शिक्षा / स्वास्थ्य
अपाङ्गता भएका विद्यार्थीको सहारा बन्दै सुन्दरहरैंचाका सङ्घ संस्था
विराटचोकः ‘दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य’ भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको २८ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । यसै क्रममा बुधबार मोरङको सुन्दरहरैंचा नगरपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री साथै खाद्यान वितरण गरिएको छ ।
बुधबार आशा नेपाल, सामाजिक सेवाका लागि युवा अभियान नेपाल, र मानव अधिकार संरक्षण मञ्च नेपालले वडा नम्बर ७ मा रहेको साजीलाल आधारभूत विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
सो विद्यालयमा अपाङ्गता भएका १७ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा भएका विद्यार्थीलाई कपी, पेन्सिल, अपाङ्गता भएका व्यक्तिलाई पढ्न र बुझ्न सजिलो हुने ब्लक, वितरण गरिएको हो । विद्यालयको लागि एउटा दराज पनि दिइएको थियो ।
यस्तै विद्यालयम नै दिवा खाजाको व्यवस्था खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अमिष ढकाल रहेका थिए । ढकालले अपाङ्गता भएको व्यक्तिको आँखामा देश निर्माण गर्ने बौद्धिकता भएकाले यस्ता व्यक्तिको संरक्षण तथा दायित्व राज्यको भए पनि सामाजिक संस्थाले गर्नु अत्यन्तै उदाहरणीय र प्रशंसनीय कार्य भएको बताए ।
यस्तै, विशिष्ट अतिथि, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चैतन्य सिटौलाले स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने बताएका थिए ।
कार्यक्रमका अतिथि लायन्स क्लब अफ सुन्दरदुलारीका अध्यक्ष नागेश पोख्रेलले आफ्नो तर्फबाट विगतमा सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।
नेपाल अपाङ्ग महिला सङ्घकी अध्यक्ष भीमा खतिवडाले सुन्दरहरैंचा नगरपालिकामा अपाङ्गता भएका बालबालिका ४० जनाभन्दा बढी रहेका तर उनीहरुलाई सहज तरिकाले विद्यालयसम्म ल्याउने यातायातको व्यवस्था नभएको बताइन् ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष जीवन ढुङ्गाना, वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठ, साना किसान कृषि सहकारी संस्थाका सुन्दरपुरका अध्यक्ष रवीन्द्र आचार्य, जुनियर जेसीजका अध्यक्ष उत्सव थापा, अपाङ्गता नगर समन्वय समितिकी सचिव मीना आचार्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता आशा नेपालका कार्यवाहक अध्यक्ष अनुरोध शाहले गरेका थिए । कार्यक्रममा शाहले शिशुको जन्मपछि शिक्षा, स्वास्थ्य र बाँच्ने नैसर्गिक अधिकार भए तापनि राज्यबाट उपेक्षित भएकाले सामाजिक संस्थाहरुले पहिचान गरी सहयोग गरेको र राज्यले उचित सम्बोधन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य मानव अधिकार संरक्षण मञ्च नेपालका अध्यक्ष टेकराज तिम्सिनाले गरेका थिए । कार्यक्रमको व्यवस्थापन निष्पक्ष खबर अनलाइनले गरेको थियो । कार्यक्रम सञ्चालन सामाजिक सेवाका लागि युवा अभियान नेपालका अध्यक्ष ज्ञाननाथ ढकालले गरेका थिए ।
Facebook Comment
Banner
अमेरिका र इरानबीचको तनाव चर्कियो
मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।
कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।
आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।
Banner
प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै
प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म नियमावलीको अङ्ग बनेको घोषणा गर्नुभयो । बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो ।
Banner
आज पनि सुनचाँदीको भाउ घट्यो
आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login