शिक्षा / स्वास्थ्य
इन्द्रपुर नमूनामा साहित्यकार तथा कार्यक्रम प्रस्तोता केपी घिमिरेले विद्यार्थीलाई सुनाए आफ्नो अनुभव
विराटचोकः इन्द्रपुर नमूना सेकेण्डरी स्कुलमा रेडियो कार्यक्रम प्रस्तोता तथा साहित्यकार केपी घिमिरेले विद्यार्थीमाझ आफ्नो कला क्षेत्रको अनुभव सुनाएका छन् ।
विद्यालयले हरेक शुक्रबार विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिसँग माध्यमिक तहका विद्यार्थीको साक्षात्कार गराउने गरेको छ । यसै क्रममा आज घिमिरेसँग विद्यार्थीले साक्षात्कार गरी अन्तरक्रिया गरेको विद्यालयले जनाएको छ । विद्यालयका प्रिन्सिपल अर्जुन ढकालका अनुसार ‘फ्रेन्ड्ली फ्राइडे’ नाम दिइएको सो कार्यक्रमको बारेमा विद्यार्थी र अभिभावकको सकारात्मक प्रतिक्रिया आउने गरेको छ ।

‘विद्यार्थीलाई समाजसँग घुलमिल गराउन गत मंसिरदेखि यो कार्यक्रम शुरु भएको हो’, प्रिन्सिपल ढकालले भने, ‘घर, विद्यालय र आफूले सामान किन्ने पसलभन्दा बाहिरको समाजसँग विद्यार्थी अनभिज्ञ रहेको पाइएकाले माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरेर यो कार्यक्रम आयोजना गरिएको हो ।’
विद्यालयका भूतपूर्व प्रिन्सिपल अमृतप्रसाद ढकाललाई बोलाएर शुरु गरिएको सो कार्यक्रमअन्तर्गत व्यवसायी देवी पाण्डे, इन्द्रपुर साना शहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष केदारप्रसाद गुरागाई, इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामप्रसाद गजुरेलसँग विद्यार्थीले अन्तरक्रिया गरिसकेका छन् । खेलकुद र व्यवसायको बारेमा सन्तोष वान्तवा, संगीतको बारेमा सञ्जीव धिमालसँग अन्तरक्रिया गरेका विद्यार्थीले जनप्रतिनिधिसँग पनि अन्तरक्रिया गरेका छन् ।
उपप्रमुख धनमाया तामाङ र १२ नम्बरका वडाध्यक्ष रोशनप्रसाद ढकालसँग विद्यार्थीले अन्तरक्रिया गरिसकेको विद्यालयले जनाएको छ ।

Facebook Comment
Banner
सुनसरी–१ मा हर्क साम्पाङ विजयी
प्रतिनिधिसभा सदस्य चुनावमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी हुनुभएको छ ।
साम्पाङ ८ हजार ४९२ मतान्तरसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साम्पाङले ३५ हजार ७४१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा एमालेका टीकाराम लिम्बुले ६ हजार ४६३ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गर्नुभएको छ ।
Banner
इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ विजयी
प्रतिनिधिसभा सदस्य चुनावमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई ७ हजार ७ सय ७६ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो । नेम्बाङ २२ हजार ४ सय २६ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिष्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६ सय ५० मत प्राप्त गर्नुभयो ।
यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४ सय मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले ७ हजार ८ सय १४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १ सय ७२ मत प्राप्त गर्नुभयो ।
प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो । यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्बाङले यही क्षेत्रबाट कांग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय २० मतान्तरले पराजित गर्नुभएको थियो । नेम्बाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरी निर्वाचित हुँदा खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।
आचार्यको भने यो दोस्रो पराजय हो । यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा आचार्य सुहाङकै बुबा सुवासचन्द्र नेम्बाङसँग २ हजार १ सय २ मतले पराजित हुनुभएको थियो ।
यही फागुन २१ गते भएको निर्वाचनमा यो क्षेत्रमा कुल १ लाख १९ हजार ४ सय ८९ मतदातामध्ये ६७ हजार ६ सय ६४ मत खसेको थियो । यहाँ ३ हजार ८ सय ८३ मत बदर भएको छ । यहाँ विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ उम्मेदवार चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।
Banner
चितवन–३ मा साेविता गाैतम फराकिलाे मतान्तरले विजयी
प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की साेविता गाैतम ३८ हजार ६६२ मतान्तरले विजयी हुनुभएकाे छ । निर्वाचन आयाेगका अनुसार गाैतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गर्नुभएकाे छ ।
साेविता गाैतम प्रतिनिधिसभा चुनाव इतिहासमा सबैभन्दा मत ल्याएर विजयी हुनुभएकाे हाे । यसअघि २०७४ सालको चुनावमा झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५७ हजार १३९ मत ल्याएर विजयी हुनुभएकाे थियाे ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login