खेलकुद
सुन्दरहरैंचाले मेयर कप फुटबल प्रतियोगिता गर्ने
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । अघिल्लो वर्ष नै सो खेल सञ्चालन गर्ने निर्णय भए पनि कोरोनाका कारण स्थगित भएको थियो ।
प्रतियोगिता सञ्चालनसम्बन्धी जानकारी दिनका लागि आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले खेलकुदमा नगरपालिकाले यथेष्ट बजेट छुट्याएको बताए । प्रस्तावित इन्द्रपुर रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने गरी काम भइरहेको उनले बताए । सो रंगशालाका लागि २८ बिघा जग्गा प्राप्ति गर्ने काम भइरहेको उनले जानकारी दिए ।
गछिया, लाटीझोडा, हरैंचा, शुक्रबारे, सुकुनाचौरी लगायतका खेल मैदानको स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए । नगरस्तरीय खेलकुद विकास समिति बन्न नसक्दा खेल गतिविधि सञ्चालनमा सोचेजस्तो सहज हुन नसकेको उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले स्थानीय खेलाडीलाई दक्ष बनाउन यस्ता प्रतियोगिता सहयोगी हुने बताइन् । सुन्दरहरैंचाको पछिल्लो पुस्ताले खेलकुदमा राम्रो प्रगति गरिरहेको बताउँदै चाँडै नै उपमेयर कप भलिबल प्रतियोगिता पनि सञ्चालन हुने जानकारी दिइन् ।
एन्फाका मोरङ महासचिव प्रकाश मास्केले मोरङ जिल्ला खेलाडी उत्पादनमा अगाडि रहेको बताए । अन्य स्थानीय तहले यस्ता प्रतियोगिता सञ्चालन गर्न नसकिरहेको बेला सुन्दरहरैंचामा प्रतियोगिता सञ्चालन हुनु गौरवको विषय भएको उनको भनाइ थियो ।
प्रतियोगिताको सह आयोजक वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले शुक्रबारे युवा क्लबको संयोजनमा सुन्दरहरैंचा– ११ शुक्रबारेमा हुने प्रतियोगिताले सो क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा वडा सदस्य गणेशप्रसाद फुयालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । विराट भेट्रान क्लबका अध्यक्ष युवेन गुरुङ, सुकुना बहुमुखी क्याम्पसको व्यवस्थापन समिति अध्यक्ष केशव अधिकारी, नेपाली कांग्रेसका प्रतिनिधि राजन दाहाल, नेकपा एमालेका प्रतिनिधि केशव दाहाललगायतले आफ्नो मन्तव्य राखेका थिए ।
प्रतियोगिताको मिति तथा प्रतियोगितामा सहभागी हुने टिमको संख्या भने यकिन भइनसकेको वडाध्यक्ष ढकालले जानकारी दिए ।

Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login