Connect with us
Advertisement

इन्द्रपुर खानेपानीको लेखापरीक्षण र साधारणसभा गर्न नगर विकास कोषले दियो निर्देशन

Published

on

विराटचोकः नगर विकास कोष काठमाडौंले स्थापनाकालदेखि हालसम्म साधारण सभा र अधिवेशन हुन नसक्नुको कारण सोध्दै अविलम्ब साधारण सभा गर्न इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई पत्राचार गरेको छ ।

लेखापरीक्षण गरी यथाशक्य चाँडो साधारण सभा गर्न निर्देशनात्मक पत्र लेख्दै त्यसको बोधार्थ सुन्दरहरैंचा नगरपालिका र क्षेत्रीय शहरी खानेपानी तथा सरसफाइ आयोजना इटहरीलाई पठाइएको छ । चैत २४ गते पठाइएको पत्रमा कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् ।

पटकपटक लेखापरीक्षण र साधारण सभा गर्न पत्राचार गर्दा पनि बेवास्ता गर्नुको कारण समेत उल्लेख गर्न पत्रमा भनिएको छ । २०६५ सालमा स्थापित संस्थाको खानेपानी आयोजना नगर विकास कोषको ऋण सहयोगमा २०७२ मा सम्पन्न भएको थियो । तत्कालीन इन्द्रपुर गाविसका उपभोक्तालाई खानेपानी वितरणका लागि संस्था स्थापना भई काम अघि बढाएको थियो ।

२४ करोड रुपैयाँको लागतमा निर्माण भएको आयोजनाले ४ लाख ५० हजार लिटरको ओभरहेड ट्याङ्कीबाट दैनिक पानी वितरण गरिरहेको छ । ६ हजार ५ सय उपभोक्ता रहेको खानेपानी संस्थालाई एशियाली विकास बैंकले पनि सहयोग गरेको छ ।

पत्र आएको थाहा छैन, जेठमा साधारणसभा हुन्छ
नगर विकास कोषले संस्थालाई साधारण सभा गर्न भनी निर्देशनात्मक रुपमा पठाएको पत्र संस्थामा आइपुगेको आफूलाई थाहा नभएको संस्थाका अध्यक्ष केदार गुरागाईंले बताए । हरेक आर्थिक वर्षमा लेखापरीक्षण गरिए पनि साधारण सभा गर्न भने नसकिएको र आगामी जेठमा साधारण सभा गरिने उनले आज दिउँसो फोन सम्पर्कमा बताए ।

साधारण सभा भएको छ कि छैन भन्ने बारेमा राखिएको जिज्ञासामा उनले बारम्बार जेठमा साधारण सभा गर्ने बताए । संस्था कति सालमा स्थापना भएको हो र कति वर्षको साधारण सभा गर्न बाँकी छ भन्ने बारेमा सोध्दा संस्था स्थापना भएको साल भने अफूलाई थाहा नभएको उनले बताए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक