Connect with us
Advertisement

संकटकाल लाग्न सक्ने हल्लाले तर्सिए लगानीकर्ता, फागुन ३ को बिन्दुमा आयो शेयर बजार

Published

on

विराटचोकः शेयर बजारमा आज पनि गिरावट आएको छ । आजको गिरावटसँगै शेयर बजार फागुन ३ गतेको नेप्से सूचक आसपास आएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशत बढेर १० प्रतिशत घट्दा सूचकमा दबाब परेको थियो । त्यसपछि संकटकाल घोषणा हुन सक्ने हल्लाका कारण ९० अंक आसपास बजार घटेको थियो । पछि बिस्तारै बजार सम्हालिँदै जाँदा २१ अंक घटेर बजार बन्द भएको थियो ।

नेप्से सूचक २५८६.५१ को बिन्दुमा रोकिँदा राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले ओरालो लागेर ४६७.९४ मा अडिएको छ । घटेको बजारमा ८ अर्ब ५६ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

व्यापार समूहमात्रै ०.९० प्रतिशतले बढ्दा बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । अन्य समूह सबैभन्दा धेरै २.३३ प्रतिशतले ओरालो लाग्दा उत्पादनमूलक समूह, होटल र विकास बैंकमा उच्च गिरावट आएको छ ।

नेप्सेमा सूचीकृतमध्ये २ सय ५ कम्पनीका १ करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता शेयर ८३ हजार ३ सय ५७ पटक किनबेच भएका थिए । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक ७३ करोड ९४ लाख ५२ हजार ५ सय १८ रुपैयाँको शेयर किनबेच भएको थियो ।

बजार घटे पनि नेपाल फाइनान्स, अपि पावर कम्पनी, लिबर्टी इनर्जी र हिमालयन पावर पाटर्नरको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

लगातार ७ दिन १० प्रतिशतले शेयरमूल्य बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य आज पनि १० प्रतिशतले बढेर प्रति कित्ता ७२६ रुपैयाँ पुगेर फेरि १० प्रतिशतले घटेर ५९४ मा अडिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ओमानमाथि नेपाल ‘ए’ को सानदार जित

Published

on

नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ ।

ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १0१ को बराबरीमा गरेको हो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । विश्वकप लिग–२ को तयारीमा रहेको ओमानले नेपाल ‘ए’ सँग अभ्यास खेल खेलेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि ‘प्लेयर अफ द म्याच’ इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान दिए । यस्तै, देव खनालले ९५ बलमा ६४ रन र कुशल मल्लले ३२ बलमा ५७ रनको आक्रामक पारी खेल्नुभयो । ओमानका जितेनकुमार रमानन्दीले २ विकेट लिए ।

२८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन जोड्नुभयो भने रमानन्दीले २४ र विनायक शुक्लले २१ रन बनाए । ओमानलाई सस्तैमा समेट्न नेपालका युवराज खत्रीले घातक बलिङ गर्दै ३ विकेट लिनुभयो । उहाँले ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए।

त्यस्तै, हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २-२ विकेट लिए भने सन्तोष यादवले १ विकेट लिए । ओमानले लिग-२ अन्तर्गत सोमबार युएई र बुधबार नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

Continue Reading

Banner

लगातार तेस्रो दिन सुनचाँदीको भाउ घट्यो

Published

on

सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो ।

सुनको भाउ आज तोलामा २ हजार २००  रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ ७५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Continue Reading

Banner

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

Published

on

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउँदै छ। पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ देखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बजेसम्म सम्पन्न गरिने छ ।

दलको नेतृत्वका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यस्तै मोहन आचार्यदेखि निष्कल राईसम्मका नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ सांसद छन्, जसले दलको नेता चयनका लागि मतदान गर्नेछन्।

पार्टीभित्रको आन्तरिक मतभेदका कारण ढिलाइ हुँदै आएको नेतृत्व चयन प्रक्रिया हाल औपचारिक रूपमा अघि बढाइएको हो। सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि संसदीय दलको निर्वाचन प्रक्रिया अघि बढेको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक