Connect with us
Advertisement

कृषि विकास बैंकले स्कुल र साझेदारी वनलाई दियो सूचना प्रविधि सामग्री

Published

on

विराटचोकः कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुन्दरहरैंचाको एक सामुदायिक विद्यालय र एक साझेदारी वन व्यवस्थापन समूहलाई सूचना प्रविधिमा आधारित सामग्री प्रदान गरेको छ ।

बैंकले सुन्दरहरैंचा – ८ मा रहेको शिक्षा निकेतन माध्यमिक विद्यालयलाई ३ वटा डेस्कटप कम्प्युटर, एउटा प्रिन्टर र एउटा स्क्यानर प्रदान गरेको छ । २ लाख रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको बैंकले जनाएको छ ।

सामग्री वितरण समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सांसद लोकप्रसाद संग्रौलाले मोरङमा शिक्षा निकेतनको फरक पहिचान रहेको बताए । ‘आर्थिक रुपमा सम्पन्न विद्यालय मोरङमा अरु होलान्,’ संग्रौलाले भने, ‘तर शैक्षिक गतिविधिका कीर्तिमानी राख्नमा यो स्कुल अगाडि छ ।’

कृषि विकास बैंकको प्रदेश नम्बर १ का निर्देशक वासु अधिकारीले सूचना बिनाको प्रविधि र प्रविधिबिनाको सूचनाको औचित्य नहुने बताए । सूचना प्रविधिसँग साक्षात्कार गरी त्यसमा रुचि राख्ने र त्यसको गहिराइमा पुग्ने गरेमा विद्यार्थीले सूचना र प्रविधिको महत्व बुझ्ने उनको भनाइ थियो ।

वडा नम्बर ८ का अध्यक्ष खेमप्रसाद न्यौपानेले नगर र वडाले शिक्षा क्षेत्रलाई ध्यान दिएर बजेट विनियोजन गरिरहेको बताए । जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुको उद्देश्य पूरा गराउने क्रममा बैंकले गरेको सहयोगले ठूलो महत्व राख्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद रिजालले विद्यालयको शैक्षिक स्तरोन्नतिका लागि भौतिक र प्राविधिक सहयोग जुटाउन आफू लागिपर्ने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद सुवेदीले वित्तीय संस्थाको सहयोग विद्यालयलाई पहिलो पटक प्राप्त भएको बताए । पढ्नमा जागरुक र सिकाउन उत्प्रेरित रहेका शिक्षकलाई यो सहयोगले थप सहज हुने उनको भनाइ थियो ।

कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक घनश्याम रिमालले गरेका थिए ।

कार्यक्रममा नगरपालिकाको शिक्षा शाखाकी अधिकृत लीला ओझा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु श्यामकुमार आचार्य, गोविन्दबहादुर बस्नेत, माधव अधिकारी, संस्थापक अध्यक्ष कृष्णप्रसाद प्रसाईं, बैंकको विराटनगर शाखाका प्रमुख तिलक प्रधान, विराटचोक शाखाका प्रमुख विष्णु पाल बोहोरा, तथा मावि तहका विद्यार्थीको उपस्थिति थियो ।

साझेदारी वन व्यवस्थापन समूहलाई पनि सूचना प्रविधि सामग्री प्रदान

सो बैंकले लाटीझोडा साझेदारी सामुदायिक वन व्यवस्थापन समिति सुन्दरहरैंचालाई पनि २ लाख ५० हजार रुपैयाँबराबरको सूचना प्रविधिको सामग्री हस्तान्तरण गरेको छ । एउटा डेस्कटप, एउटा प्रिन्टर, एउटा पीटीजेड डोम क्यामरा र एउटा एसएलआर क्यामरा प्रदान गरिएको बैंकले जनाएको छ ।

१५ हजार उपभोक्ता रहेको वनको कार्यालय व्यवस्थित बनाउन सहयोग पुगोस् भनेर सूचना सामग्री प्रदान गरिएको बैंकको विराटचोक शाखाका प्रमुख बोहोराले बताए ।

बैंकको प्रदेश नम्बर १ का निर्देशक वासु अधिकारीले वनजंगल मानिसको लागि मात्रै नभएर पृथ्वीका सबै जीवजन्तुको लागि आवश्यक पर्ने भएकाले वनको कार्यालय व्यवस्थापनमा सहज होस् भनेर सहयोग गरिएको बताए ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै सो वन व्यवस्थापन समितिका संयोजक रुद्रप्रसाद पोखरेलले संस्थालाई प्राप्त सामग्रीको उचित प्रयोग गरी कार्यालयको प्रशासनिक व्यवस्थापनलाई थप व्यवस्थित बनाइने बताए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Published

on

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

आज शहीद दिवस

Published

on

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Continue Reading

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक