कोशी प्रदेश
नेपाल पत्रकार महासंघको प्रदेश नम्बर १ समितिमा २१ पदका लागि ५६ जनाको उम्मेदवारी
विराटचोकः नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासंघको चैत्र २५ गते हुने महाधिवेशनबाट प्रदेश समितिमा निर्वाचित हुनका लागि बिहीबार उम्मेदवारी दर्ता भएको छ ।
विभिन्न २१ पदका लागि ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा १ जना बागीसहित ३ जनाले उम्मेद्वारी दिएका छन् । अध्यक्षमा प्रेस चौतारीसहितको गठबन्धनबाट मोहनकाजी, प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट लीलाबल्भ घिमिरेको उम्मेद्वारी दर्ता हुँदा प्रेस युनियनका सोमनाथ सुसेलीले बागी उम्मेद्वारी दर्ता गरेका हुन् ।
खुला उपाध्यक्षमा प्रेस चौतारीसहितको गठबन्धनबाट रोहितकुमार राईले उम्मेदवारी दिएका छन् भने प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट लवदेव ढुङ्गानाले उम्मेदवारी दिएका छन् । प्रेस सेन्टरका अर्जुन जम्नेली राईले बागी उम्मेदवारी दिएका छन् ।
महिला उपाध्यक्षमा प्रेस चौतारी गठबन्धनबाट कोकिला ढकाल र प्रेस युनियनबाट हिमाकुमारी चेम्जोङको उम्मेदवारी दर्ता भएको छ ।
महासचिवमा प्रेस चौतारी गठबन्धनबाट फिपराज बेघा लिम्बू र प्रेस युनियन तथा प्रेस सेन्टरको गठबन्धनबाट विवेक गौतमको उम्मेदवारी दर्ता भएको छ । प्रेस युनियन तथा प्रेस सेन्टरको गठबन्धनबाट नै बन्धु पोखरेल र श्रीशिशा राई (श्रीप्रसाद)ले बागी उम्मेदवारी दिएका छन् ।
१ जना निर्वाचित हुने खुलातर्फको सचिवमा अबिजाल विष्ट, कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बूले उम्मेदवारी दिएका छन् । यसै गरी, समावेशी सचिवमा सन्तवीर लामा र सन्तोष यादवको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा सन्तोष रुचाल, गणेश साम्पाङ र विमल लामिछाने ‘बुद्धि’ ले उम्मेदवारी दिएका छन् ।
५ जना खुला सदस्य पदका लागि हुने निर्वाचनमा १४ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यमा कमल रिमाल, टीकाराम उप्रेती, केशरबहादुर चौहान, केशव भट्टराई, गोपालप्रसाद पोखरेल, तेजेन्द्र भण्डारी, तोयानाथ भट्टराई, ध्रुव भट्टराई, मीनराज (प्रवास) उप्रेती, युवराज विवश, लीलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाईँ र सुरेन्द्र भण्डारीको उम्मेदवारी परेको छ ।
३ जना महिला सदस्य निर्वाचित हुने पदको लागि सुभद्रा प्याकुरेल, विनादेवी तामाङ, देविका चाम्लिङ राई, बिनु तिम्सिना, माला पालुङवा, सुमित्रा कोइराला र सुशीला पाठकले उम्मेद्वारी दिएका छन् ।
दलित सदस्यमा रणध्वज लोहार र पीबी दियाली तथा आदिवासी जनजाति सदस्यमा उपेन्द्र चाम्लिङ, दिलकुमार लावती, विष्णु सुब्बा र यमनकुमार दनुवारको उम्मेदवारी परेको छ ।
२ जना निर्वाचित हुने मधेसी सदस्यको पदमा सूर्यनारायण यादव, चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द मेहता र ब्रह्मदेव यादवको उम्मेदवारी परेको छ ।
अल्पंख्यक सदस्यमा विजय धिमाल, तावील अन्सारी र लीलाबहादुर सुनुवारको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले बिहीबार नै उम्मेदवारको नामावली प्रकाशन गरेको छ भने शुक्रबार साँझ ५ बजेसम्म दाबी विरोध तथा उम्मेदवारी फिर्ताको समय तोकिएको छ । शुक्रबार साँझ ६ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशित हुने कार्यतालिका रहेको छ ।
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login