शिक्षा / स्वास्थ्य
यी हुन् नगर शिक्षा समिति इटहरीले सार्वजनिक गरेका निर्णयहरु
इटहरीः इटहरी उपमहानगरको शिक्षा महाशाखाले नगरशिक्षा समितिको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । आन्दोलनरत विद्यार्थीहरु र हिसानका प्रतिनिधिहरु सहभागी कार्यक्रममा शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले निर्णय सार्वजनिक गरेका हुन् ।
इटहरीका संस्थागत विद्यालयको कक्षा ११ र १२ मा देखिएको शुल्कसम्बन्धी समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलले वुझाएको प्रतिवेदनका आधारमा निर्णय भएको बताइएको छ । इटहरी उपमहानगर वडा नम्वर ४ का अध्यक्ष चन्द्र भटटराईको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।
कोरोना महामारीको समयको समेत निजी स्कुलले शुल्क लिएको भन्दै विद्यार्थीहरु १० दिनभन्दा बढी आन्दोलित भएका थिए ।
यस्ता छन्, नगर शिक्षा समितिले गरेका निर्णयहरु
१. भौतिक कक्षा सञ्चालन हुनुपूर्व यातायात शुल्कबापतको रकम लिइएको भए सोबापतको रकम सम्बन्धित विद्यार्थी÷ अभिभावकलाई फिर्ता गर्ने । राष्ट्रिय परीक्षा बोर्डले लिइएको परीक्षा शुल्कबाहेक परीक्षा सञ्चालनार्थ लिइएको शुल्क परीक्षा सञ्चालन नभएको भए सोबापतको रकम सम्बन्धित विद्यार्थी÷ अभिभावकलाई फिर्ता गर्ने,
२. विद्यालय सञ्चालनका क्रममा आन्तरिक रुपमा देखिएका समस्याहरु सरोकारवालहरुसँग समन्वय गरी सम्बन्धित विद्यालयहरुले आन्तरिक रुपमा समाधान गर्ने व्यवस्था मिलाउने,
३. शैक्षिक सत्र २०७७ मा संस्थागत विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले तिर्नुपर्ने १२ महिना बराबरको मासिक शुल्कलाई पूर्ण शुल्क मानी २ महिना बराबरको रकम छुट दिने । तर उक्त रकम बराबरको सुविधा यस अघि नै लिइसकेको भए दोहोरो छुट दिन बाध्य नहुने,
४. संस्थागत विद्यालयका कर्मचारीहरु माथि भएको सांघातिक आक्रमण, कुटपिट तथा विद्यालय तोडफोड जस्ता कार्यहरुप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता प्रकृतिका अमानवीय गतिविधिहरु नहुने वातावरण निर्माणका लागि सम्बद्ध सबै पक्षलाई अनुरोध गर्ने,
५. विद्यालयलाई शान्ति क्षेत्र कायम गरी भयरहित, सौहार्दपूर्ण तवरले शिक्षक विद्यार्थीहरुको पठनपाठनका गतिविधि सञ्चालन गर्ने वातावरण सिर्जनाका लागि स्थानीय प्रशासनसमक्ष अनुरोध गर्ने,
६. विश्व महामारीका रुपमा फैलिएको कोरोनाका कारण विद्यालयहरुमा सिर्जित शुल्कसम्बन्धी समस्या समाधानको प्याकेजमा सहभागिताका लागि सम्बन्धित विद्यालयमा कार्यरत शिक्षकहरुलाई अनुरोध गर्ने ।
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login