अर्थ
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको नवौं अधिवेशन शुरु, संस्थाको प्रतिष्ठालाई जोगाइराख्न वक्ताको सुझाव
विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा शुरु भएको छ । साधारण सभाको उद्घाटन सत्रमा बोल्ने अधिकांश वक्ताले सुन्दरहरैंचा उद्योग वाणिज्य संघको पहलमा भएका कामका कारण आर्जन भएको प्रतिष्ठालाई जोगाइराख्न अनुरोध गरे । सुन्दरहरैंचालाई बन्द निषेधित क्षेत्र घोषणा गरी त्यसलाई कार्यान्वयन गर्न सफल हुँदा र नगरक्षेत्रभित्र बनेका तथा बनिरहेका अन्तर्राष्ट्रिय स्तरका सार्वजनिक शौचालयका कारण नगरको प्रतिष्ठा बढेको हुनाले त्यसलाई कायम राख्नुपर्ने वक्ताहरुको भनाइ थियो ।
कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश सभा सांसद राजकुमार ओझाले निर्वाचनमा गए पनि आपसमा फाटो देखिन नहुने बताउँदै निर्वाचितहरुलाई सबैले सहयोग गर्नुपर्ने बताए ।
प्रदेश सभा सांसद लोकप्रसाद संग्रौलाले आफ्नो संस्थाको साधारण सभाको दिन पनि साधारण सदस्यको न्यून उपस्थिति हुनु अशोभनीय भएको बताए ।
सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले संस्थाका सदस्यको हितमा लड्न सक्ने र सदस्यको मर्म बुझ्न सक्ने नेतृत्वलाई चयन गर्नुपर्ने बताइन् । नगरभित्रको आर्थिक गतिविधिलाई नयाँ नेतृत्वले थप चलायमान बनाउनुपर्ने उनको भनाइ थियो ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले उद्योगी व्यवसायीले सधैँ चुनौतीको सामना गर्नुपर्ने हुनाले त्यसको लागि व्यवसायीहरु तयार हुनुपर्ने उल्लेख गरे । सरकारले नेपालको बजारअनुसार व्यापार तथा आर्थिक नीति ल्याउनुपर्नेमा त्यसो गर्न नसक्दा नेपालको अर्थतन्त्र अघि बढ्न नसकेको उल्लेख गरे ।
उद्योग वाणिज्य संघ उर्लाबारीका अध्यक्ष प्रीतम खड्गीले संस्था उद्योग वाणिज्य महासंघ र प्रदेश उद्योग वाणिज्य महासंघमा दर्ता हुन आवश्यक रहेको बताए ।
नेपाली कांग्रेसका महासमिति सदस्य ललित श्रेष्ठले सबै व्यवसायीका साथै नगरभित्रका अन्य संघसंस्थालाई पनि नेतृत्व गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताए ।
नेकपाका जिल्ला सदस्य सुरेन्द्रबहादुर थापाले सहमतिको आधारमा नेतृृत्व चयन हुन नसके पनि स्वच्छ प्रतिष्पर्धा हुन आवश्यक रहेको उल्लेख गरे ।

पूर्व अध्यक्ष भोलेश्व दुलालले विगतमा संस्थाले गरेको कामको चर्चा गर्दै मुद्दाको फैसला गर्ने तथा शान्ति सुरक्षाको कामसमेत संस्थाले गर्नुपर्ने बाध्यता भएको स्मरण गरे । नगरभित्र एउटै व्यावसायिक संघ बन्न र संघ उद्योग वाणिज्य महासंघमा आबद्द हुन आवश्यक रहेको उनले औँल्याए । सबै व्यवसायीलाई भ्याटमा आबद्ध भई कारोबार गर्न पनि उनले सुुझाव दिए ।
संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद रिजालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा अध्यक्ष नवराज चापागाईंले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा समितिका संयोजक अर्जुन गजुरेलले लेखा प्रतिवेदन र कोषाध्यक्ष हरि कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न संघ संस्था, सुन्दरहरैंचा क्षेत्रका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र जनप्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन संघका महासचिव सन्तोष वान्तवाले गरेका थिए ।
भोलि शनिबार संघको नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ ।
Facebook Comment
Banner
सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी
नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।
ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।
सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।
नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।
Banner
विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण
सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।
संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्याएको छ,’ उनले भने ।
१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्याएको छ ।
लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।
सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।
उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।
Banner
नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै
नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।
त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।
यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login