Connect with us
Advertisement

करदाता सेवा कार्यालय विराटचोकमा सिभिल बैंकको काउन्टर सञ्चालन

Published

on

विराटचोकः करदाता सेवा कार्यालय विराटचोकमा सिभिल बैंकको विस्तारित काउन्टर सञ्चालनमा आएको छ । सो काउन्टरको सञ्चालनसँगै विराटचोकमा रहेको करदाता सेवा कार्यालयमा व्यवसायीलाई करसम्बन्धी आर्थिक कारोबार गर्न सहयोग पुग्ने करदाता सेवा कार्यालय विराटचोकका प्रमुख नेत्र घिमिरेले बताए ।

सो करदाता सेवा कार्यालयले सुन्दरहरैंचा, बेलबारी र केराबारी गाउँपालिकाका व्यवसायीलाई सेवा दिँदै आएको छ । करदाता सेवा कार्यालयमा हाल ११ हजार २ सय २५ व्यवसायले कारोबार गर्दै आएकोमा १ हजार ३५ वटा व्यवसायले मूल्य अभिवृद्धि कर (भ्याट)मा कारोबार गर्दै आएको कार्यालयका प्रमुख घिमिरेले बताए ।

कार्यक्रममा प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाले बैंक र करदाता सेवा कार्यलयबीच अन्योन्याश्रीत सम्बन्ध रहेको बताए । उनले बैंकको काउन्टर स्थापना भएपछि सेवाग्राहीलाई राजस्व तिर्न सहज हुने बताए । कार्यक्रमका वक्ताहरुले राजस्वसम्बन्धी तालीम कार्यक्रम सञ्चालन गर्न आग्रह गरेकाले अहिले कर कार्यालयबाट कर शिक्षा कार्यक्रम सञ्चालन भइरहेको बताए ।

कार्यक्रममा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले व्यापारीलाई फुर्सद नहुने भएकाले यो काउन्टर स्थापना हँुदा समयको समेत बचत हुने बताए । उनले कृषि विकास बैंकमा कर तिरेको राजस्व करदाता सेवा कार्यालयको खातामा जम्मा नहुने समस्या समेत रहेको बताए ।

यस्तै, उद्योगपति भोलेश्वर दुलालले व्यापारी र करदाता कार्यालयबीचको सम्बन्ध राम्रो नभएको बताए । उनले व्यापारीहरुले पान नम्बर लिएर ५० लाखभन्दा माथिको कारोबार गर्ने गरेको र त्यसो गर्दा आफूलाई समस्यामा पर्ने स्वयम् व्यापारीलाई थाहा नभएको भन्दै त्यसको समाधानतर्फ करदाता कार्यालयले सहजीकरण गर्नुपर्ने बताए ।

सिभिल बैंक प्रदेश १ का प्रमुख राजेश ढकालको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व बैंकको केन्द्रीय कार्यालयका ‘डिपोजिट एण्ड ट्रान्जेक्सन’ का प्रमुख भोलाबहादुर विष्टले गरेका थिए । सभापति बिष्टका अनुसार हाल बैंकका १ सय १४ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक