Connect with us
Advertisement

नेप्से सूचकले अल टाइम हाइ रेकर्ड बनाउँदा बजार पूँजीकरण ३३ खर्ब ३२ अर्ब

Published

on

विराटचोकः आज नेप्से परिसूचक ६५.४९ अंक अर्थात् २ दशमलव ७२ प्रतिशत बढेर अल टाइम हाइ रेकर्ड कायम भएको छ । सेन्सेटिभ इन्डेक्स पनि १४.१० अंक अर्थात् ३ दशमलव २२ प्रतिशतले बढेर ४५१.३८ को बिन्दुमा रोकिएको छ । सेन्सेटिभ इन्डेक्सले शेयर बजारका राम्रा र बलिया कम्पनीको सूचक मापन गर्छ ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये होटलबाहेक सबै समूहका सूचक बढेका छन् । हिजो होटल समूह ९ प्रतिशत हाराहारीमा बढेको थियो । होटल समूहमा २ दशमलव ८५ प्रतिशतले गिरावट आएको छ ।

निर्जीवन बीमा समूह सर्वाधिक दशमलव.०४ प्रतिशतले बढ्दा अन्य समूह ४ दशमलव ०७ र लघुवित्त समूह ३ दशमलव ८० प्रतिशतले बढेका छन् । जीवन बीमा समूह ३ दशमलव ३५, बैंकिङ समूह १ दशमलव ९९, जलविद्युत समूह १ दशमलव ८२, विकास बैंक १ दशमलव १४, व्यापार समूह १ दशमल १२, उत्पादनमूलक समूह १ दशमलव ०१, सामुहिक लगानी कोष ० दशमलव २३ र वित्त समूह ० दशमलव १३ प्रतिशतले बढेका छन् ।

नेप्सेमा सूचीकृतमध्ये २ सय कम्पनीका १ करोड ५३ लाख २५ हजार ६ सय २३ कित्ता शेयर ७४ हजार ७ सय १५ पटक किनबेच भएका थिए । ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९ सय ८७ रुपैयाँको शेयर आज किनबेच भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५८ करोड ५६ लाख, ग्लोबल आईएमई बैंकको ५३ करोड ६३ लाख तथा नेपाल टेलिकमको ३८ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ

प्रभु लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, जनउत्थान सामुदायिक लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, गुराँस लघुवित्त, अजोड इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र माउन्टेन इनर्जीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

ओरेन्टियल होटेलका शेयरधनीहरुले सबैभन्दा धेरै ४ दशमलव १५ प्रतिशतले सम्पत्ति गुमाउँदा सोल्टी होटलको २ दशमलव ७०, श्री इन्भेष्टमेन्ट फाइनान्सको २ दशमलव ६२, तारागाउँ रिजेन्सी होटलको २ दशमलव ४५ र सेन्चुरी कमर्सियल बैंकको २ दशमलव ३७ प्रतिशतले शेयरमूल्य घटेको छ ।

बजार खुल्नासाथ केही उतारचढाव देखिए पनि १२ बजेपछि भने निरन्तर बढेको बजारले अलटाइम हाइ रेकर्ड बनाएसँगै समग्र बजार पूँजीकरण ३३ खर्ब ३२ अर्ब ४१ लाख ६६ हजार २ सय ७३ रुपैयाँ कायम भएको छ । लगानीकर्ताको सम्पत्ति एकैदिन ८८ अर्ब २१ करोड रुपैयाँभन्दा बढी बढेको छ ।

सम्बन्धित समाचारहरुः

बजार घटे पनि कारोबार रकमले बनायो नयाँ रेकर्ड

नेपाल लाइफले कारोबार रकममा तोड्यो १ महिना अघिको आफ्नो कीर्तिमानी

नेप्सेले सातौं दिन अल टाइम हाइ रेकर्ड पार गर्दा बजार पूँजीकरण ३१ खर्बभन्दा माथि

झण्डै ३२ अंकले बढेको शेयर बजारमा ३२ अर्ब हाराहारी पुग्यो बजार पूँजीकरण, बैंक र सामुहिक लगानी कोषको सूचकमा गिरावट

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी

Published

on

नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।

ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।

सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।

नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

Continue Reading

Banner

विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण

Published

on

सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्‍याएको छ ।

लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।

सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्‌पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।

उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।

Continue Reading

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक