Connect with us
Advertisement

नयाँ वर्षको पहिलो कारोबार दिनमा नेप्सेमा बनियो अलटाइम हाइ रेकर्ड

Published

on

विराटचोकः नयाँ वर्षको पहिलो कारोबार दिन आज शेयर बजार २० अंकभन्दा बढी बढेर अलटाइम हाइ रेकर्ड कायम भएको छ । बजार २०.६७ अंकले उकालो लागेर नेप्से परिसूचक २७३५.४६ को बिन्दुमा पुगेको छ । यो नेप्सेले चुमेको हालसम्मकै उच्च बिन्दु हो । यसअघि मंगलबार नेप्सेले बनाएको अल टाइम हाइ रेकर्ड आज कायम भएको हो । हिजो बुधबार नयाँ वर्षका कारण बजार बन्द भएको थियो ।

सेन्सेटिभ इन्डेक्स पनि आज ६.१७ अंकले बढेर ४९२.४४ को बिन्दुमा अडिँदा ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६ सय ५९ रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा बढी ३ दशमलव १२, वित्त समूह २ दशमलव २२ र बैंकिङ समूह १ दशमलव २२ प्रतिशतले बढेको छ । व्यापार समूह २ दशमलव ५३ र जलविद्युत समूह ० दशमलव ३४ प्रतिशतले घटेका छन् ।

आज २ सय १८ कम्पनीका १ करोड ९० लाख २० हजार ५ सय २८ कित्ता शेयर किनबेच भएको छ । ९५ हजार ७ सय ३७ पटक कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर सबैभन्दा धेरै ८ हजार ६ सय ३ पटक कारोबार भएको थियो ।

एनआईसी एशिया लघुवित्तको ४९ करोड ८९ लाख ६३ हजार ९ सय ९८ रुपैयाँको शेयर कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४९ करोड ८७ लाख ३४ हजार २ सय ७३ रुपैयाँको शेयर किनबेच भएको छ । एनआईसी एशिया बैंक, नेपाल बंगलादेश बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, हिमालयन डिस्टिलरी, प्रभु बैंक र मेगा बैंक उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

बेस्ट फाइनान्स, एनआईसी एशिया लघुवित्त, महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

मल्टीपर्पस फाइनान्स र नेसनल माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४ प्रतिशत हाराहारीमा ओरालो लागेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख ६५ हजार ६ सय ६७ रुपैयाँको शेयर किनबेच भएको छ ।

Banner

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Published

on

उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।  घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।

Continue Reading

Banner

सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने

Published

on

झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।

गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

Continue Reading

Banner

एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने

Published

on

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।

मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।

बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक