कोशी प्रदेश
नेपाल पत्रकार महासंघको प्रदेश नम्बर १ समितिमा २१ पदका लागि ५६ जनाको उम्मेदवारी
विराटचोकः नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासंघको चैत्र २५ गते हुने महाधिवेशनबाट प्रदेश समितिमा निर्वाचित हुनका लागि बिहीबार उम्मेदवारी दर्ता भएको छ ।
विभिन्न २१ पदका लागि ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा १ जना बागीसहित ३ जनाले उम्मेद्वारी दिएका छन् । अध्यक्षमा प्रेस चौतारीसहितको गठबन्धनबाट मोहनकाजी, प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट लीलाबल्भ घिमिरेको उम्मेद्वारी दर्ता हुँदा प्रेस युनियनका सोमनाथ सुसेलीले बागी उम्मेद्वारी दर्ता गरेका हुन् ।
खुला उपाध्यक्षमा प्रेस चौतारीसहितको गठबन्धनबाट रोहितकुमार राईले उम्मेदवारी दिएका छन् भने प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट लवदेव ढुङ्गानाले उम्मेदवारी दिएका छन् । प्रेस सेन्टरका अर्जुन जम्नेली राईले बागी उम्मेदवारी दिएका छन् ।
महिला उपाध्यक्षमा प्रेस चौतारी गठबन्धनबाट कोकिला ढकाल र प्रेस युनियनबाट हिमाकुमारी चेम्जोङको उम्मेदवारी दर्ता भएको छ ।
महासचिवमा प्रेस चौतारी गठबन्धनबाट फिपराज बेघा लिम्बू र प्रेस युनियन तथा प्रेस सेन्टरको गठबन्धनबाट विवेक गौतमको उम्मेदवारी दर्ता भएको छ । प्रेस युनियन तथा प्रेस सेन्टरको गठबन्धनबाट नै बन्धु पोखरेल र श्रीशिशा राई (श्रीप्रसाद)ले बागी उम्मेदवारी दिएका छन् ।
१ जना निर्वाचित हुने खुलातर्फको सचिवमा अबिजाल विष्ट, कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बूले उम्मेदवारी दिएका छन् । यसै गरी, समावेशी सचिवमा सन्तवीर लामा र सन्तोष यादवको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा सन्तोष रुचाल, गणेश साम्पाङ र विमल लामिछाने ‘बुद्धि’ ले उम्मेदवारी दिएका छन् ।
५ जना खुला सदस्य पदका लागि हुने निर्वाचनमा १४ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यमा कमल रिमाल, टीकाराम उप्रेती, केशरबहादुर चौहान, केशव भट्टराई, गोपालप्रसाद पोखरेल, तेजेन्द्र भण्डारी, तोयानाथ भट्टराई, ध्रुव भट्टराई, मीनराज (प्रवास) उप्रेती, युवराज विवश, लीलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाईँ र सुरेन्द्र भण्डारीको उम्मेदवारी परेको छ ।
३ जना महिला सदस्य निर्वाचित हुने पदको लागि सुभद्रा प्याकुरेल, विनादेवी तामाङ, देविका चाम्लिङ राई, बिनु तिम्सिना, माला पालुङवा, सुमित्रा कोइराला र सुशीला पाठकले उम्मेद्वारी दिएका छन् ।
दलित सदस्यमा रणध्वज लोहार र पीबी दियाली तथा आदिवासी जनजाति सदस्यमा उपेन्द्र चाम्लिङ, दिलकुमार लावती, विष्णु सुब्बा र यमनकुमार दनुवारको उम्मेदवारी परेको छ ।
२ जना निर्वाचित हुने मधेसी सदस्यको पदमा सूर्यनारायण यादव, चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द मेहता र ब्रह्मदेव यादवको उम्मेदवारी परेको छ ।
अल्पंख्यक सदस्यमा विजय धिमाल, तावील अन्सारी र लीलाबहादुर सुनुवारको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले बिहीबार नै उम्मेदवारको नामावली प्रकाशन गरेको छ भने शुक्रबार साँझ ५ बजेसम्म दाबी विरोध तथा उम्मेदवारी फिर्ताको समय तोकिएको छ । शुक्रबार साँझ ६ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशित हुने कार्यतालिका रहेको छ ।
Facebook Comment
Banner
कांग्रेस विवादमाथि सुनुवाइ सम्पन्न, आदेश प्रतीक्षामा
नेपाली कांग्रेसको आधिकारिकता विवादबारे परेको रिटको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा रिटमाथि सुनुवाइ सकिएको हो । अब आदेश आउन बाँकी छ ।
निर्वाचन आयोगसमेतलाई विपक्षी बनाउँदै शेरबहादुर देउवापक्षीय कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेपछि निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको थियो ।
तर देउवा समूहले आयोगको उक्त निर्णयलाई चुनाैती दिएर रिट दायर गरेको हो ।
Banner
प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता हुँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।
निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारलाई आग्रह गरेको छ ।
आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ ।
आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् ।
नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ ।
एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् ।
आयोगले निर्धारण गरेको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ ।
त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले अन्य केही कागजातसमेत लिएर आउन आग्रह गरेको छ ।
आयोगले आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ ।
विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको जेनजी आन्दोलनपछ विघटन भएको हो । त्सपछि बनेको सरकारले फागुन द्दज्ञ गतेका लागि नयाँ निर्वाचनको मिति तय गरेको हो ।
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login