Connect with us
Advertisement

सामुदायिक विद्यालय नभएको वडा नम्बर १२ मा सुकुना माविको बिस्तारित कक्षा, कक्षा ५ सम्म पढाइ हुने

Published

on

विराटचोकः सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून भइरहेको अवस्थामा सुकुना माध्यमिक विद्यालयको बिस्तारित कक्षा सञ्चालन हुने भएको छ । यससँगै सामुदायिक विद्यालय नभएको सुन्दरहरैंचाको वडा नम्बर १२ मा सामुदायिक विद्यालय बन्ने पक्का भएको छ ।

अन्य वडामा सामुदायिक विद्यालय भए पनि यो वडामा सामुदायिक विद्यालय थिएन । सुकुना माध्यमिक विद्यालयको जग्गामा नगरपालिका र वडा कार्यालयको बजेटबाट बन्ने भवनको शुक्रबार नगरप्रमुख शिवप्रसाद ढकाल र उपप्रमुख धनमाया तामाङले संयुक्त रुपमा शिलान्यास गरे ।

शिलान्यास कार्यक्रममा बोल्दै सुकुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले सामुदायिक विद्यालय समाजकोे सम्पत्ति भएकाले यसलाई प्रभावकारी र गुणस्तरीय बनाउन सुकुनाको विस्तारित शाखाको रुपमा निर्माण गरी आधारभूत तहसम्मको पढाइ सञ्चालन गरिने बताए ।

सुकुना क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद अधिकारीले निर्माणकार्य समयमै सम्पन्न गरी नगरको नमूना विद्यालयको रुपमा विकास गरी आवासीय विद्यालय बनाउनुपर्नेमा जोड दिए ।

वडा नम्बर १० का अध्यक्ष राजेन्द्रबहादुर थापाले विद्यालय निर्माण गर्दा इतिहासका धरोहरलाई सम्झनुपर्ने बताउँदै विद्यालय सञ्चालनसँगै आधारभूत कक्षाका विद्यार्थीलाई राजमार्ग उत्तर जानुपर्ने बाध्यता हट्ने बताए ।

वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले वडामा सामुदायिक विद्यालय नभएको अवस्थामा आफूले नगरपालिकामा जोडदार कुरा उठाएर विद्यालयको निर्माणका लागि यो अवस्थासम्म ल्याएको बताए ।

६ कोठाको २ तले भवन निर्माणका लागि १ करोड ४ लाख लागत इस्टिमेट भएकोमा चालु आर्थिक वर्षमा ३० लाख विनियोजन भई कार्य शुरु भएको उनले बताए । १ वर्षमा निर्माण सम्पन्न हुुने गरी काम गरिने उनले जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख तामाङले आम नागरिक सचेत बनाउने विद्यालयको यो वडामा खाँचो भएको अवस्थामा निर्माण कार्य शुरु हुनु सुखद भएको बताइन् ।

नगरप्रमुख ढकालले ७ वटा विद्यालय मर्ज भइसकेको नगरमा यो विद्यालय सञ्चालन भएपछि वडामा आधारभूत विद्यालयको आवश्यकताको माग पूरा हुने बताए । सुन्दरहरैंचाको सुकुना, साजीलाल, शिक्षा निकेतन जस्ता सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढिरहेको उनले बताए ।

आगामी आर्थिक वर्षमा वडा नम्बर १२ मा संकलन हुने राजस्वको आधा रकम सोही विद्यालय निर्माणमा लगानी गर्ने उद्घोष नगरप्रमुख ढकालले गरेका छन् । विद्यालयलाई डिठ्ठा स्वर्गीय रत्नबहादुर खड्काले जग्गा दान गरेका थिए । उनले दान दिएको १० कठ्ठा जग्गामा विद्यालयको भवन बन्न लागेको हो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

दैनिक राशिफल: मंगलबार तपाईंको राशि के भन्छ

Published

on

२०८३ साल जेठ २६ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको नवमी तिथि। सन् २०२६ जुन ९ तारिख।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य छ । सानो कुराले व्यवहारमा झन्झट बढ्नेछ । सामाजिक क्षेत्रमा विवाद हुने जोखिम छ । सबै कुरा छोडेर परिवारको काममा केन्द्रित हुनु राम्रो हुन्छ । शिक्षामा भने प्रगति हुनेछ ।

वृष : दिन राम्रो छ । सोचेर गरेको लगानीबाट नाफा हुनेछ । स्वास्थ्यमा सुधारका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । साथीको सहयोगले तपाईंको काम बन्नेछ । सामाजिक सेवामा ध्यान दिएमा मन शान्त बन्नेछ ।

मिथुन : दिन धेरै राम्रो छ । नियमित कामबाट मन शान्त बन्नेछ । साथीभाइले सहयोग गर्नेछन् । व्यवहारिक पक्षमा सचेत बन्नु राम्रो हुनेछ । थोरै बोलेर धेरै काम गर्नुपर्ने समय छ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

कर्कट : दिन राम्रो छ । तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ । मनमा कुरा नराख्नु राम्रो हुनेछ । प्राविधिक शिक्षामा गरेको प्रयासबाट प्रगति हुनेछ । उच्च पदका साथीसँगको भेटले मन हलुका हुनेछ ।

सिंह : दिन सामान्य  छ ।  राजनीतिमा साथी खराब छन्।  आफन्तले भन्दा साथीभाइले दुःखमा साथ दिनेछन् । रोगबाट मुक्त हुन खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ ।

कन्या : संकटमा परिवारले साथ दिनेछन् ।  सञ्चित धन महत्त्वपूर्ण काममा उपयोग हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । लगानी भए व्यापारमा नाफा हुनेछ । सेवाका लागि राजनीतिमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

तुला : शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । राजनीति संगठनमा सेवाको अवसर मिल्नेछ । परिवारको भावनालाई कदर गर्न नसक्दा खटपटी आउनसक्छ ।

वृश्चिक :  हरेक क्षेत्रमा बाधा हुनसक्छ । राजनीतिक संगठनमा अरुले गरेको गल्तीको भारी तपाईंले बोक्नुपर्ने बाध्यता आइपर्न सक्छ । स्वदेशी लगानी भन्दा विदेशको लगानीबाट मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

धनु :  दिन राम्रो छ । धन आर्जन हुनेछ । महत्त्वपूर्ण कामका लागि स्वास्थ्यले साथ दिनेछ । बिहानै पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

मकर : दिन सामान्य छ । एकल निर्णय भन्दा साथीभाइको सहयोगले अगाडि बढ्नुपर्ने दिन छ । स्वदेशमा भन्दा विदेशमा तपाईंको नाम र दाम रहनेछ । साथीभाइसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन राम्रो छ । महत्त्वपूर्ण काम बन्नेछ । सामूहिक निर्णयमा अगाडि बढेमा फाइदा हुने योग छ। शिक्षामा प्रगति हुनेछ । गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ । हरेक काममा परिवारको साथ र सहयोग मिल्नेछ ।

मीन : सानो कुराले व्यवहारमा झन्झट आइपर्न सक्छ । लगानी गर्नु भन्दा पनि भएको सम्पत्ति जोगाउने प्रयास गर्नुपर्नेछ । परिवार र साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा गरेको मिहिनेतको फल मिल्नेछ ।

Continue Reading

Banner

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाड छनोटको उपाधि

Published

on

एसियाली खेलकुद (एसियाड) छनोटको उपाधि नेपालले जितेको छ। सिंगापुरमा सम्पन्न वर्षाले प्रभावित फाइनलमा नेपालले हङकङलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। जवाफमा १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर १ सय १४ रन बनाउँदा वर्षाले खेल रोकिएपछि डिएल म्याथोडमा नेपाल १९ रनले विजयी भएको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए। त्यस्तै, रोहित पौडेलले ३५ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरीले ९ रनको अविजित इनिङ्स खेले।

हङकङका लागि आयुश शुक्ला र एहसन खानले १-१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको हङकङका लागि अन्सुमान रथले ४५ बलमा ६ चौका र छक्काको सहयोगमा ८० रन बनाए। त्यस्तै, शिभ माथुरले २६ रन बनाउँदा साहिद वासिफले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

नेपालका लागि शेर मल्लले ४ विकेट लिँदा करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका थिए।

Continue Reading

Banner

दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पूरा गरे १०० खेल

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० खेल खेल्ने उपलब्धि हासिल गरेका छन्।

एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत सोमबार हङकङविरुद्ध भएको फाइनल खेलमा सहभागिता जनाएसँगै उनले यो कीर्तिमानी संख्या पूरा गरेका हुन्। उक्त खेलमा नेपालले टस जितेर पहिलो चरणमा बलिङ रोजेको थियो।

यस उपलब्धिसँगै दीपेन्द्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतकीय खेल संख्या पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। नेपाली खेलाडीहरूमध्ये सोमपाल कामीले हालसम्म ९१ तथा करण केसीले ९० टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

दीपेन्द्रले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध लर्ड्स मैदानमा भएको खेलमार्फत टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व सुरु गरेका थिए। त्यसयता उनले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।

१०० खेलको यात्रासम्म आइपुग्दा उनले एक शतक र १२ अर्धशतकको मद्दतले २ हजार २ सय १३ रन जोडिसकेका छन्। साथै उनले ६२ विकेट पनि आफ्नो नाममा दर्ज गरेका छन्। हङकङविरुद्धको खेलको प्रदर्शन भने उक्त तथ्यांकमा समावेश हुन बाँकी छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा दीपेन्द्र हाल पाँचौँ स्थानमा रहेका छन्। यसअघि उनी उक्त वरियताको दोस्रो स्थानसम्म पुग्न सफल भएका थिए।

लामो समय राष्ट्रिय टोलीको उपकप्तानको जिम्मेवारी सम्हालेका दीपेन्द्रलाई केही समयअघि मात्र टी-२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी सुम्पिएको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक