अपराध
केराबारी भ्यु प्वाइन्टमा बनाइएका संरचनामा अज्ञात समूहद्वारा क्षति, संरक्षण समितिले निकाल्यो यस्तो विज्ञप्ति

विराटचोकः केराबारी गाउँपालिकाको वडा नम्बर ३ र १० को सिमानामा रहेको गोल ग्राउण्ड भन्ने ठाउँमा रहेको केराबारी भ्यु प्वाइन्टमा बनाइएका ६ वटा संरचना अज्ञात समूहले भत्काएको छ । बिहीबार राति ती संरचना भत्काएको बिहान थाहा भएको भ्यु प्वाइन्ट संरक्षण समितिका अध्यक्ष राजेश राईले बताए ।
उनका अनुसार केराबारी–सिंहदेवी सडक खण्डमा रहेको सो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले ६ महिना अघिदेखि सञ्चालित सो क्षेत्रमा पर्यटकीय गतिविधि भइरहेको थिए । विभिन्न दाताको सहयोगमा निर्माण भएका ६ वटा सिमेन्टेड बेन्च अज्ञात समूहले भत्काएको हो ।
राईका अनुसार सो स्थानमा रहेका स्टल (ठेलामा रहेका खाजाघर र त्यहाँका सामानमा भने कुनै क्षति पुर्याइएको छैन ।
घटनापछि संरक्षण समितिले विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गर्दै दोषीको पहिचान गरी कारवाही गर्न माग गरेको छ ।
Facebook Comment
Banner
बेकरी तथा मिठाइ बनाउने तालिम सम्पन्न

जेसिआइ इन्द्रपुर र पाथीभरा स्वतन्त्र महिला समाजको संयुक्त आयोजनामा बेकरी तथा मिठाइ बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिममा ५० भन्दा बढी सहभागीहरूले विभिन्न प्रकारका केक, कुकीज र परिकारहरू बनाउन सिकेका छन्, जसले उनीहरूलाई व्यवसायिक तथा घरेलु उत्पादनमा सक्षम बनाउने अपेक्षा गरिएको छ।
तालिमका प्रशिक्षकहरूले बेकरी उद्योगमा आवश्यक पर्ने आधारभूत ज्ञान, सामग्रीको प्रयोग, उचित तापमान व्यवस्थापन जस्ता महत्वपूर्ण पक्षहरूमा प्रशिक्षण दिएका थिए। सहभागीहरूले प्रत्यक्ष अभ्यास गर्दै स्वादिष्ट परिकारहरू तयार पार्ने अवसर पाए।
जेसिआइ इन्द्रपुरका अध्यक्ष आकास दुलाल का अनुसार, यो तालिम महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ आयोजना गरिएको थियो। यस्तै, पाथीभरा स्वतन्त्र महिला समाजकी अध्यक्ष योजना शर्मा ढकाल ले स्थानीयस्तरमा सीपमूलक तालिमहरू निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्।
कार्यक्रम सफलताका लागि प्रशिक्षक, सहभागी र आयोजकहरूलाई धन्यवाद दिँदै जेसिआइ इन्द्रपुरले आगामी दिनमा यस्तै व्यावसायिक सीप अभिवृद्धि गर्ने कार्यक्रमहरू ल्याउने योजना रहेको जानकारी दिएको छ।
Banner
अमेरिकादेखि युरोपसम्म किन भइरहेको छ ट्रम्पविरोधी प्रदर्शन ?

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रदर्शन भइरहेको छ । राष्ट्रपतिका रूपमा ट्रम्पले आफ्नो दोस्रो कार्यभार सम्हालेपछि पहिलोपटक मानिसहरू ठूलो संख्यामा उनीविरुद्ध सडकमा उत्रिएका हुन् ।
अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएअनुसार ट्रम्पविरोधी यो प्रदर्शन अमेरिकाका सबै ५० वटै राज्यमा फैलिएको छ । अमेरिकीहरूले यो प्रदर्शनलाई ‘ह्यान्डस अफ’ नाम दिएका छन् । उनीहरूले यसलाई मानिसहरूको मामिलामा ट्रम्पले दखल नदिउन् भन्ने रूपमा अर्थ्याएका छन् ।
प्रदर्शनकारीहरूले सामाजिक तथा आर्थिकलगायत थुप्रै मुद्दामा ट्रम्पको निर्णयमा अनसन्तुष्टि जनाएका छन् ।
ट्रम्पले लगालग कर लगाउन थालेपछि अमेरिकाबाहिर पनि उनको नीतिको विरोध भइरहेको छ । लन्डन, पेरिस, तथा बर्लिनमा पनि यसबारेमा सभाहरू आयोजना भएका छन् । यसले ट्रम्पविरोधी प्रदर्शन अमेरिकामा मात्र सीमित नरहेर युरोपसम्म फैलिएको देखाउँछ ।
ट्रम्पले ५७ देशमाथि कर लगाउँदा अमेरिकीहरू पनि यसबाट पीडित बनेका छन् । करका कारण महँगी बढ्न सक्ने चिन्ताले अमेरिकीहरूलाई सताएको छ । अर्कातर्फ करकै कारण मन्दी हुन सक्ने आशंका पनि गरिएको छ ।
मानिसहरूको आक्रोश ट्रम्पमा मात्र सीमित नरहेर एलन मस्कसम्म पुगेको छ । जर्मनीको फ्र्याङ्कफर्टमा बस्ने अमेरिकीहरूले ट्रम्प र मस्कविरुद्ध र्याली निकालेका छन् । बर्लिनमा पनि मस्कको कम्पनी टेस्लाको शोरुमबाहिर सयौँले प्रदर्शन गरेका छन् ।
बर्लिनमा प्रदर्शनकारीहरूले एक प्लेकार्ड बोकेका थिए । जसमा लेखिएको थियो- सटअप एलन मस्क, हामीले तिमीलाई भोट दिएका होइनौँ ।
त्यस्तै एउटा ककुरलाई कपडा लगाइदिइएको थियो जसमा लेखिएको थियो- हामी डगी (डीओजीई) को विपक्षमा छौँ ।
यसका अलावा पेरिस, लिस्बन जस्ता शहरहरूमा पनि ट्रम्प र मस्कविरुद्ध प्रदर्शन भइरहेको छ । उनीहरूले स्वाभिमानी अमेरिकीहरू शर्मनाक भएको सन्देश दिने प्लेकार्ड बोकेका थिए ।
हजारौँ संघीय कर्मचारीहरूलाई कामबाट हटाउने, सामाजिक सुरक्षा प्रशासनको क्षेत्रीय कार्यालय तथा विभिन्न एजेन्सीहरू बन्द गर्ने, प्रवाशीहरूलाई देश निकाला गर्नेलगायतमा अमेरिकीहरूले विरोध जनाएका छन् । त्यस्तै स्वास्थ्य वित्त पोषणमा कटौती गरेकोमा पनि उनीहरूले ट्रम्प र मस्कको आलोचना गरेका छन् ।
सरकारी दक्षता विभागको प्रमुखका रूपमा आएदेखि नै मस्कले अनुदान कटौती, कर्मचारी हटाउनेलगायतका कार्य गर्दै आएका थिए । जसका कारण अमेरिकीहरू उनीप्रति आक्रोशित बनेका हुन् ।
Banner
शिक्षकको आन्दोलनले एसईईको नतिजा प्रकाशितमा ढिलाइ हुने

२४ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि नतिजा प्रकाशितमा ढिलाइ हुने भएको हो ।
यो साताबाट उत्तरपुस्तिका परीक्षण सुरु हुनुपर्ने हो । ‘उत्तरपुस्तिका जिल्लाबाट परीक्षण केन्द्रमा पठाउने काम भइ रहेको छ । शिक्षकले परीक्षण नगर्ने भन्नुभएको छ । यो साताबाट परीक्षण हुनुपर्ने हो । परीक्षण प्रभावित हुँदा असार ७ मा निकाल्ने भनेको नतिजा प्रभावित हुन्छ जस्तो छ’, निमित्त प्ररीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले भने ।
शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भन्दै उत्तरपुस्तिका परीक्षण, गोष्ठी, तालिममा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।
‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो। यो आन्दोलनलाइ अझ सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ। अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक कर्मचारी साथीहरुलाई आग्रह गर्दछौ’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले भनेको छ ।
२०८१ साल चैत्र ०७ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा मा देशभरबाट नियमित तर्फ ४३१४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा चार लाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश भएका छन्।
शिक्षकहरू २० चैतदेखि काठमाडौमा सडक आन्दोलनमा आएका छन् । आन्दोलनका कारण भर्ना अभियानसमेत प्रभावित भएको छ । कतिपय विद्यालयको वार्षिक परीक्षाको नतिजा समेत प्रभावित भएको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login