Connect with us
Advertisement
Advertisement

सुन्दरहरैंचाका सडक मानवलाई उपमेयर तामाङले पुर्याइन् मानव सेवा आश्रममा, हालसम्म नगरले गर्याे ६ जनाको उद्धार

Published

on

विराटचोकः सडकमा अलपत्र परेका व्यक्तिलाई सुन्दरहरैंचा नगरपालिकाले मानव सेवा आश्रममा पुर्याएको छ । उपप्रमुख धनमाया तामाङले आइतबार विराटचोकमा अलपत्र परेकी एक महिलालाई उद्दार गरेर मानव सेवा आश्रम विराटनगरमा लगेकी हुन् । यस अघि नगरपालिकाले ६ जनाको उद्धार गरी मानव सेवा आश्रम विराटनगर लगेको उपप्रमुख धनमाया तामाङले बताइन् ।

आश्रममा अहिले २ सय ४७ जना सहयोगापेक्षी मानव रहेको आश्रमका प्रमुख नवराज केसीले बताए । आश्रममा बस्नेलाई दिनमा ४ पटक खाना र खाजा खुवाउने गरेको केसीले बताए । त्यहा बस्ने व्यक्तिहरुको उपचारमा समस्या भएको पनि उनले सुनाए । त्यहाँ रहनेको सामान्य उपचार भने निकेशमणि राजभण्डारीले निःशुल्क गर्दै आएका छन् । तर औषधी किन्नुपर्ने हुँदा रकमको अभाव हुने गरेको प्रमुख केसी बताउँछन् ।

उद्धार गरिएका व्यक्तिका आफन्त आएपछि पुनर्मिलन गराउँदा आफूलाई सबैभन्दा धेरै आनन्द र रमाइलो लाग्ने आश्रमका कर्मचारी बताउँछन् । विराटनगरबाट हराएकी सुन्दरहरैचाकी १ जना बालिकालाई प्रहरीले झापामा सडकमा हिँडिरहेको अवस्थामा फेला पारी आश्रममा ल्याएको थियो । उनलाई अहिले अभिभावकले जिम्मा लिइसकेको आश्रमले जनाएको छ ।

आश्रममा आश्रितहरुलाई बिनारानी दाहालले आफ्नी आमाको पुण्य तिथिको दिन पारेर एक छाक खाना खुवाएकी थिइन् । उनले एक छाकको खाना बराबरको ११ हजार रुपैयाँ सहयोग गरेको बताइन् । आश्रममा पुरुष र महिलालाई छुट्टाछुट्टै भवनमा राख्ने गरिएको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्सेले गर्यो सूचीकृत समूहहरुको हेरफेर, लगानी समूह थपिएपछि १३ समूह निर्धारण

Published

on

विराटचोकः नेपाल स्टक एक्सचेन्जले सूचीकृत समूहहरुको हेरफेर गर्नुका साथै एउटा समूह थपेको छ । अन्य समूहमा रहेका ८ कम्पनीहरुमध्ये ४ वटालाई ‘लगानी समूह’ बनाई नयाँ समूहमा राखिएको छ । होटल समूहको नाम परिवर्तन गरी होटेल्स तथा पर्यटन समूह बनाइएको छ । यस समूहमा साबिकका होटल समूहका सूचकका साथै हालै आईपीओ सूचीकृत भएको चन्द्रागिरि हिल्सलाई समावेश गरिएको छ ।

नयाँ बनेको लगानी समूहमा नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ( एचआइडीसीएल), नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।

हाल नेप्सेमा २ सय १८ वटा कम्पनी सूचीकृत छन् । अब नेप्से, सेन्सेटिभ, सेन्सेटिभ फ्लोट, १३ उपसमूहसहित विभिन्न १६ वटा परिसूचकमा नेप्सेले सूचक गणना गर्ने भएको छ ।

Continue Reading

Banner

पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र साउथ कोरियन वनबाहेक बाँकी सबै मुद्राको विनिमय दर बढ्यो

Published

on

विराटचोकः आज पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र साउथ कोरियन वनको विनिमय दर घटेको छ ।

बाँकी सबै विदेशी मुद्राको विनिमय दर बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज फागुन १५ गतेका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दरः

 

Continue Reading

Banner

‘मेरो शेयर’ नचल्दा क्लोज आउटको जोखिम बढ्यो

Published

on

विराटचोकः आज दिनभर ‘मेरो शेयर’ को वेबसाइट तथा एप नचल्दा लगानीकर्तामा क्लोज आउटको जोखिम बढेको आशंका गरिएको छ ।

सीडीएससी एण्ड क्लियरिङले आईपीओको रिजल्ट निजी अनलाइन मिडियालाई नदिएपछि अधिकांश लगानीकर्ताले रिजल्ट हेर्न एकै पटक ‘मेरो शेयर’ लग इन गर्नाले प्रयोगकर्ताको भार थाम्न नसकेर सो साइट नखुलेको हो । जसका कारण लगानीकर्ताले आईपीओको रिजल्ट हेर्न त पाएनन् नै कतिपय लगानीकर्ता क्लोज आउटमा पर्ने सम्भावना पनि बढेर गएको छ ।

बुधबार शेयर बिक्री गरेका लगानीकर्ताले बेचेको शेयर एडीआईएसमार्फत् आजसम्ममा ब्रोकरको खातामा शेयर ट्रान्सफर गरिसक्नुपर्ने हुन्छ । आजसम्म शेयर ट्रान्सफर नगरेमा कारोबार रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ, जसलाई क्लोज आउट भनिन्छ । कतिपय लगानीकर्ताले शेयर बेचेकै दिन राति शेयर ईडीआईएस गरेका हुन्छन् भने कतिपयले भोलिपल्ट वा पर्सिपल्ट गर्छन् । बुधबार यदि कसैले शेयर बेचेको र सोही दिन वा हिजो ईडीआईएस नगरेको भए क्लोज आउटमा पर्ने सम्भावना बढेको हो ।

आज देखिएको समस्यालाई समाधान गरी ईडीआईएस गर्ने म्याद थपिएन भने लगानीकर्ता क्लोज आउटमा पर्ने निश्चित छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक