Connect with us
Advertisement

बेलबारी साना शहरी खानेपानीको चुनावका लागि ३ दलको गठबन्धन

Published

on

विराटचोकः बेलबारी साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि ३ दलीय गठबन्धनले पत्रकार सम्मेलन गरी आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ ।

चैत ७ गते शनिबार हुने निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठबन्धन गरी ४ पदमा उम्मे्दवारी दिएका छन् । बाँकी ५ पदमा भने सर्वसम्मत रुपमा सञ्चालक चयन भएका छन् । निर्वाचनमा अध्यक्ष, कोषाध्यक्ष र खुला सदस्य २ जनाका लागि मतदान हुँदैछ ।

गठबन्धन अन्तर्गत अध्यक्षमा कांग्रेसकी रुक्मिणी धिमाल, उपाध्यक्षमा जनता समाजवादीका केशव घले, सचिवमा माओवादी केन्द्रका जगतबहादुर क्षेत्री र कोषाध्यक्षमा डिल्लीराज गिरी (उत्तम)ले उमेद्वारी दिएका छन् । खुला सदस्यमा कांग्रेसका प्रेमबहादुर गुरुङ र गणेश बस्नेतले उम्मेद्वारी दिएका छन् ।

पत्रकार सम्मेलनमा गठबन्धनबाट अध्यक्षकी उमेद्वार रुक्मिणी धिमालले आफ्नो प्राथमिकता सहितको प्रतिबद्धता प्रस्तुत गरिन् । आफू वर्तमान कार्यसमितिमा रहेकी हुनाले सोही अनुभवलाई संस्थाको हितमा कार्यन्वयन गर्ने उनको भनाइ थियो ।

आफूले पहिलो प्राथमिकता वडा नम्बर ३ मा रहेको खानेपानीको समस्यालाई लिएको उनले बताइन् । संस्थालाई सक्रिय बनाउन र सदस्यलाई जागरुक बनाउन तालीम, गोष्ठी, अन्तरक्रियालगायतका कार्यक्रमलाई जोड दिने उनले बताइन् ।

चुनाव प्रचार प्रसार समितिका सहसंयोजक पर्शुराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य नगेन्द्रप्रसाद जमरकट्टेल, जनता समाजवादी पार्टीका नगर अध्यक्ष तिलक राई, माओवादी केन्द्रका तिलकप्रसाद राईलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा निर्विरोध सबै पदाधिकारी उपस्थित भएर यही गठबन्धनलाई आफूहरुको समर्थन रहेको जनाएका थिए ।

संस्थाका सञ्चालक समितिको महिला सदस्यमा माओवादी केन्द्रकी शर्मिला लुङ्गेली, जनता समाजवादीकी बबिता राई र कांग्रेसकी सीतादेवी बास्तोला निर्विरोध चयन भइसकेका छन् । त्यस्तै, उपाध्यक्ष पदमा केशव घले र जगतबहादुर क्षेत्री पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।

अध्यक्ष पदका लागि रुक्मिणी धिमाल र खेमप्रसाद गौतम, कोषाध्यक्ष पदका लागि तोषित सुवेदी र डिल्लीराज गिरी तथा २ जना छानिने सदस्य पदका लागि प्रेमबहादुर गुरुङ, प्रकाशकुमार भण्डारी र गणेश बस्नेतले उम्मेद्वारी दिएका छन् ।

Continue Reading

Facebook Comment

1 Comment

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading

Banner

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

Published

on

विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक