Connect with us
Advertisement

बिजुलीको पोलमा बाँधेर कुकुर मारेको विरोधमा माइतीघरमा पशु अधिकारकर्मीले गरे प्रदर्शन

Published

on

काठमाडौंः गत चैत १८ गते ८ वर्षीय बालकलाई टोकेको भन्दै काभ्रेको बनेपामा कुकुर मारेको विरोधमा काठमाडौंको माइतीघरमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।

कुकुरसहित गरिएको प्रदर्शनमा जनावरलाई बर्बर यातना नदिन उनीहरुले आग्रह गरेका छन् ।

उता, सो घटनामा कुकुरलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गर्नेविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ । कुकुरमाथि गरेको कुटपिटको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा दुई जनाले कोदालो र फलामको रडले कुकुरको टाउकोमा प्रहार गरेको देखिएको छ ।

घटनापछि पशु अधिकारकर्मीले कुकुर मार्नेको घरमा तोडफोड गरेको पाइएपछि दुवै पक्षविरुद्ध प्रहरीले मुद्दा चलाउने भएको हो ।

गत चैत २९ गते एनिमल रिसर्च सेन्टरले कुकुर मार्नेलाई कारवाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचा–१२ मा सांसद प्रेमलाल चौधरीलाई सम्मान, विकासका लागि सहकार्यमा जोड

Published

on

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ ले प्रतिनिधि सभा सदस्य प्रेमलाल चौधरीलाई सम्मान गरेको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष रोशन प्रसाद ढकालसहित जनप्रतिनिधिहरूले चौधरीलाई स्वागत तथा सम्मान गरेका हुन्।

कार्यक्रममा विभिन्न राजनीतिक दलका वडा प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो।

सम्मान ग्रहण गर्दै सांसद चौधरीले आफूलाई सम्मानभन्दा पनि जिम्मेवारी थपिएको अनुभूति भएको बताउँदै अब विकासका कामलाई तीव्रता दिन सबै मिलेर अगाडि बढ्न आग्रह गरे।

वडा अध्यक्ष ढकालले पनि वडाको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

Continue Reading

Banner

लालीगुराँस महोत्सवमा चोत्लुङ पार्क साहित्यमय, कविताले दुई दिन गुञ्जायमान

Published

on

चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बनेको छ। लालीगुराँस महोत्सव अन्तर्गत वैशाख १० गतेदेखि सञ्चालन भएको कार्यक्रममा आयोजित “चोत्लुङ साहित्य गोष्ठी” ले पूरै क्षेत्रलाई साहित्यिक माहोलमा डुबायो।

गुराँसको राजधानी मानिने तीनजुरे–मिल्के–जलजले क्षेत्र को प्रवेशद्वार बसन्तपुरस्थित पार्कमा आयोजित गोष्ठीमा सन्ध्या सिङ्जागो सुब्बा ले कविता वाचन गरिन्। उनीसँगै दुई दर्जनभन्दा बढी कविहरूका रचनाले दुई दिनसम्म पार्क गुञ्जायमान बनायो।

रैथाने वास्तुशैलीमा बनेको चोत्लुङ पार्कमा यस्ता कार्यक्रमले कला–साहित्यप्रति स्थानीय सरकारको सकारात्मक दृष्टिकोण झल्काएको भन्दै विराटनगरकी कवि तथा आख्यानकार सीमा आभाष ले प्रशंसा गरिन्।

गोष्ठीमा काठमाडौँसहित विभिन्न जिल्लाबाट आएका साहित्यकारहरूले प्रकृति, संस्कृति, प्रेम र समसामयिक विषयमा कविता प्रस्तुत गर्दै श्रोतालाई मन्त्रमुग्ध बनाए। कार्यक्रममा विशेष आकर्षणका रूपमा रहेका उपेन्द्र सुब्बा ले समाज रूपान्तरणका लागि यस्ता वैचारिक जमघट आवश्यक हुने बताए।

कार्यक्रममार्फत जलवायु परिवर्तन र यसको असर न्यूनीकरणबारे साहित्यिक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको अर्जुनबाबु माबुहाङ ले जानकारी दिए। साथै, गुराँस संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन र मुन्धुमी ज्ञानसँग जलवायु परिवर्तनको सम्बन्धबारे समेत विमर्श गरिएको थियो।

Continue Reading

Banner

आज २०८३ साल वैशाख १४ गते सोमबारको राशिफल

Published

on

आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख शुक्ल पक्षको एकादशी तिथि । मोहिनी एकादशी व्रत । तदनुसार सन् २०२६ अप्रिल २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : शुभ दिन छ । बिग्रिएका कामहरु बन्नेछन्। शिक्षा क्षेत्रको गहिरो अध्ययनले अवसर सिर्जना हुनेछ। आम्दानीका स्रोत धेरै भएकाले सदुपयोग गर्नु उचित हुनेछ। अवसरको सदुपयोग गर्न सक्दा फाइदा हुनेछ।

वृष : दिन सामान्य छ। लगानीका क्षेत्रमा सोचेको जस्तो नतिजा प्राप्त नहुने जोखिम रहेको छ। परिवार र साथीबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा भने सुधार हुनेछ।

मिथुन : दिन शुभ रहेको छ । परिवारमा शान्त भएर बस्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहेनतको फल प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : सोचेका दैनिक काम बन्नेछन्। स्वास्थ्यमा भने सुधार हुने दिन छ। रोगबाट मुक्ति मिल्दा मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

सिंह : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर पाउने दिन छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा खटपटी बढ्नेछ।

कन्या : धनको पछाडि लाग्दा इज्जतमा दाग लाग्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको सल्लाह लिएर मात्र अगाडि बढ्नु उचित हुनेछ। प्रेम सम्बन्धमा भने सुधार हुनेछ।

तुला : दैनिक काम सहजै बन्नेछन्। अप्ठेरो सोचेका काम मिल्दै जानेछन्। बोली र व्यवहारमा एकरुपताको खाँचो छ। काम गर्नु अगाडि परिवारको सल्लाह लिनु सुखद् हुनेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा भाग्यको उदय हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो देखिन्छ। यात्रा गर्नु परेमा एक्लै नहिड्नुहोला। साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ।

धनु : गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। सानो कुराले मनमा झन्झट बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दैनिकी सुरुवात गर्नु उचित हुनेछ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा सचेत बन्नुपर्ने समय छ।

मकर : सामाजिक क्षेत्रमा साथ प्राप्त हुनेछ। खर्च बढ्ने जोखिम छ। इज्जतका लागि धन खर्च नगर्नु राम्रो हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यवहार गर्दा जोगिएर अगाडि बढ्नु उचित हुनेछ ।

कुम्भ : अरुको निर्णय सुन्न नसक्ने बानीले खटपटी बढ्नेछ। थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। मिहिनेत गरेमा सोचेको काम बन्नेछ ।

मीन :बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ । दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनेछ। साथीभाइबाट असहयोग हुने खतरा छ। शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो देखिन्छ। व्यापारमा घाटा हुनेछ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक