शिक्षा / स्वास्थ्य
अपाङ्गता भएका विद्यार्थीको सहारा बन्दै सुन्दरहरैंचाका सङ्घ संस्था
विराटचोकः ‘दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य’ भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको २८ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । यसै क्रममा बुधबार मोरङको सुन्दरहरैंचा नगरपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री साथै खाद्यान वितरण गरिएको छ ।
बुधबार आशा नेपाल, सामाजिक सेवाका लागि युवा अभियान नेपाल, र मानव अधिकार संरक्षण मञ्च नेपालले वडा नम्बर ७ मा रहेको साजीलाल आधारभूत विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
सो विद्यालयमा अपाङ्गता भएका १७ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा भएका विद्यार्थीलाई कपी, पेन्सिल, अपाङ्गता भएका व्यक्तिलाई पढ्न र बुझ्न सजिलो हुने ब्लक, वितरण गरिएको हो । विद्यालयको लागि एउटा दराज पनि दिइएको थियो ।
यस्तै विद्यालयम नै दिवा खाजाको व्यवस्था खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अमिष ढकाल रहेका थिए । ढकालले अपाङ्गता भएको व्यक्तिको आँखामा देश निर्माण गर्ने बौद्धिकता भएकाले यस्ता व्यक्तिको संरक्षण तथा दायित्व राज्यको भए पनि सामाजिक संस्थाले गर्नु अत्यन्तै उदाहरणीय र प्रशंसनीय कार्य भएको बताए ।
यस्तै, विशिष्ट अतिथि, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चैतन्य सिटौलाले स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने बताएका थिए ।
कार्यक्रमका अतिथि लायन्स क्लब अफ सुन्दरदुलारीका अध्यक्ष नागेश पोख्रेलले आफ्नो तर्फबाट विगतमा सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।
नेपाल अपाङ्ग महिला सङ्घकी अध्यक्ष भीमा खतिवडाले सुन्दरहरैंचा नगरपालिकामा अपाङ्गता भएका बालबालिका ४० जनाभन्दा बढी रहेका तर उनीहरुलाई सहज तरिकाले विद्यालयसम्म ल्याउने यातायातको व्यवस्था नभएको बताइन् ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष जीवन ढुङ्गाना, वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठ, साना किसान कृषि सहकारी संस्थाका सुन्दरपुरका अध्यक्ष रवीन्द्र आचार्य, जुनियर जेसीजका अध्यक्ष उत्सव थापा, अपाङ्गता नगर समन्वय समितिकी सचिव मीना आचार्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता आशा नेपालका कार्यवाहक अध्यक्ष अनुरोध शाहले गरेका थिए । कार्यक्रममा शाहले शिशुको जन्मपछि शिक्षा, स्वास्थ्य र बाँच्ने नैसर्गिक अधिकार भए तापनि राज्यबाट उपेक्षित भएकाले सामाजिक संस्थाहरुले पहिचान गरी सहयोग गरेको र राज्यले उचित सम्बोधन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य मानव अधिकार संरक्षण मञ्च नेपालका अध्यक्ष टेकराज तिम्सिनाले गरेका थिए । कार्यक्रमको व्यवस्थापन निष्पक्ष खबर अनलाइनले गरेको थियो । कार्यक्रम सञ्चालन सामाजिक सेवाका लागि युवा अभियान नेपालका अध्यक्ष ज्ञाननाथ ढकालले गरेका थिए ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login