Connect with us
Advertisement

सुन्दरहरैंचाको न्यायिक इजलासको उद्घाटन, मुख्य न्यायधीश श्रेष्ठ भन्छन् ‘न्यायधीश र न्यायको सम्बन्ध पति र पत्नीको जस्तो हुनुपर्छ’

Published

on

विराटचोकः आज सुन्दरहरैंचा नगरपालिकाको इजलास उद्घाटन गरिएको छ । इजलास तयार भएको झण्डै १ वर्षपछि उद्घाटन भएको हो । वडा नम्बर ४ को भवनमा निर्माण गरिएको इजलासको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले गरेका छन् ।

श्रेष्ठले कार्यक्रममा बोल्दै न्यायधीश र न्यायको सम्बन्ध पति र पत्नीको जस्तो हुनुपर्ने बताए । ‘न्यायिक स्वच्छता र न्यायको निष्पक्षताका लागि न्यायधीश र न्यायको सम्बन्ध पति र पत्नीको जस्तो हुनुपर्छ’, उनले भने ‘जसरी पति र पत्नीको व्यवहारमा आशंका उत्पन्न हुँदा सम्बन्ध बिग्रन्छ त्यसरी नै न्याय र न्यायधीशबीच आशंका हुँदा न्यायको अभीष्ट पूरा हुँदैन । त्यसैले पतिव्रता पत्नी र पत्नीव्रता पतिजस्तै न्यायव्रता न्यायधीश हुनुपर्छ ।’ न्याय एकातिर, कानुन अर्कातिर र प्रमाण एकातिर तथा न्याय अर्काेतिर हुन नहुने उनको भनाइ थियो ।

संविधानले अवलम्बन गरेअनुसार स्थानीय सरकारमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भए पनि न्यायिक समितिमा आउने जनप्रतिनिधिहरु न्याय र कानुनी पृष्ठभूमिको नभएका हुनाले न्याय सम्पादन कस्तो हुन्छ भन्नेमा शुरुमा आशंका भए पनि त्यो आशंका अब हराएको उनको भनाइ थियो । शुरुमा अवस्था निराशाजनक भए पनि त्यो निराशा हराएको उनले बताए ।

न्याय अनुभूति र विश्वासमा हुने भएकाले निष्पक्ष र स्वच्छ हुनुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकालले अघिल्लो वर्षको चैतमा नै इजलास उद्घाटन गर्ने तयारी भए पनि कोरोनाका कारण एक वर्ष ढिलो भएको बताए ।

कार्यक्रमकी सभापति उपप्रमुख तथा न्यायिक समिति संयोजक धनमाया तामाङले न्याय सम्पादनसम्बन्धी ३ तहको अदालतमध्ये स्थानीय तहको न्यायिक इजलासले संविधानमा आफूलाई दिएको अधिकार कानुन र न्याय मान्य सिद्धान्त बमोजिम मुद्दा हेर्ने र न्यायिक निकायबाट विवाद समाधान गरिने बताइन् । सुन्दरहरैंचाको न्यायिक समितिले अब आज उद्घाटन भएको इजलासबाट नै न्याय सम्पादन गर्ने उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मोरङ जिल्ला अदालतका न्यायधीश मेदिनीप्रसाद पौडेलले स्थानीय तहले राम्रो न्याय सम्पादन गरिरहेको र परिपक्व हुँदै गएको बताए । आवश्यक परेमा सेवाग्राहीले कानुनी सल्लाहकारको सहयोग लिन सक्ने उनले बताए ।

कार्यक्रममा नगरपालिकाका कानुनी सल्लाहकार बालकृष्ण आचार्य, नगरपालिकाका सबै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न दल तथा संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठले गरेका थिए ।

नगरपालिकाको न्यायिक सदस्यमा चैतन्यप्रसाद सिटौला र भक्तकिरण राई रहेका छन् । मुद्दा दर्ताका लागि उजुरी प्रशासकको व्यवस्था गरिएको छ । जसमा कर्मचारी सिजन श्रेष्ठ रहेका छन् ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक