Connect with us
Advertisement

इन्द्रपुर नमूनामा साहित्यकार तथा कार्यक्रम प्रस्तोता केपी घिमिरेले विद्यार्थीलाई सुनाए आफ्नो अनुभव

Published

on

विराटचोकः इन्द्रपुर नमूना सेकेण्डरी स्कुलमा रेडियो कार्यक्रम प्रस्तोता तथा साहित्यकार केपी घिमिरेले विद्यार्थीमाझ आफ्नो कला क्षेत्रको अनुभव सुनाएका छन् ।

विद्यालयले हरेक शुक्रबार विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिसँग माध्यमिक तहका विद्यार्थीको साक्षात्कार गराउने गरेको छ । यसै क्रममा आज घिमिरेसँग विद्यार्थीले साक्षात्कार गरी अन्तरक्रिया गरेको विद्यालयले जनाएको छ । विद्यालयका प्रिन्सिपल अर्जुन ढकालका अनुसार ‘फ्रेन्ड्ली फ्राइडे’ नाम दिइएको सो कार्यक्रमको बारेमा विद्यार्थी र अभिभावकको सकारात्मक प्रतिक्रिया आउने गरेको छ ।

‘विद्यार्थीलाई समाजसँग घुलमिल गराउन गत मंसिरदेखि यो कार्यक्रम शुरु भएको हो’, प्रिन्सिपल ढकालले भने, ‘घर, विद्यालय र आफूले सामान किन्ने पसलभन्दा बाहिरको समाजसँग विद्यार्थी अनभिज्ञ रहेको पाइएकाले माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरेर यो कार्यक्रम आयोजना गरिएको हो ।’

विद्यालयका भूतपूर्व प्रिन्सिपल अमृतप्रसाद ढकाललाई बोलाएर शुरु गरिएको सो कार्यक्रमअन्तर्गत व्यवसायी देवी पाण्डे, इन्द्रपुर साना शहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष केदारप्रसाद गुरागाई, इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामप्रसाद गजुरेलसँग विद्यार्थीले अन्तरक्रिया गरिसकेका छन् । खेलकुद र व्यवसायको बारेमा सन्तोष वान्तवा, संगीतको बारेमा सञ्जीव धिमालसँग अन्तरक्रिया गरेका विद्यार्थीले जनप्रतिनिधिसँग पनि अन्तरक्रिया गरेका छन् ।

उपप्रमुख धनमाया तामाङ र १२ नम्बरका वडाध्यक्ष रोशनप्रसाद ढकालसँग विद्यार्थीले अन्तरक्रिया गरिसकेको विद्यालयले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक