Connect with us
Advertisement

सवारी दुर्घटनामा २ जनाको मृत्यु

Published

on

विराटचोकः मोरङ र उदयपुरमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

उदयपुर चौदण्डीगढी–१० इक्राहा बस्ने ६२ वर्षीय जगनारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको छ । आज बिहान सवा १० बजे चौदण्डीगढी–१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोर्डिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले पैदल हिँडिरहेका उनलाई ठक्कर दिएको थियो ।

ठक्करका कारण उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने बस र चालक चौदण्डीगढी–१० का ३८ वर्षीय रत्नबहादुर कार्की नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

त्यस्तै, विराटनगर–१४ का २५ वर्षीय कामेश्वर कामतको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ । आज बिहान साढे ८ बजे विराटनगर १४ मा को २ त २७३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक कामतलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नोबेलको स्वास्थ्य शिविरमा भोजपुर र धनकुटाका तीन हजार ५२८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

Published

on

विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौविसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरको छ । उक्त शिविरमा ३ हजार ५२८ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार भएको हो ।

संघीय सांसद एवं अस्पतालका सञ्चालक डा. सुनिल कुमार शर्माको विशेष सहयोगमा तथा भोजपुर जिल्लाको प्रदेश सभा सांसद विनोद वान्तावाको समन्वयमा ष शिविर आयोजना गरिएको थियो । यसैगरी शिविर षडानन्द नगरपालिकाको आयोजना र अरुण गाउँपालिका, सल्पासिलिछो गाउँपालिकाको सहयोगमा दिङ्ला बजारथित गान्धी अस्पतालमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको आयोजना गरिएको थियो ।

विशेषज्ञ चिकित्सक सहितको चिकित्सा टोलीले मिति २०८१ बैशाख १३ गते बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो । उक्त शिविरमा १ हजार ७८३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार भएको छ । उक्त शिविरमा जाँच गराएका मध्ये १३४ जना विपन्न विरामीहरुको थप उपचारको लागि नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार हुनेछ । उनीहरुले प्राप्त गर्ने निःशुल्क स्वास्थ्य उपचारमा शल्यक्रिया समेत निःशुल्क हुने जनसम्पर्क अधिकृत नविन दाहालले बताए ।
त्यस्तै मिति २०८१ बैशाख १४ र १५ गते धनकुटा जिल्ला पाख्रीबास नगरपालिका स्थीत उत्तरपानीमा पाख्रीबास नगरपालिकाको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ८७५ जना विरामी लाभान्वित भएका छन् ।

मिति २०८१ बैशाख १६ गते धनकुटा कै चौबिसे गाउँपालिका बुधबारेमा चौबिसे गाउँपालिकाको आयोजनामा एक दिवसीय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त अवसरमा ८७० जना विरामीको स्वास्थ्य परीक्षण तथा उपचार भएको थियो । जनसम्पर्क अधिकृत नविन दाहालका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएर थप उपचारका लागि रिफर भएका विरामीहरुको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सहुलियतमा उपचार हुने छ ।

डा.सुनिल शर्माको नेतृत्वमा पूर्वी नेपाल साथै सुदुरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा बृहत निःशुल्क स्वास्थ्य शिविरहरुको आयोजना हुँदै आएको छ । उक्त शिविरहरुबाट हजारौं विरामीहरु लाभान्वित भई सकेका छन् भने शिविरबाट थप उपचारका लागि रिफर भएका असक्त असाहय विरामीहरुको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार समेत हुँदै आएको छ ।

Continue Reading

Banner

बाबुराम भट्टराई भन्छन् : ‘प्रचण्ड पानीमा भिजेको बिरालो जस्तो हुनुहुन्थ्यो, चुनाव जितेपछि शेर बनेर गर्जिन थाल्नुभयो ।’

Published

on

बाबुराम भट्टराई भन्छन् : ‘प्रचण्ड पानीमा भिजेको बिरालो जस्तो हुनुहुन्थ्यो, चुनाव जितेपछि शेर बनेर गर्जिन थाल्नुभयो ।’

Continue Reading

Banner

च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा डर्टमन्डको अग्रता

Published

on

यूईएफए च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमन्डले  पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई हराएको छ । घरेलु मैदान सिग्नल इदुना पार्कमा गएराति भएको खेलमा डर्टमन्डले पीएसजीलाई १–० ले हराएको हो । डर्टमन्डका  निकलास फुलक्रुगले खेलको ३६ औँ मिनेटमा गोल गरे । दोस्रो लेग अर्को हप्ता पिएसजीको घरेलु मैदानमा हुनेछ ।

यस लेगको विजेताले उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिख बीचको सेमीफाइनल विजेतासँग खेल्नेछ । यी दुई टोली बीचको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा बेलायतको वेम्ब्ले स्टेडियममा हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक