Connect with us
Advertisement

सुन्दरहरैंचाको न्यायिक इजलासको उद्घाटन, मुख्य न्यायधीश श्रेष्ठ भन्छन् ‘न्यायधीश र न्यायको सम्बन्ध पति र पत्नीको जस्तो हुनुपर्छ’

Published

on

विराटचोकः आज सुन्दरहरैंचा नगरपालिकाको इजलास उद्घाटन गरिएको छ । इजलास तयार भएको झण्डै १ वर्षपछि उद्घाटन भएको हो । वडा नम्बर ४ को भवनमा निर्माण गरिएको इजलासको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले गरेका छन् ।

श्रेष्ठले कार्यक्रममा बोल्दै न्यायधीश र न्यायको सम्बन्ध पति र पत्नीको जस्तो हुनुपर्ने बताए । ‘न्यायिक स्वच्छता र न्यायको निष्पक्षताका लागि न्यायधीश र न्यायको सम्बन्ध पति र पत्नीको जस्तो हुनुपर्छ’, उनले भने ‘जसरी पति र पत्नीको व्यवहारमा आशंका उत्पन्न हुँदा सम्बन्ध बिग्रन्छ त्यसरी नै न्याय र न्यायधीशबीच आशंका हुँदा न्यायको अभीष्ट पूरा हुँदैन । त्यसैले पतिव्रता पत्नी र पत्नीव्रता पतिजस्तै न्यायव्रता न्यायधीश हुनुपर्छ ।’ न्याय एकातिर, कानुन अर्कातिर र प्रमाण एकातिर तथा न्याय अर्काेतिर हुन नहुने उनको भनाइ थियो ।

संविधानले अवलम्बन गरेअनुसार स्थानीय सरकारमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भए पनि न्यायिक समितिमा आउने जनप्रतिनिधिहरु न्याय र कानुनी पृष्ठभूमिको नभएका हुनाले न्याय सम्पादन कस्तो हुन्छ भन्नेमा शुरुमा आशंका भए पनि त्यो आशंका अब हराएको उनको भनाइ थियो । शुरुमा अवस्था निराशाजनक भए पनि त्यो निराशा हराएको उनले बताए ।

न्याय अनुभूति र विश्वासमा हुने भएकाले निष्पक्ष र स्वच्छ हुनुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकालले अघिल्लो वर्षको चैतमा नै इजलास उद्घाटन गर्ने तयारी भए पनि कोरोनाका कारण एक वर्ष ढिलो भएको बताए ।

कार्यक्रमकी सभापति उपप्रमुख तथा न्यायिक समिति संयोजक धनमाया तामाङले न्याय सम्पादनसम्बन्धी ३ तहको अदालतमध्ये स्थानीय तहको न्यायिक इजलासले संविधानमा आफूलाई दिएको अधिकार कानुन र न्याय मान्य सिद्धान्त बमोजिम मुद्दा हेर्ने र न्यायिक निकायबाट विवाद समाधान गरिने बताइन् । सुन्दरहरैंचाको न्यायिक समितिले अब आज उद्घाटन भएको इजलासबाट नै न्याय सम्पादन गर्ने उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मोरङ जिल्ला अदालतका न्यायधीश मेदिनीप्रसाद पौडेलले स्थानीय तहले राम्रो न्याय सम्पादन गरिरहेको र परिपक्व हुँदै गएको बताए । आवश्यक परेमा सेवाग्राहीले कानुनी सल्लाहकारको सहयोग लिन सक्ने उनले बताए ।

कार्यक्रममा नगरपालिकाका कानुनी सल्लाहकार बालकृष्ण आचार्य, नगरपालिकाका सबै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न दल तथा संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठले गरेका थिए ।

नगरपालिकाको न्यायिक सदस्यमा चैतन्यप्रसाद सिटौला र भक्तकिरण राई रहेका छन् । मुद्दा दर्ताका लागि उजुरी प्रशासकको व्यवस्था गरिएको छ । जसमा कर्मचारी सिजन श्रेष्ठ रहेका छन् ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading

Banner

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

Published

on

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक