Connect with us
Advertisement

आन्दोलनमा विद्यार्थी संगठनले मलजल गर्दा असुरक्षा बढेको हिसानको आरोप

Published

on

इटहरीः डेढ साता अघिदेखि आन्दोलित भएका इटहरीका निजी कलेजका विद्यार्थीको आन्दोलनमा सुनसरीका विद्यार्थी संगठनले मलजल गरेपछि असुरक्षा बढेको भन्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ .(हिसान) सुनसरीले आरोप लगाएको छ । हिजो साँझ विज्ञप्ति निकाल्दै संघले विभिन्न विद्यार्थी संगठनका वक्तव्य र प्रेस नोटले विद्यार्थी आन्दोलनलाई मलजल गरेको जनाएको छ ।

‘शिक्षाको मन्दिरभित्र यस किसिमका गतिविधि बढ्न नदिन स्थानीय सरकार, राजनीतिक दल, विद्यार्थी सङ्गठनहरू, विद्यार्थी, अभिभावक तथा आम इटहरी वासीलाई हामी हार्दिक आहवान गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । हिसानका सुनसरी अध्यक्ष मुकुन्द घिमिरे र सचिव सागरप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा कलेजहरूमा भएको तोडफोड तथा सांघातिक आक्रमणमा संलग्न पक्षहरूको खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई अनुरोध गरिएको छ ।

विश्व आदर्श कलेजका सुरक्षा गार्ड मोहनकुमार अधिकारी आक्रमणमा परी घाइते भई अस्पतालमा भर्ना भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
यी घटनाले शिक्षक, कर्मचारी र विद्यार्थीहरूमा उत्पन्न मनोवैज्ञानिक त्रासबाट मुक्त गर्न अर्को सूचना प्रकाशित नहुन्जेलसम्म इटहरीका सम्पूर्ण कलेजहरू बन्द रहने पनि विज्ञप्तिमार्फत् हिसानले जानकारी गरेको छ ।

फागुन २६ गतेदेखि शुरु भएको आन्दोलनमा पछिल्लो समय विभिन्न संगठनले ऐक्यबद्धता जनाएका छन् । बिहीबार र शुक्रबार बसेको कलेज सञ्चालक तथा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीसँगको बैठकमा सहमति नभएपछि विद्यार्थीले कलेजमा तालाबन्दी गरेका छन् ।

Banner

इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको आग्रह

Published

on

इरानमा रहेका नेपालीहरूलाई तत्काल स्वदेश फर्कन सरकारले आग्रह गरेको छ ।

इरानमा विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ निकालेर नेपाली नागरिकलाई इरान भ्रमणमा नजान र त्यहाँ रहेका नेपालीलाई तत्काल देश छाड्न आग्रह गरेको हो । मन्त्रायलले इरानबाट आपत्कालीन अवस्थामा बाहिरिन सहज होस् भनेर राहदानी र परिचयपत्रलगायतका यात्रा कागजातहरू तयारी अवस्थामा राख्न भनेको छ ।

इरानमा रहेका नेपालीहरूले समन्वय र सहयोगका लागि परराष्ट्र मन्त्रालय र कतारको दोहामा रहेको राजदूतावासलाई सम्पर्क गर्नसक्ने ‘ट्राभल एड्भाइजरी’ मा उल्लेख छ ।

Continue Reading

Banner

सूर्यकुण्ड हाइड्रोको आईपीओमा आजदेखि आवेदन खुला

Published

on

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज (माघ १८ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ६८ हजार ९६७ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीहरुका लागि र ३४ हजार ४८४ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ २१ गते हुनेछ भने ढिलोमा फागुन ३ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।७१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

Continue Reading

Banner

टी–२० शृङ्खलामा अस्ट्रेलियामाथि पाकिस्तानको ऐतिहासिक जीत

Published

on

अस्ट्रेलियासँगको टी–२० शृङ्खला पाकिस्तानले जितेको छ । पाकिस्तानले लगातार दोश्रो खेलमा अस्ट्रेलियालाई ९० रनले हराउँदै ३ खेलको टी–२० शृङ्खला जितेको हो ।

यो पाकिस्तानले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १५ ओभर ४ बलमा १ सय ८ रनमा अलआउट भयो । अस्ट्रेलियाका क्यामरुन ग्रीनले सबैभन्दा धेरै ३५ रन बनाए । पाकिस्तानका अब्रार अहमद र शादाब खान समान ३ विकेट लिए । त्यसअघि लाहोरमा गएराति टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ५ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।

पाकिस्तानका सलमान आगाले ७६ र उस्मान खानले ५३ रन बनाए । यो जीतसँगै पाकिस्तानले थुप्रै कीर्तिमान समेत बनाएको छ । पाकिस्तानले टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियासँग बनाएको सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि सन् २०१८ मा जिम्बाब्वेमा भएको त्रिकोणात्मक शृङ्खलाको लिग खेलमा पाकिस्तानले १ सय ९४ रन बनाएको थियो ।

साथै पाकिस्तानले टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियासँग सबैभन्दा बढी अन्तरले जितेको खेल पनि बनेको छ । यसअघि सन् २०१८ मा युएईमा भएको टी–२० मा पाकिस्तानले ६६ रनले जितेको थियो ।

यसैगरी टी–२० अन्तर्राष्ट्रिय खेलको इतिहासमा पहिलो पटक पाकिस्तानका स्पिन बलहरुले सबै १० विकेट लिएका छन् । यी दुई देशबीचको तेश्रो तथा अन्तिम टी–२० खेल लाहोरमै आज नेपालीसमयअनुसार दिउँसो पौने ५ बजे शुरू हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक