शेयर
१० अर्बभन्दा बढीको कारोबार भएर शेयर बजारमा बन्यो नयाँ रेकर्ड
विराटचोकः नेपाली शेयर बजारमा आज हालसम्मकै धेरै रुपैयाँको शेयर किनबेच भएर रेकर्ड कायम भएको छ । बजार खुलेदेखि नै उच्च अंकले बढेको बजारमा कारोबार रकम पनि बढेर १० अर्बभन्दा बढी पुगेको हो ।
नेप्सेमा सूचीकृत २ सय २ कम्पनीको ८७ हजार ६ सय ७० पटक १ करोड ७७ लाख ३६ हजार ७ सय ३४ कित्ता शेयर किनबेच भएका थिए । झण्डै ४९ अंक बढेको बजारमा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३ सय ४ रुपैयाँको शेयर कारोबार भएको छ ।
महङ्गा कम्पनीको शेयरमूल्य बढेर उच्च कारोबार हुँदा कारोबार रकम बढेको हो । सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको भएको छ । प्रति कित्ता ४ हजार ८ सय १४ रुपैयाँ मूल्य भएको सो कम्पनीको ५३ करोड १७ लाख ४९ हजार ७ सय ९७ रुपैयाँको कारोबार भएको छ । यो कम्पनीको भने साढे २ प्रतिशतले शेयरमूल्य घटेको छ ।
प्रति कित्ता २ हजार ३ सय १२ रुपैयाँ शेयरमूल्य भएको नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड ७६ लाखभन्दा धेरैको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सको ३१ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । सो कम्पनीको शयेर मूल्य २ हजार ७ सय २९ रुपैयाँ प्रति कित्ता रहेको छ ।
कारोबार रकमको आधारमा चौथो स्थानमा ग्लोबल आईएमई बैंक परेको छ । प्रति कित्ता ४ सय रुपैयाँ शेयर मूल्य भएको सो बैंकको २९ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
छिमेक लघुवित्त विकास बैंक कारोबार रकमका आधारमा पाँचौँ स्थानमा रहेको छ । प्रति कित्ता १ हजार ६ सय ५५ रुपैया शेयर मूल्य रहेको यो कम्पनीको आज २६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्से सूचक बढे पनि बैंक, विकास बैंक र सामुहिक लगानी कोषको सूचकमा भने रातो पोतिएको छ ।
Banner
इरान युद्धमा परेर २०० अमेरिकी सैनिक घाइते
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेयता करिब २०० अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सेनाको मध्य कमान्डका प्रवक्ता टिम हकिंसले सोमबार यसबारे जानकारी दिएका हुन् ।
हकिंसका अनुसार घाइते सैनिकहरू बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा घटनामा परेका हुन् । तीमध्ये १० जना सैनिक गम्भीर घाइते भएका छन् भने बाँकी १८० भन्दा बढी उपचारपछि फिर्ता जिम्मेवारीमा फर्किएका छन् ।
साथै, पश्चिमी इराकमा अमेरिकी के–सी– १३५ इन्धन आपूर्ति विमान दुर्घटना भएको थियो । यस दुर्घटनापछि अमेरिकी सेनामा मृत्यु हुने संख्या १३ पुगेको छ ।
यो घटनाले अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तनाव र मानवीय चुनौतीहरू अझ बढेको देखाएको छ ।
Banner
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हावाले सुकेको सालको रुख ढल्दा चौधरीको मृत्यु भएको हो ।
सोही घटनामा रुखले किचेर ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, कटारी नगरपालिका–५ आहालेडाँडा बस्ने २७ वर्षीय युवराज कार्की, कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीला बहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरी बस्ने १६ वर्षीया अस्मिता परियार रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।
यस्तै कटारी नगरपालिका–८ की मिनामाया तामाङ घरमा खसी–बाख्रा सार्ने क्रममा हावाले भाँचको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइए पनि चिकित्सकले राति ९:१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीलाबहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक दोङले बताए ।
Banner
नेप्से २६.०७ अङ्कले घट्यो
शेयर बजार परिसूचक नेप्से आज २६.०७ अङ्कले घटेर २७९८.८३ विन्दुमा झरेको छ । आज उत्पादन बाहेक सबै समूहको शेयर घट्दा बैंक, लगानी र अन्य समूहको शेयर एक प्रतिशत भन्दा धेरैले घटेको छ ।
आज सिद्धार्थ इक्युटी फण्ड र नारायणी विकास बैंकको शेयर चार प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि पाँचवटा कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको हो ।
सकारात्मक सर्किट लाग्नेमध्ये अपर हेवाखोला जलविद्युत् कम्पनी बाहेक सबै केही आईपीओमार्फत भर्खरै बजारमा कारोबार शुरू भएका कम्पनी हुन् ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १४ अर्ब ३२ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ३ सय ४५ वटा कम्पनीका ३ करोड ७ लाख कित्ता शेयर ११ अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: नेप्से २५२४ मा पुग्दा बैंकिङ सूचक रातो, ३ वटा रेकर्ड बने, बजार पूँजीकरण ३४ खर्ब नजिक - निष्पक्षखबर
Pingback: शेयर बजार मापक सूचकले २५०० बिन्दु नाघेपछि नेप्सेले निकाल्यो विज्ञप्ति, ८० प्रतिशत कारोबार अनला