Connect with us
Advertisement
Advertisement

मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु

Published

on

विराटनगरः मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मोरङको ग्रामथान गाउँपालिका –४ २५ वर्षीय धीरज माझीको स्कुटर दुर्घटनामा मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे कटहरी –७ तकिया चोक मा प्र १–०२–०४३ प २०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उता, सुनसरीको दुहबी नगरपालिका– ८ बस्ने ६५ वर्षीया जगवती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । मंगलबार साँझ ६ बजे सोनापुर चोकस्थित कोशी राजमार्गमा प्रदेश १–०२–००२ च ३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।
ठक्करका कारण घाइते भएकी चौधरीको शुक्रबार राती १२ बजे नोबेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ । एम्बुलेन्स र चालक पाँचथरको तुम्बेवा बस्ने चन्द्र राई प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचामा होम आइसोलेसनमा बसेकासहित मोरङमा आज ११ संक्रमितको मृत्यु

Published

on

विराटचोकः आज मोरङमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा ३ जना र अस्पतालमा ८ जना संक्रमितको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा ४, विराट मेडिकल कलेजमा २ जना तथा कोशी अस्पताल र न्युरो अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो ।

सुन्दरहरैंचा– १२ का ७९ वर्षीय कोरोना संक्रमित पुरुषको आज दिउँसो १२ बजे मृत्यु भएको हो । बैशाख २७ गते पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा रहेका थिए ।

त्यस्तै, मोरङको जहदा गाउँपालिका–७ का ६० वर्षीय पुरुषको पनि होम आइसोलेसनमै मृत्यु भएको छ । उनको आज दिउँसो मृत्यु भएको हो ।

उता, विराटनगर –१३ का ५८ वर्षीय पुरुषको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । उनलाई वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

विराट मेडिकल कलेजमा विराटनगर–९ का ५२ वर्षीय पुरुषको आज बिहान १० बजे मृत्यु भएको छ । उनी बैशाख १३ गते अस्पताल भर्ना भएका थिए ।

सिरहाको लहान–१ का ८० वर्षीय वृद्ध पुरुषको पनि विराट मेडिकल कलेजमै मृत्यु भएको छ । उनी मंगलबार उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

विराटनगर महानगरपालिका–६ का ३९ वर्षीय पुरुषको बुधबार दिउँसो न्युरो अस्पतालमा मृत्यु भएको छ ।

नोेबेल शिक्षण अस्पतालमा चार जनाको मृत्यु भएको छ । सुनसरीको इनरुवा–१ का ७५ वर्षीय पुरुषको बिहान ३ बजे मृत्यु भएको थियो । सप्तरीकी ५५ वर्षीया महिलाको बिहान ७ बजे र विराटनगर – ९ की ८० वर्षीया महिलाको बिहान ८ बजे मृत्यु भएको थियो ।

नोबेलमै विराटनगर –१० का ४६ वर्षीय पुरुषको पनि मृत्यृ भएको छ । बैशाख २६ गते उनी अस्पताल भर्ना भएका थिए । उनको बिहान ८ बजे मृत्यु भएको थियो ।

उता, कोशी अस्पतालमा विराटनगर–१२ का ८० वर्षीय पुरुषको संक्रमणका कारण ज्यान गएको छ ।

Continue Reading

Banner

सुन्दरहरैंचामा भोलिदेखि निषेधाज्ञा कडा बनाइँदै, औषधी पसलबाहेक सबै व्यवसाय बन्द

Published

on

विराटचोकः कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै सुन्दरहरैंचा नगरपालिकाले भोलि बैशाख ३० गतेदेखि निषेधाज्ञालाई थप कडा बनाउँदै लाने भएको छ । औषधी पसलबाहेकका सबै व्यवसाय बन्द गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

नगर प्रमुख शिवप्रसाद ढकालको अध्यक्षतामा नगरपालिका, उद्योग वाणिज्य संघ र स्थानीय प्रहरी प्रशासनको उपस्थितिमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेद्वारा जारी सूचनामा जनाइएअनुसार भोलिदेखि औषधी पसल तथा स्वास्थ्य संस्था र क्लिनिकबाहेक सबै प्रकारका व्यवसाय अर्काे सूचना  जारी नभएसम्म सञ्चालन गर्न पाइने छैन । बन्दको अवज्ञा गरी घरबाहिर निस्कने र औषधी पसलबाहेक अन्य व्यवसाय खोल्नेलाई प्रहरीले कडा कारवाही गर्ने सूचनामा जनाइएको छ ।

Continue Reading

Banner

महामारीको समयमा रगतको अभाव कम गराउन सुन्दरदुलारी उद्योग वाणिज्य संघको आयोजनामा रक्तदान

Published

on

विराटचोकः कोरोना महामारीको समयमा रगत संकलन कम हुँदा अस्पतालहरुमा रगतको अभाव हुन थालेपछि सुन्दरदुलारी उद्योग वाणिज्य संघले आज गछियामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको संघका अध्यक्ष किशोर कार्कीले जानकारी दिए ।

सुन्दरहरैंचामा संक्रमितको संख्या बढ्दै गएको अहिलेको अवस्थामा ब्लड बैंकमा पनि रगतको अभाव हुन थालेपछि कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर गरिएको स्वास्थ्यकर्मीको समन्वयमा गरिएको कार्यक्रममा उपस्थित रक्तदातालाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौलाले प्रशंसा पत्र वितरण गरेका थिए ।

https://www.facebook.com/NispakshyaKhabarDotCom/videos/482176216165521

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक