अर्थ
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको निर्वाचन शुरु, यस्तो छ मतदान स्थल बाहिरको अवस्था

विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि आज बिहान ८ बजेदेखि निर्वाचन शुरु भएको छ । मतदान स्थल बाहिर उम्मेद्वारका प्रचार सामग्रीले सडक ढाकिएका छन् भने । तुल र ब्यानर पनि उत्तिकै सजाइएका छन् । मतदाताहरु आफ्नो मतदाता क्रम संख्या खोजिरहेका छन् । जम्म ८ सय ४८ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
केही तस्बिरहरुः
Banner
करेन्ट लागेर धनकुटाको महालक्ष्मी ४ चानुवामा ५ जना घाइते, २ जनाको अवस्था चिन्ताजनक

विराटचोकः आज बिहान अकस्मात आएको हाइ भोल्टेजका कारण करेन्ट लागेर धनकुटाको महालक्ष्मी ४ चानुवामा ५ जना घाइते भएका छन् । उनीहरुमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
स्थानीय जगत पौडेलका अनुसार ५५ वर्षीय चन्द्र कार्कीको अवस्था चिन्ताजनक रहेको छ । त्यस्तै, बमकुमारी श्रेष्ठको अवस्था पनि चिन्ताजनक रहेको छ । घाइते हुने अन्यमा पदम श्रेष्ठ, सन्तोष जिमीका छोरा तथा निरौला थरकी एक किशोरी छिन् । उनीहरुलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताइएको छ ।
स्थानीयका अनुसार अस्ति साँझ आएको हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएको थियो । आज बिहान अन्दाजी साढे ९ बजे बिजुली आउँदा सामान्य रुपमै आए पनि त्यसपछि हाइ भोल्टेज आउँदा धेरै जनालाई करेन्ट लागेको थियो ।
स्थानीयका अनुसार अन्य धेरै सामान्य घाइते भएका छन् । बत्ती नहुँदा मोबाइल अफ भएका कारण सबैतिर सम्पर्क हुन सकेको छैन ।
बाघखोरको ट्रान्सफरमरमा खराबी आउँदा समस्या आएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । कतिपय बिजुलीको पोल भएको ठाउँको जमिनमा धुवाँ देखिएको स्थानीयले बताए ।
बाघखोरको ट्रान्सफरमरमा भएको न्युट्रल तारले अन्य तारमा छुँदा हाइ भोल्टेज आएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।
हाइ भोल्टेजका कारण धेरै जना सामान्य घाइते भएको अनुमान गरिएको छ । एउटा घरमा आगलागी समेत भएको तर तुरुन्तै निभाउँदा धेरै क्षति हुन नपाएको स्थानीयले फोन सम्पर्कमा बताए ।
घटनाको बारेमा जानकारी लिन वडाध्यक्ष र सुरक्षाकर्मीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
Banner
आज विराट गोल्डकपको फाइनल, उपाधिका लागि एपीएफ र पञ्जाब पुलिस भिड्दै

विराटनगरः विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेल आज (शनिवार) हुँदैछ । शहीद रङ्गशालामा हुने फाइनलमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं र भारतको पुलिस क्लबबीच राती साढे ६ बजे प्रतिष्पर्धा हुने भएको छ ।
पन्जाब पुलिस पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ भने एपीएफ यो सिजनको तेस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ । एपीएफले विभागीय चिरप्रतिद्वन्दी नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
विराट गोल्डकपमा पहिलो पटक भाग लिएको पञ्जाबले शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रलाई २–०, गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ र आहा रारा गोल्डकपको च्याम्पियन तथा विराट गोल्डकपको पूर्व विजेता टिम सङ्कटा क्लबलाई १–० हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
एपीएफ २०७० मा विराट गोल्डकपको फाइनलमा पुग्दा सङ्कटासँग १–० गोलले पराजित भएको थियो ।
एपीएफका प्रशिक्षक सुदिप श्रेष्ठले विराट गोल्डकपमा दोस्रो पटक फाइनल पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताएका छन् ।
नेपालमा पहिलो गोल्डकप खेल्न आएको पन्जाब भारतको लिग विजेता टिम हो । पञ्जाबका प्रशिक्षक हरनेक सिंहले नेपालकै प्रतिष्ठित गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए । पञ्जाबले ४–४–२ को रणनीतिमा खेल्ने उनले जानकारी दिए ।
प्रतियोगिता चैत २६ गते शुरु भएको हो ।
Banner
लागूऔषध र नियन्त्रित औषधीसहित पोलिक्लिनिकका सञ्चालक पक्राउ

उदयपुरः उदयपुरको बेलका नगरपालिका– १ आम्बासीमा रहेको बेलका मेडिलक पोलिक्लिनिक प्रा.लि. का सञ्चालक लागूऔषध र नियन्त्रित औषधीसहित पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरीले शुक्रबार राती ११ बजे सो क्लिनिकमा खानतलासी गर्ने क्रममा सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरी का २६ वर्षीय सुबोध यादवलाई पक्राउ गरेको हो ।
उनको साथबाट टर्माडोल हाइड्रोक्लोराइड १ सय ९८ ट्याब्लेट, डाइकोमाइन हाइड्रोक्लोराइड ५ सय १५ ट्याब्लेट, कोफट्याब डी ३ सय ५ ट्याब्लेट, टर्माडोल हाइड्रोक्लोराइड ओपिडोल १ हजार ५ सय २ ट्याब्लेट, प्रिगोट किट १० ट्याब्लेट, सिल्डेनाफिल ४ ट्याब्लेट, जन्ग्रा रेड १२ ट्याब्लेट प्रहरीले बरामद गरेको थियो ।
त्यस्तै, नगद १ लाख १७ हजार र मोबाइल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सामानसहित सो क्लिनिकका सञ्चालक यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।
-
अर्थ1 year ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद1 year ago
रंगशालाको अवलोकन
-
अर्थ11 months ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य1 year ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य1 year ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १1 year ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
मुख्य1 year ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
कला / साहित्य1 year ago
खोटाङ सेवा समाजद्वारा ‘नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान
You must be logged in to post a comment Login