कोशी प्रदेश
सुन्दरहरैंचामा बन्ने भयो प्रदेशस्तरीय अस्पताल
विराटचोकः सरुवा रोगको उपचारको लागि सुन्दरहरैंचामा प्रादेशिक सरुवा रोग अस्पताल बन्ने भएको छ । आज संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले अस्पतालको शिलान्यास गरे ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री ढकालले प्रदेशस्तरीय अस्पताल सुन्दरहरैंचामा बन्नु सामान्य विषय नभएको बताए । मंसिर १५ गते देशभर ३ सयभन्दा बढी अस्पताल शिलान्यास हुँदा यो अस्पताल पनि शिलान्यास गर्ने तयारी भए पनि प्राविधिक कारणले कठिनाइ भएको उनको भनाइ थियो ।

५० बेडको सो अस्पतालका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा ८ करोड रुपैयाँ विनियोजन गरेको र जम्मा २५ करोड रुपैयाँ संघीय सरकारले दिने उनले बताए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको १५ बिघा जग्गामा अस्पताल बन्ने भएकाले ५० वर्षका लागि प्रदेश सरकारले जग्गा भाडामा लिएको र प्राविधिक पक्षको जिम्मा प्रतिष्ठानले लिने गरी सम्झौता भएको उनको भनाइ थियो ।
आफू कानुन मन्त्री र स्वास्थ्य मन्त्री हुँदा तुलनात्मक रुपमा धेरै काम गरेको बताउँदै उनले अहिले पर्यटन मन्त्री हुँदा पनि धेरै राम्रा काम गर्न चाहिरहेको बताए ।
विशिष्ट अतिथि राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले अस्पताल शिलान्यास हुनुमात्रै ठूलो कुरा नभएको बताउँदै कार्यान्वयन महत्वपूर्ण विषय भएको बताए ।

विशिष्ट अतिथि प्रदेशका सामाजिक विकासमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार र प्रतिष्ठानबीच सहकार्य भएकाले अस्पताल सञ्चालनमा कुनै समस्या नहुने बताए । संघीय सरकारले दिएको बजेट अपुग भएमा प्रदेश सरकारले पनि थप सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
प्रदेश सांसद राजकुमार ओझाले अस्पताल मात्रै नभएर उत्कृष्ट ल्याब सञ्चालन गर्नुका साथै औषधी उत्पादनमा पनि ध्यान दिने बताए ।
प्रदेश सरकारका प्रमुख सचिव दिनेश भट्टराईले अस्पताल सञ्चालनका लागि छुट्टै समिति प्रदेश सरकार र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समन्वय गरेर बनाइने बताए । यस सम्बन्धमा प्रतिष्ठान र प्रदेश सरकारबीच हस्ताक्षर भइसकेको उनले बताए ।

कार्यक्रमका सभापति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले १ वर्षभित्रमा अस्पताल बनिसक्ने प्रतिबद्धता व्यक्त गरे ।
सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालले ठूला शहरभन्दा बाहिर यस्ता ठूला योजना बन्नाले पछाडि पारिएको क्षेत्रको पनि विकास हुने बताए ।
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login