Connect with us
Advertisement

विराटचोकमा जारी प्रदेश स्तरीय खेलमा झापाद्वारा एपीएफ पराजित

Published

on

विराटचोकः झरना युवा क्लब सुन्दरहरैंचाको आयोजनामा जारी प्रथम प्रदेश स्तरीय खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेल सम्पन्न भएको छ ।

झापा फुटबल क्लब र सशस्त्र प्रहरी बल पूर्वाञ्चलबीच भएको खेलमा पहिलो हाफमा झापाले १ गोलको अग्रता लिएको थियो । यस्तै दोस्रो हाफमा एपीएफले १ गोल गर्दै खेललाई बराबरी बनाएको थियो । खेलको अन्त्यसम्ममा पनि कुनै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा एपीएफलाई झापा फुटबल क्लबले हराएको थियो । कार्यक्रमको मुख्य प्रायोजक पीएलओ लुब्रिकेन्ट रहेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पुग्यो

Published

on

सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । वर्ष २०८० को अन्तिम दिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार पुगेकोमा आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर एक लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको छ ।

यो अहिलेसम्मकै उच्च भाउ हो । हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Continue Reading

Banner

पाकिस्तानमा वर्षा र चट्याङका कारण कम्तीमा ३९ जनाको ज्यान गयो

Published

on

पाकिस्तानमा केही दिनदेखिको असामान्य वर्षा र चट्याङका कारण कम्तीमा ३९ जनाको ज्यान गएको छ । मृतकमध्ये केही गहुँ काट्ने क्रममा चट्याङ लागेर मारिएका किसान रहेका पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आउँदा दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पन्जाबमा शुक्रवारदेखि आइतवारसम्म चट्याङ लागेर २१ जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न र क्षति भएका क्षेत्रहरूमा राहत सामग्री प्रदान गर्न भन्नुभएको छ ।

पाकिस्तान अप्रत्याशित मौसमी ढाँचाका साथै प्रायः विनाशकारी मनसुनी वर्षाको जोखिममा रहेको छ । पाकिस्तानमा सामान्यतया जुलाईमा मनसुनी वर्षा हुने गर्छ

Continue Reading

Banner

सुदूरपश्चिमकाे मुख्यमन्त्री चयनको विषयमा प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच छलफल

Published

on

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ । भेटमा मुख्यगरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्ने विषयमा छलफल भएको र प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म निकास निकाल्ने आश्वासन दिएको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेता खनाल बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने भेटमा खनालले प्रचण्डलाई बताउनुभएको थियो । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का रेशम चौधरी पक्षसँग सहकार्य गर्ने भएपछि सत्ता गठबन्धनभित्र तरङ्ग सिर्जना भएको छ । यही कारण सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्ति अझै हुन सकेको छैन ।

गएकाे आइतवार नागरिक उन्मुक्ति पार्टीकै दुई जना सांसदले बेग्लाबेग्लै समूह र समर्थक जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेपछि मुख्यमन्त्री नियुक्ति अन्योलमा भएको हो । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई अघि बढाउनुभएको छैन ।

नागरिक उन्मुक्ति शुरुदेखि नै दुई समूहमा विभाजित छ । एउटा समूहले केन्द्रीय सत्ता गठबन्धन र अर्को समूहले कांग्रेससहितको गठबन्धनमार्फत सरकार निर्माणका लागि पहल गरिरहेका छन् ।

केन्द्रीय सत्ता गठबन्धन विपरीत एकीकृत समाजवादीले कांग्रेससहितको सरकार गठन गर्न समर्थन दिएको छ । कांग्रेसका कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएकाले आफूले अध्ययन गरेर निर्णय गर्ने बताउनुभएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक