कोशी प्रदेश
गछिया जेसीजको सातौँ पदस्थापन सम्पन्न
विराटचोकः गछिया जेसीजको सातौँ पदस्थापन समारोह आज सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२१ को लागि अध्यक्ष चयन भएका रबिन सिटौलालाई सन् २०२० का अध्यक्ष मनोज रेग्मीले चेन प्रदान गरेर पदस्थापन गराएका थिए । त्यसपछि रेग्मीले सिटौलालाई शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा जेसीजका गतिविधि समाचारको माध्यममार्फत् प्रकाशन गरेकोमा निष्पक्ष खबर डट कमलाई कदर पत्रले सम्मान गरिएको थियो । त्यस्तै, जेसीजका पूर्व अध्यक्षहरुले स्थापना गरेका विभिन्न पुरस्कार पनि जेसीज सदस्यलाई प्रदान गरिएको थियो ।
गछिया जेसीजका संस्थापक अध्यक्ष दुर्गाप्रसाद घिमिरेले स्थापना गरेको दयानिधि–देवका घिमिरे सम्मान लक्ष्मण दाहाललाई प्रदान गरिएको थियो । सन् २०१६ का अध्यक्ष लक्ष्मी न्यौपानेले स्थापना गरेको दुर्गा न्यौपाने स्मृति उत्कृष्ट युवा पुरस्कार नवराज पोखरेललाई प्रदान गरिएको थियो ।

सन् २०१७ का अध्यक्ष अमिष ढकालले स्थापना गरेको पुरस्कार मनोज रेग्मीलाई प्रदान गरिएको थियो ।
सन् २०१८ का अध्यक्ष नेत्रप्रसाद दुलालले स्थापना गरेको विमलाकुमारी दुलाल स्मृति उत्कृष्ट कार्यक्रम संयोजक पुरस्कार नवीन बराललाई प्रदान गरिएको थियो ।
सन् २०१९ का अध्यक्ष बोधराज रिजालले स्थापना गरेको नारायणप्रसाद रिजाल स्मृति पुरस्कार शान्तिराम श्रेष्ठलाई प्रदान गरिएको थियो ।
त्यस्तै, कोरोनाको संक्रमणको जोखिमका कारण गरिएको लकडाउनको समयमा गछिया जेसीजले सञ्चालन गरेको चुलो बाल्ने अभियानका क्रममा सहयोग गर्ने बोधराज कन्स्ट्रक्सन, आशा नेपाल, सञ्जीव सत्याललगायत दर्जनभन्दा बढी व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । सो अभियान जेसीजले भदौ १३ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जेसीज अध्यक्ष रेग्मीले कोरोनाको संक्रमणको जोखिमका कारण आफ्नो कार्यकालमा भर्चुअल विधिबाट तालीम दिइएको बताए । स्थानीय निकाय र विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोग र समन्वयमा गरिएको चुलो बाल्ने अभियान प्रभावकारी भएको उनले बताए ।
सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख धनमाया तामाङ, कार्यपालिका सदस्यहरु, वडाध्यक्षहरु, गछिया जेसीजका पूर्व अध्यक्षहरु, मोरङ, सुनसरी, झापा र धनकुटाका जेसीजका शाखाका प्रतिनिधिलागयत उपस्थित थिए ।

Banner
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।
Banner
सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने
झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।
गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
Banner
एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।
मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।
बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: गछिया जेसीजको कार्यक्रममा मेयरले भने, ‘गछियाको विकासको नेतृत्व जेसीजले लिनुपर्याे’ - निष्पक्ष