कोशी प्रदेश
आसरा सुधार केन्द्रको तेस्रो वार्षिकोत्सवमा विविध कार्यक्रम
धरानः आसरा सुधार केन्द्र पानबारी धरानको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापाले दुर्व्यसनमा फसेका युवा पिढीलाई उपचार, परामर्श तथा पुनर्स्थापनामार्फत् संस्थाले पुनर्जीवन दिएको बताइन् ।
आसरा सुधार केन्द्र आगामी दिनमा थप व्यवस्थित तरिकाले प्रभावकारी रुपमा अघि बढ्न जरुरी रहेको उनको भनाइ थियो । प्रमुख अतिथि थापाले केन्द्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा केन्द्रका पूर्व व्यवस्थापक पूर्व प्रहरी नायव उपरीक्षक रामजी कट्वाललाई प्रशंसा पत्र प्रदान गरेकी थिइन् ।
कार्यक्रममा धरान उप–महानगरपालिकाका मेयर तिलक राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, आसरा सुधार केन्द्र धरानका मानार्थ सदस्य प्रदीप मेयाङबोलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा आसरा सुधार केन्द्रले वार्षिकोत्सवको अवसरमा आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीलाई नेपाल प्रहरी श्रीमती संघकी महासचिव श्रीमती बबिता पाल तथा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापा कार्कीले पुरस्कार प्रदान गरेका थिए । आसरा सुधार केन्द्रका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायन, नृत्य तथा कविता वाचन समेत भएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ र प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु, सुधार केन्द्रको सञ्चालक समितिका पदाधिकारीहरु, केन्द्रका आजीवन सदस्यहरु, स्थानीय जनप्रतिनिधिहरु, सुरक्षा निकायका पदाधिकारीहरु र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login