Connect with us
Advertisement
Advertisement

नर्वेमा कोरोना संक्रमितको संख्या १ लाख, ८८ देशमा लाखबढी संक्रमित

Published

on

विराटचोकः नर्वेमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७७ जना संक्रमित थपिएपछि संक्रमितको संख्या १ लाख १ सय ४९ जना पुगेको हो ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार थप १ जनाको मृत्युसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ७७ जना पुगेको छ । ८० हजार २३ जना निको भएका छन् । १९ हजार ४ सय ४९ जना आइसोलेसनमा रहेका छन् ।

विश्वका ८८ देशमा १ लाखभन्दा बढी जनसंख्यामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

लागूऔषध र नियन्त्रित औषधीसहित पोलिक्लिनिकका सञ्चालक पक्राउ

Published

on

उदयपुरः उदयपुरको बेलका नगरपालिका– १ आम्बासीमा रहेको बेलका मेडिलक पोलिक्लिनिक प्रा.लि. का सञ्चालक लागूऔषध र नियन्त्रित औषधीसहित पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीले शुक्रबार राती ११ बजे सो क्लिनिकमा खानतलासी गर्ने क्रममा सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरी का २६ वर्षीय सुबोध यादवलाई पक्राउ गरेको हो ।

उनको साथबाट टर्माडोल हाइड्रोक्लोराइड १ सय ९८ ट्याब्लेट, डाइकोमाइन हाइड्रोक्लोराइड ५ सय १५ ट्याब्लेट, कोफट्याब डी ३ सय ५ ट्याब्लेट, टर्माडोल हाइड्रोक्लोराइड ओपिडोल १ हजार ५ सय २ ट्याब्लेट, प्रिगोट किट १० ट्याब्लेट, सिल्डेनाफिल ४ ट्याब्लेट, जन्ग्रा रेड १२ ट्याब्लेट प्रहरीले बरामद गरेको थियो ।

त्यस्तै, नगद १ लाख १७ हजार र मोबाइल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सामानसहित सो क्लिनिकका सञ्चालक यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

Continue Reading

Banner

ट्याक्टरको ट्रलीबाट लडेर १ जनाको मृत्यु

Published

on

उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका १ जोगीदहकी ४५ वर्षीया शारदा चौधरीको ट्याक्टरको ट्रलीबाट लडेर मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे १० बजे जंगलबाट घाँस काटी आउँदै गर्दा प्रदेश २–०१–००१ त ००८१ नम्बरको ट्याक्टरमा घाँस लोड गरी पछाडी ट्रलीमा बसेकी थिइन् ।

सोही क्रममा ट्याक्टरको ट्रलीबाट लडी गम्भीर घाइते भएकी उनको उपचारको लागि विराटनगरतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Continue Reading

Banner

धरान आउँदै गरेको बस र टिफर ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३७ जना घाइते

Published

on

धरानः सुर्खेतबाट धरान आउँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट गइरहेको टिफर बाँकेको कोहलपुर– १३ रोहिणी खोलामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । हिजो साँझ भएको सो दुर्घटनामा बसमा सवार ३७ यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ का  उदय बाठा र वडा नम्बर १३ का खगेन्द्र सुनार रहेका छन् । उनीहरु दुवै जना टिफरमा सवार थिए । उनीहरुमध्ये १ जना टिफर चालक हुन् ।

त्यस्तै, बसमा सवार सुर्खेतको साटाखानीका ४० वर्षीय जीवन बिक र झापाको मेचीनगर नगरपालिका–१० का बसधनी ४५ वर्षीय छत्र कटुवालको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अन्दाजी ३५ वर्षीय भारतीय महिलाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा १ जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । सबै घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक