विराटचोकः इन्द्रपुर जुनियर जेसीजको आयोजनामा बैंकिङ सेमिनार कार्यक्रम सम्पन्न भएको छ । सोमबार विराटचोकस्थित इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठानको हलमा सेमिनार भएको हो ।
नविल बैक विराटचोकको सहकार्यमा भएको कार्यक्रममा सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि रिजालले विद्यार्थीहरु बैकमा शेयर भर्न लाइन लाग्ने देखेको र यो सेमिनारपछि शेयरबजारमा प्रवेश गर्न सहयोग मिल्ने बताए । आफू निर्वाचित भएपछि पहिलो कार्यक्रममा सहभागी भएको बताउँदै रिजालले उद्योग वाणिज्य संघ यस क्षेत्रमा रहेका संस्थासँगै हातेमालो गरेर हिँड्ने समेत बताए ।
कक्षा ११ र १२ मा अध्ययनरत सिद्धार्थ बोर्डिङ स्कुल, सुकुना माध्यमिक विद्यालय, ब्राइट प्युचर उच्च मावि र सुविजीमुर उच्च माध्यमिक विद्यालयका करीब २ सय विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नबिल बैंक लिमिटेड विराटचोकका शाखा प्रमुख भवेस बस्नेतले यो कार्यक्रमले विद्यार्थीलाई बैंकिङ क्षेत्रका बारेमा जानकारी गराउन सहयोग पुगेका थिए ।
यस्तै, बैंकका अपरेसन इन्चार्ज अनिष ओझाले बैंकसँग सम्बन्धित भिडियो प्रस्तुतिसंगै विद्यार्थीलाई सहजीकरण गरेका थिए । उनले नेपालमा मोबाइल बैंक, एटिएम, लगायत बैंकिङ विषयसँग सम्बन्धित भएर सहजीकरण गरेका थिए ।
सेमिनारमा नयाँ पुस्तालाई बैंकिङ प्रक्रियाको बारेमा जानकारी गराइएको थियो । बैकको शुरुवात, नेपालमा बैंकको स्थापनादेखि यसको उपयोगिताका विषयमा उनीहरुमा बैंकिङ कारोबार गर्दा देखिने अन्योल कम गर्न सेमिनारले मद्दत गर्ने इन्द्रपुर जुनियर जेसिजका अध्यक्ष प्राञ्जल ढकालले बताए । कार्यक्रमको संयोजन समीप ढकालले गरेका थिए । कार्यक्रममा इन्द्रपुर जेसीजका अध्यक्ष कृष्णप्रसाद ओझा, जुनियर जेसीजका संस्थापक अध्यक्ष उत्सव थापालगायत उपस्थित थिए ।
You must be logged in to post a comment Login