Connect with us
Advertisement
Advertisement

जेफालेमा नयाँ वर्षमा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने

Published

on

केराबारीः नयाँ वर्षको अवसरमा मोरङको केराबारी गाउँपालिका वडा नम्बर २ को पर्यटकीय क्षेत्र जेफालेमा भलिबल प्रतियोगिता हुने भएको छ ।

खेलकुद विकास समिति केराबारी–२ मोरङले प्रदेश नम्बर १ का पालिकास्तरीय खुला भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । समितिले आइतबार केराबारीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । आगामी बैशाख ३ गतेदेखि प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको हो ।

प्रतियोगितामा सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, झापाको बिर्तामोड नगरपालिका, दमक नगरपालिका, मोरङको बेलबारी नगरपालिका, संखुवासभाको खाँदबारी नगरपालिका, भोजपुरको षडानन्द नगरपालिका, आमचोक गाउँपालिका र आयोजक टिमले सहभागिता जनाउने भएका छन् । २०४३ सालदेखि निरन्तर रुपमा नयाँ बर्षको अवसरमा भलिबल प्रतियोगिता गर्दै आए पनि यस वर्षदेखि प्रदेश १ का पालिकास्तरीय प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुनेले नगद ७५ हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुनेले नगद ५० हजार, कप मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा करिव ७ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज विराट गोल्डकपको फाइनल, उपाधिका लागि एपीएफ र पञ्जाब पुलिस भिड्दै

Published

on

फाइल तस्बिर

विराटनगरः विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेल आज (शनिवार) हुँदैछ । शहीद रङ्गशालामा हुने फाइनलमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं र भारतको पुलिस क्लबबीच राती साढे ६ बजे प्रतिष्पर्धा हुने भएको छ ।

पन्जाब पुलिस पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ भने एपीएफ यो सिजनको तेस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ । एपीएफले विभागीय चिरप्रतिद्वन्दी नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

विराट गोल्डकपमा पहिलो पटक भाग लिएको पञ्जाबले शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रलाई २–०, गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ र आहा रारा गोल्डकपको च्याम्पियन तथा विराट गोल्डकपको पूर्व विजेता टिम सङ्कटा क्लबलाई १–० हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

एपीएफ २०७० मा विराट गोल्डकपको फाइनलमा पुग्दा सङ्कटासँग १–० गोलले पराजित भएको थियो ।

एपीएफका प्रशिक्षक सुदिप श्रेष्ठले विराट गोल्डकपमा दोस्रो पटक फाइनल पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताएका छन् ।

नेपालमा पहिलो गोल्डकप खेल्न आएको पन्जाब भारतको लिग विजेता टिम हो । पञ्जाबका प्रशिक्षक हरनेक सिंहले नेपालकै प्रतिष्ठित गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए । पञ्जाबले ४–४–२ को रणनीतिमा खेल्ने उनले जानकारी दिए ।

प्रतियोगिता चैत २६ गते शुरु भएको हो ।

Continue Reading

Banner

लागूऔषध र नियन्त्रित औषधीसहित पोलिक्लिनिकका सञ्चालक पक्राउ

Published

on

उदयपुरः उदयपुरको बेलका नगरपालिका– १ आम्बासीमा रहेको बेलका मेडिलक पोलिक्लिनिक प्रा.लि. का सञ्चालक लागूऔषध र नियन्त्रित औषधीसहित पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीले शुक्रबार राती ११ बजे सो क्लिनिकमा खानतलासी गर्ने क्रममा सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरी का २६ वर्षीय सुबोध यादवलाई पक्राउ गरेको हो ।

उनको साथबाट टर्माडोल हाइड्रोक्लोराइड १ सय ९८ ट्याब्लेट, डाइकोमाइन हाइड्रोक्लोराइड ५ सय १५ ट्याब्लेट, कोफट्याब डी ३ सय ५ ट्याब्लेट, टर्माडोल हाइड्रोक्लोराइड ओपिडोल १ हजार ५ सय २ ट्याब्लेट, प्रिगोट किट १० ट्याब्लेट, सिल्डेनाफिल ४ ट्याब्लेट, जन्ग्रा रेड १२ ट्याब्लेट प्रहरीले बरामद गरेको थियो ।

त्यस्तै, नगद १ लाख १७ हजार र मोबाइल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सामानसहित सो क्लिनिकका सञ्चालक यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

Continue Reading

Banner

ट्याक्टरको ट्रलीबाट लडेर १ जनाको मृत्यु

Published

on

उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका १ जोगीदहकी ४५ वर्षीया शारदा चौधरीको ट्याक्टरको ट्रलीबाट लडेर मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे १० बजे जंगलबाट घाँस काटी आउँदै गर्दा प्रदेश २–०१–००१ त ००८१ नम्बरको ट्याक्टरमा घाँस लोड गरी पछाडी ट्रलीमा बसेकी थिइन् ।

सोही क्रममा ट्याक्टरको ट्रलीबाट लडी गम्भीर घाइते भएकी उनको उपचारको लागि विराटनगरतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक