विराटचोकः नयाँ वर्षको अवसर पारी देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता बढाउने बताएका छन् ।
‘सामाजिक सुरक्षा भत्ता महिनाको १०० रुपैयाँबाट शुरू गरिएको थियो, अहिले दिनकै १०० रुपैयाँमा पुगेको छ’, उनले भने, ‘आगामी दिनमा अझै बढ्छ । आउँदो बजेटमा अझै वृद्धि गरिनेछ ।’ ज्येष्ठ नागरिकले लिफ्ट चढेर धरहराको कौसीबाट काठमाडांै हेर्न सक्ने गरी निर्माण गरिएको पनि उनले बताए ।
नयाँ वर्ष २०७८ को शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्ध सतर्कता र स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गरेका छन् । ‘नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन’, उनले भने, ‘उद्योग र विद्यालय केही समय बन्द भए केही समयमै पुनः सञ्चालन गर्न सकिन्छ ।’
परिस्थिति प्रतिकूल भए लकडाउन
प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिएर परिस्थिति बिग्रिँदै गयो भने लकडाउन हुन सक्ने बताएका छन्
’जनस्वास्थ्यका मापदण्ड पालना गरौं, आफू सुरक्षित बनौं, अरुलाई पनि सुरक्षित राख्न सहयोग गरौं । यसो भयो भने जनजीवन पनि सुचारु हुन्छ,’ उनले भने, ‘कतिपयले यही बीचमा आजभोलिदेखि नै लकडाउन लाग्छ भनेर हल्ला चलाएका छन् । सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन ।’
अवस्था बिग्रिँदै जाँदा युरोपका विकसित देशहरु समेत लकडाउनमा जान बाध्य भएको बताउँदै महामारी ह्वात्तै बढ्यो भने लकडाउन गर्न बाध्य हुने उनले बताएका छन् ।
You must be logged in to post a comment Login