गरेको डि. रत्न स्मृति अवार्ड सुन्दरहरैंचा भित्र खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुर्गाकुमार श्रेष्ठलाई प्रदान गरिएको थियो ।

यसैगरी इन्द्रपुर जेसीजका संस्थापक सदस्य रामकृष्ण खड्काले स्थापना गरेको मातृका खड्का स्मृति छात्रवृत्ति शिक्षा निकेतन मावि सुन्दरहरैंचा– ८ मा कक्षा ३. मा अध्ययनरत योगराज पराजुलीलाई प्रदान गरिएको छ ।

 

इन्द्रपुर जेसीज वर्ष २००५ का अध्यक्ष शिवप्रसाद ढकाल, वर्ष २०११ का अध्यक्ष यज्ञप्रसाद ढकाल र वर्ष २०१७ का अध्यक्ष शारदाप्रसाद ढकालले संयुक्त रुपमा स्थापना गरेको कृष्ण विन्दा आउटस्टेण्डिङ जेसीज अवार्ड युजिन आचार्यलाई प्रदान गरिएको छ ।

यस्तै, वर्ष २०१२ का अध्यक्ष नारायण कार्कीले स्थापना गरेको नरदेवी अवार्ड रमेश खतिवडालाई प्रदान गरिएको छ ।

साेहि समाराेहकाे अवसरमा नव निर्मित इन्द्रपुर जेसीज सचिवालय भवनकाे उद्घाटन समेत गरिएकाे छ । भवनकाे उद्घाटन नगरप्रमुख शिवप्रसाद ढकालले गरेका हुन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक