अर्थ
करदाता सेवा कार्यालय विराटचोकमा सिभिल बैंकको काउन्टर सञ्चालन
विराटचोकः करदाता सेवा कार्यालय विराटचोकमा सिभिल बैंकको विस्तारित काउन्टर सञ्चालनमा आएको छ । सो काउन्टरको सञ्चालनसँगै विराटचोकमा रहेको करदाता सेवा कार्यालयमा व्यवसायीलाई करसम्बन्धी आर्थिक कारोबार गर्न सहयोग पुग्ने करदाता सेवा कार्यालय विराटचोकका प्रमुख नेत्र घिमिरेले बताए ।
सो करदाता सेवा कार्यालयले सुन्दरहरैंचा, बेलबारी र केराबारी गाउँपालिकाका व्यवसायीलाई सेवा दिँदै आएको छ । करदाता सेवा कार्यालयमा हाल ११ हजार २ सय २५ व्यवसायले कारोबार गर्दै आएकोमा १ हजार ३५ वटा व्यवसायले मूल्य अभिवृद्धि कर (भ्याट)मा कारोबार गर्दै आएको कार्यालयका प्रमुख घिमिरेले बताए ।
कार्यक्रममा प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाले बैंक र करदाता सेवा कार्यलयबीच अन्योन्याश्रीत सम्बन्ध रहेको बताए । उनले बैंकको काउन्टर स्थापना भएपछि सेवाग्राहीलाई राजस्व तिर्न सहज हुने बताए । कार्यक्रमका वक्ताहरुले राजस्वसम्बन्धी तालीम कार्यक्रम सञ्चालन गर्न आग्रह गरेकाले अहिले कर कार्यालयबाट कर शिक्षा कार्यक्रम सञ्चालन भइरहेको बताए ।
कार्यक्रममा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले व्यापारीलाई फुर्सद नहुने भएकाले यो काउन्टर स्थापना हँुदा समयको समेत बचत हुने बताए । उनले कृषि विकास बैंकमा कर तिरेको राजस्व करदाता सेवा कार्यालयको खातामा जम्मा नहुने समस्या समेत रहेको बताए ।
यस्तै, उद्योगपति भोलेश्वर दुलालले व्यापारी र करदाता कार्यालयबीचको सम्बन्ध राम्रो नभएको बताए । उनले व्यापारीहरुले पान नम्बर लिएर ५० लाखभन्दा माथिको कारोबार गर्ने गरेको र त्यसो गर्दा आफूलाई समस्यामा पर्ने स्वयम् व्यापारीलाई थाहा नभएको भन्दै त्यसको समाधानतर्फ करदाता कार्यालयले सहजीकरण गर्नुपर्ने बताए ।
सिभिल बैंक प्रदेश १ का प्रमुख राजेश ढकालको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व बैंकको केन्द्रीय कार्यालयका ‘डिपोजिट एण्ड ट्रान्जेक्सन’ का प्रमुख भोलाबहादुर विष्टले गरेका थिए । सभापति बिष्टका अनुसार हाल बैंकका १ सय १४ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
Facebook Comment
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login