Connect with us
Advertisement

रुसमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाखभन्दा बढी

Published

on

विराटचोकः रुसमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । गत २४ घण्टामा ३ सय ८४ जना संक्रमितको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १७ जना पुगेको हो ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार विश्वमा कोरोना संक्रमणका कारण २८ लाख ५८ हजार मानिसको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा ५ लाख ६८ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ ।

ब्राजिलमा ३ लाख ३० हजार, मेक्सिकोमा २ लाख ३ हजार, भारतमा १ लाख ६४ हजार, बेलायतमा १ लाख २६ हजार र इटलीमा १ लाख १० हजार संक्रमितको ज्यान गएको छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

विजयीहरुलाई पुरस्कार वितरण र साँस्कृतिक कार्यक्रम गरेर समापन गरियो २०२४ को नोवेल फिस्टा

Published

on

विजयीहरुलाई पुरस्कार वितरण र साँस्कृतिक कार्यक्रम गरेर समापन गरियो २०२४ को नोवेल फिस्टा
गत मिति २०८१ असार ३ गते सोमबार नोवेल मेडिकल कलेजका विद्यार्थीहरुको सप्ताहव्यापी खेलकुद कार्यक्रम नोवेल फिस्टा [Nobel Fiesta] विविध कार्यक्रम गरी समापन भएको छ । समापन कार्यक्रममा कलेजका पदाधिकारीहरुबाट खेलकुदका विभिन्न विधाका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
नोवेलमा बार्षिक रुपमा आयोजना गरिदै आएको नोवेल फिस्टा यस बर्ष एम.वी.वी.एस. १५औं व्याच र वी.डी.एस. १०औं व्याचले संयुक्त रुपमा आयोजना गरेका थिए । नोवेल फिस्टा २०८१ जेठ २५ गते सुरु भएको थियो ।
(फोटो फिचर)
Continue Reading

Banner

युरोकप २०२४ को क्वाटरफाइनलमा स्पेन र जर्मनको महाभिडन्त आज, कस्ले मार्ला बाजि ?

Published

on

जर्मनीमा जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।

स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।

स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।

युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।

त्यसैगरी यस युरोकपको आयोजक समेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ । जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।

Continue Reading

Banner

भारतको महाराष्ट्रमा जिका भाइरसका सङ्क्रमितको सङ्ख्या आठ पुग्यो

Published

on

भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस सङ्क्रमणका आठ घटना रेकर्ड गरिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा छ जनामा जिका भाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ।

नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) का अधिकारीहरूले देशभरबाट एक सय छ नमूनाहरू प्राप्त गरेको र अहिलेसम्म आठ जनामा जिका भाइरस सङ्क्रमणको लागि सकारात्मक परीक्षण गरिएको जानकारी दिए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक