शिक्षा / स्वास्थ्य
लक्षित समूहमा नपरे पनि आजदेखि पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप
काठमाडौंः सरकारले आजदेखि पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउने भएको छ । त्यसका लागि उपत्यकामा ३ वटा अस्पताललाई खोेप केन्द्र तोकिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपका लागि तयार पारेको लक्षित समूहको पहिलो चरणको प्राथमिकतामा पत्रकार र कूटनीतिक नियोगका कर्मचारी पर्दैनन् । पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालकलाई सरकारले खोप लगाइसकेको छ । तर पहिलो प्राथमिकतामा नै परेका जेलका बन्दी र त्यहाँ कार्यरत सुरक्षाकर्मी, विमानस्थल तथा भन्सारका कर्मचारी, ज्येष्ठ नागरिकहरु र दीर्घरोगीलाई भने खोप लगाइएको छैन । अबको प्राथमिकता उनीहरुको भए पनि पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाइने भएपछि सरकारको आलोचना हुन थालेको छ ।
जनस्वाथ्य विज्ञहरुले आलोचना गर्दै मन्त्रालयले प्राथमिकतामा राखेको लक्षित समूहसम्म खोप पु¥याउने तयारी नगरेको र आफ्नो कमजोरी लुकाउन प्राथमिकतामा नपरेकालाई खोप लगाउने गलत निर्णय गरेको आरोप लगाएका छन् ।
स्वास्थ्य सेवा विभागले भने अहिले नै ज्येष्ठ नागरिकलाई खोप दिँदा समुदायमा जानुपर्ने र ठूलो मात्रामा खोप आवश्यक पर्ने हुनाले खोपको उपलब्धता हेरेर निश्चित समूहमा जानु सरकारको बाध्यता भएको बताएको छ । कतिपयले प्राथमिकतामा राख्नुपर्ने समूहमा शिक्षक, विद्यार्थी, बैंक तथा मालपोतका कर्मचारी, यातायात मजदुरलगायत भएको बताएका छन् ।
भारतले अनुदानमा दिएको १० लाख खोपमध्ये पहिलो चरणमा ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने लक्ष्य भए पनि ११ दिनको अभियानमा १ लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाएको मन्त्रालयले जनाएको छ ।
Facebook Comment
Banner
सुनसरी–१ मा हर्क साम्पाङ विजयी
प्रतिनिधिसभा सदस्य चुनावमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी हुनुभएको छ ।
साम्पाङ ८ हजार ४९२ मतान्तरसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साम्पाङले ३५ हजार ७४१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा एमालेका टीकाराम लिम्बुले ६ हजार ४६३ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गर्नुभएको छ ।
Banner
इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ विजयी
प्रतिनिधिसभा सदस्य चुनावमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई ७ हजार ७ सय ७६ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो । नेम्बाङ २२ हजार ४ सय २६ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिष्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६ सय ५० मत प्राप्त गर्नुभयो ।
यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४ सय मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले ७ हजार ८ सय १४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १ सय ७२ मत प्राप्त गर्नुभयो ।
प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो । यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्बाङले यही क्षेत्रबाट कांग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय २० मतान्तरले पराजित गर्नुभएको थियो । नेम्बाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरी निर्वाचित हुँदा खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।
आचार्यको भने यो दोस्रो पराजय हो । यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा आचार्य सुहाङकै बुबा सुवासचन्द्र नेम्बाङसँग २ हजार १ सय २ मतले पराजित हुनुभएको थियो ।
यही फागुन २१ गते भएको निर्वाचनमा यो क्षेत्रमा कुल १ लाख १९ हजार ४ सय ८९ मतदातामध्ये ६७ हजार ६ सय ६४ मत खसेको थियो । यहाँ ३ हजार ८ सय ८३ मत बदर भएको छ । यहाँ विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ उम्मेदवार चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।
Banner
चितवन–३ मा साेविता गाैतम फराकिलाे मतान्तरले विजयी
प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की साेविता गाैतम ३८ हजार ६६२ मतान्तरले विजयी हुनुभएकाे छ । निर्वाचन आयाेगका अनुसार गाैतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गर्नुभएकाे छ ।
साेविता गाैतम प्रतिनिधिसभा चुनाव इतिहासमा सबैभन्दा मत ल्याएर विजयी हुनुभएकाे हाे । यसअघि २०७४ सालको चुनावमा झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५७ हजार १३९ मत ल्याएर विजयी हुनुभएकाे थियाे ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login