अर्थ
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको नवौं अधिवेशन शुरु, संस्थाको प्रतिष्ठालाई जोगाइराख्न वक्ताको सुझाव
विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा शुरु भएको छ । साधारण सभाको उद्घाटन सत्रमा बोल्ने अधिकांश वक्ताले सुन्दरहरैंचा उद्योग वाणिज्य संघको पहलमा भएका कामका कारण आर्जन भएको प्रतिष्ठालाई जोगाइराख्न अनुरोध गरे । सुन्दरहरैंचालाई बन्द निषेधित क्षेत्र घोषणा गरी त्यसलाई कार्यान्वयन गर्न सफल हुँदा र नगरक्षेत्रभित्र बनेका तथा बनिरहेका अन्तर्राष्ट्रिय स्तरका सार्वजनिक शौचालयका कारण नगरको प्रतिष्ठा बढेको हुनाले त्यसलाई कायम राख्नुपर्ने वक्ताहरुको भनाइ थियो ।
कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश सभा सांसद राजकुमार ओझाले निर्वाचनमा गए पनि आपसमा फाटो देखिन नहुने बताउँदै निर्वाचितहरुलाई सबैले सहयोग गर्नुपर्ने बताए ।
प्रदेश सभा सांसद लोकप्रसाद संग्रौलाले आफ्नो संस्थाको साधारण सभाको दिन पनि साधारण सदस्यको न्यून उपस्थिति हुनु अशोभनीय भएको बताए ।
सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले संस्थाका सदस्यको हितमा लड्न सक्ने र सदस्यको मर्म बुझ्न सक्ने नेतृत्वलाई चयन गर्नुपर्ने बताइन् । नगरभित्रको आर्थिक गतिविधिलाई नयाँ नेतृत्वले थप चलायमान बनाउनुपर्ने उनको भनाइ थियो ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले उद्योगी व्यवसायीले सधैँ चुनौतीको सामना गर्नुपर्ने हुनाले त्यसको लागि व्यवसायीहरु तयार हुनुपर्ने उल्लेख गरे । सरकारले नेपालको बजारअनुसार व्यापार तथा आर्थिक नीति ल्याउनुपर्नेमा त्यसो गर्न नसक्दा नेपालको अर्थतन्त्र अघि बढ्न नसकेको उल्लेख गरे ।
उद्योग वाणिज्य संघ उर्लाबारीका अध्यक्ष प्रीतम खड्गीले संस्था उद्योग वाणिज्य महासंघ र प्रदेश उद्योग वाणिज्य महासंघमा दर्ता हुन आवश्यक रहेको बताए ।
नेपाली कांग्रेसका महासमिति सदस्य ललित श्रेष्ठले सबै व्यवसायीका साथै नगरभित्रका अन्य संघसंस्थालाई पनि नेतृत्व गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताए ।
नेकपाका जिल्ला सदस्य सुरेन्द्रबहादुर थापाले सहमतिको आधारमा नेतृृत्व चयन हुन नसके पनि स्वच्छ प्रतिष्पर्धा हुन आवश्यक रहेको उल्लेख गरे ।

पूर्व अध्यक्ष भोलेश्व दुलालले विगतमा संस्थाले गरेको कामको चर्चा गर्दै मुद्दाको फैसला गर्ने तथा शान्ति सुरक्षाको कामसमेत संस्थाले गर्नुपर्ने बाध्यता भएको स्मरण गरे । नगरभित्र एउटै व्यावसायिक संघ बन्न र संघ उद्योग वाणिज्य महासंघमा आबद्द हुन आवश्यक रहेको उनले औँल्याए । सबै व्यवसायीलाई भ्याटमा आबद्ध भई कारोबार गर्न पनि उनले सुुझाव दिए ।
संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद रिजालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा अध्यक्ष नवराज चापागाईंले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा समितिका संयोजक अर्जुन गजुरेलले लेखा प्रतिवेदन र कोषाध्यक्ष हरि कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न संघ संस्था, सुन्दरहरैंचा क्षेत्रका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र जनप्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन संघका महासचिव सन्तोष वान्तवाले गरेका थिए ।
भोलि शनिबार संघको नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login