Connect with us
Advertisement
Advertisement

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेमाथि प्रहरी हस्तक्षेप

Published

on

विराटनगरः शक्ति प्रदर्शनको क्रममा विराटनगरमा भएको नेकपाको सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा (प्रचण्ड–माधव) समूहका विद्यार्थी तथा युवाहरुले कालो झण्डा देखाएका छन् । त्यस क्रममा प्रहरीले उनीहरुमाथि हस्तक्षेप गरी कालो झण्डा खोसेको छ ।

प्रधानमन्त्रीलाई विद्यार्थी र युवाहरुले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा कालो झण्डा देखाएका थिए ।

Banner

नेप्सेले गर्यो सूचीकृत समूहहरुको हेरफेर, लगानी समूह थपिएपछि १३ समूह निर्धारण

Published

on

विराटचोकः नेपाल स्टक एक्सचेन्जले सूचीकृत समूहहरुको हेरफेर गर्नुका साथै एउटा समूह थपेको छ । अन्य समूहमा रहेका ८ कम्पनीहरुमध्ये ४ वटालाई ‘लगानी समूह’ बनाई नयाँ समूहमा राखिएको छ । होटल समूहको नाम परिवर्तन गरी होटेल्स तथा पर्यटन समूह बनाइएको छ । यस समूहमा साबिकका होटल समूहका सूचकका साथै हालै आईपीओ सूचीकृत भएको चन्द्रागिरि हिल्सलाई समावेश गरिएको छ ।

नयाँ बनेको लगानी समूहमा नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ( एचआइडीसीएल), नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।

हाल नेप्सेमा २ सय १८ वटा कम्पनी सूचीकृत छन् । अब नेप्से, सेन्सेटिभ, सेन्सेटिभ फ्लोट, १३ उपसमूहसहित विभिन्न १६ वटा परिसूचकमा नेप्सेले सूचक गणना गर्ने भएको छ ।

Continue Reading

Banner

पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र साउथ कोरियन वनबाहेक बाँकी सबै मुद्राको विनिमय दर बढ्यो

Published

on

विराटचोकः आज पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र साउथ कोरियन वनको विनिमय दर घटेको छ ।

बाँकी सबै विदेशी मुद्राको विनिमय दर बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज फागुन १५ गतेका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दरः

 

Continue Reading

Banner

‘मेरो शेयर’ नचल्दा क्लोज आउटको जोखिम बढ्यो

Published

on

विराटचोकः आज दिनभर ‘मेरो शेयर’ को वेबसाइट तथा एप नचल्दा लगानीकर्तामा क्लोज आउटको जोखिम बढेको आशंका गरिएको छ ।

सीडीएससी एण्ड क्लियरिङले आईपीओको रिजल्ट निजी अनलाइन मिडियालाई नदिएपछि अधिकांश लगानीकर्ताले रिजल्ट हेर्न एकै पटक ‘मेरो शेयर’ लग इन गर्नाले प्रयोगकर्ताको भार थाम्न नसकेर सो साइट नखुलेको हो । जसका कारण लगानीकर्ताले आईपीओको रिजल्ट हेर्न त पाएनन् नै कतिपय लगानीकर्ता क्लोज आउटमा पर्ने सम्भावना पनि बढेर गएको छ ।

बुधबार शेयर बिक्री गरेका लगानीकर्ताले बेचेको शेयर एडीआईएसमार्फत् आजसम्ममा ब्रोकरको खातामा शेयर ट्रान्सफर गरिसक्नुपर्ने हुन्छ । आजसम्म शेयर ट्रान्सफर नगरेमा कारोबार रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ, जसलाई क्लोज आउट भनिन्छ । कतिपय लगानीकर्ताले शेयर बेचेकै दिन राति शेयर ईडीआईएस गरेका हुन्छन् भने कतिपयले भोलिपल्ट वा पर्सिपल्ट गर्छन् । बुधबार यदि कसैले शेयर बेचेको र सोही दिन वा हिजो ईडीआईएस नगरेको भए क्लोज आउटमा पर्ने सम्भावना बढेको हो ।

आज देखिएको समस्यालाई समाधान गरी ईडीआईएस गर्ने म्याद थपिएन भने लगानीकर्ता क्लोज आउटमा पर्ने निश्चित छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक