पर्यटन
पर्यटकीय क्षेत्र जेफालेमा सूर्याेदयको दृश्यावलोकनपछि रमाउँदै आन्तरिक पर्यटक

तस्बिरः कृष्णचन्द्र सुवेदी
विराटचोकः धनकुटा र मोरङको सिमानामा रहेको जेफालेमा रहेको भ्यु टावरबाट सूर्याेदयको दृश्य अवलोकन गरेपछि रमाउँदै फोटो खिचाइरहेका आन्तरिक पर्यटकहरु । कोरोना संक्रमणको जोखिम कम हुन थालेपछि आन्तरिक पर्यटकहरु घुमफिर गर्न थालेका छन् ।
जेफालेमा रहेका होम स्टेमा शुक्रबार र शनिबार पर्यटकहरु बास बस्न पुग्न थालेका छन् ।
Banner
नेप्सेले गर्यो सूचीकृत समूहहरुको हेरफेर, लगानी समूह थपिएपछि १३ समूह निर्धारण

विराटचोकः नेपाल स्टक एक्सचेन्जले सूचीकृत समूहहरुको हेरफेर गर्नुका साथै एउटा समूह थपेको छ । अन्य समूहमा रहेका ८ कम्पनीहरुमध्ये ४ वटालाई ‘लगानी समूह’ बनाई नयाँ समूहमा राखिएको छ । होटल समूहको नाम परिवर्तन गरी होटेल्स तथा पर्यटन समूह बनाइएको छ । यस समूहमा साबिकका होटल समूहका सूचकका साथै हालै आईपीओ सूचीकृत भएको चन्द्रागिरि हिल्सलाई समावेश गरिएको छ ।
नयाँ बनेको लगानी समूहमा नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ( एचआइडीसीएल), नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।
हाल नेप्सेमा २ सय १८ वटा कम्पनी सूचीकृत छन् । अब नेप्से, सेन्सेटिभ, सेन्सेटिभ फ्लोट, १३ उपसमूहसहित विभिन्न १६ वटा परिसूचकमा नेप्सेले सूचक गणना गर्ने भएको छ ।
Banner
पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र साउथ कोरियन वनबाहेक बाँकी सबै मुद्राको विनिमय दर बढ्यो

विराटचोकः आज पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र साउथ कोरियन वनको विनिमय दर घटेको छ ।
बाँकी सबै विदेशी मुद्राको विनिमय दर बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज फागुन १५ गतेका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दरः
Banner
‘मेरो शेयर’ नचल्दा क्लोज आउटको जोखिम बढ्यो

विराटचोकः आज दिनभर ‘मेरो शेयर’ को वेबसाइट तथा एप नचल्दा लगानीकर्तामा क्लोज आउटको जोखिम बढेको आशंका गरिएको छ ।
सीडीएससी एण्ड क्लियरिङले आईपीओको रिजल्ट निजी अनलाइन मिडियालाई नदिएपछि अधिकांश लगानीकर्ताले रिजल्ट हेर्न एकै पटक ‘मेरो शेयर’ लग इन गर्नाले प्रयोगकर्ताको भार थाम्न नसकेर सो साइट नखुलेको हो । जसका कारण लगानीकर्ताले आईपीओको रिजल्ट हेर्न त पाएनन् नै कतिपय लगानीकर्ता क्लोज आउटमा पर्ने सम्भावना पनि बढेर गएको छ ।
बुधबार शेयर बिक्री गरेका लगानीकर्ताले बेचेको शेयर एडीआईएसमार्फत् आजसम्ममा ब्रोकरको खातामा शेयर ट्रान्सफर गरिसक्नुपर्ने हुन्छ । आजसम्म शेयर ट्रान्सफर नगरेमा कारोबार रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ, जसलाई क्लोज आउट भनिन्छ । कतिपय लगानीकर्ताले शेयर बेचेकै दिन राति शेयर ईडीआईएस गरेका हुन्छन् भने कतिपयले भोलिपल्ट वा पर्सिपल्ट गर्छन् । बुधबार यदि कसैले शेयर बेचेको र सोही दिन वा हिजो ईडीआईएस नगरेको भए क्लोज आउटमा पर्ने सम्भावना बढेको हो ।
आज देखिएको समस्यालाई समाधान गरी ईडीआईएस गर्ने म्याद थपिएन भने लगानीकर्ता क्लोज आउटमा पर्ने निश्चित छ ।
-
अर्थ1 year ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद1 year ago
रंगशालाको अवलोकन
-
अर्थ10 months ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य1 year ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य1 year ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १1 year ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
कला / साहित्य1 year ago
खोटाङ सेवा समाजद्वारा ‘नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान
-
मुख्य1 year ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
Pingback: पर्यटकीय क्षेत्र जेफालेमा रहेका होम स्टेलाई सौन्दर्य प्रदान गरिरहेका फूलहरु (फोटो फिचर) - निष्प