कोशी प्रदेश
चानुवामा गाउँभर हाइ भोल्टेज प्रवाह हुँदा करेन्ट लागेर कम्तीमा १५ जना घाइते, १ जनाको मृत्यु (नामसहित)
विराटचोकः करेन्ट लागेर धनकुटाको महालक्ष्मी ४ चानुवामा १ जनाको मृत्यु भएको छ भने कम्तीमा १५ जना घाइते भएका छन् । उनीहरुमध्ये ४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको नगरप्रमुख पर्शुराम नेपालले बताए । घाइते भएका सबैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
नगरप्रमुख नेपालका अनुसार चानुवाको बाघखोर भन्ने स्थानमा रहेको ट्रान्सफरमरमा आगो लागेपछि हाइ भोल्टेज प्रवाह भएको थियो । हावाहुरीले गरेको क्षतिका कारण बिहीबार बेलुकादेखि चानुवामा बिजुली अवरुद्ध थियो । बिहीबार गएको बिजुली आज बिहान साढे ९ बजे आएको थियो । तर केही समयमा नै फेरि बिजुली गएपछि साढे १० बजे दोेस्रो पटक बिजुली आएको थियो । चानुवाको नेवार गाउँ, झिलिमिले, जिमी गाउँ, गैरीगाउँलगायतका बासिन्दालाई करेन्ट लागेको हो ।
साढे १० बजे बिजुली आउँदा हाइ भोल्टेजका कारण घटना भएको स्थानीयलाई उद्धृत गर्दै नगरप्रमुख नेपालले बताए । विद्युत प्रधिकरणले भने घटनाको कारण बताइ नसकेको उनले जानकारी दिए ।
वडाध्यक्ष यज्ञबहादुर चापागाई (भरत) का अनुसार २ दिनदेखि विद्युत अवरुद्ध भएपछि आएको बिजुली पनि तुरुन्तै गएर फेरि आएपछि स्थानीयले विद्युतीय उपकरण चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो । घाइतेमध्ये अधिकांशलाई मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो ।
वडाध्यक्ष चापागाईका अनुसार केही टिभीलगायतका अन्य विद्युतीय उपकरण चलाउने क्रममा र केही भने हाइ भोल्टेज आएको थाहा पाएर मेन स्वीच अफ गर्ने क्रममा घाइते भएका थिए । हालसम्म १५ जना घाइते सम्पर्कमा आए पनि धेरै वडावासीको मोबाइल स्वीच अफ भएकाले घाइतेको संख्या बढ्न सक्ने स्थानीयको अनुमान रहेको उनले बताए ।
करेन्ट लागेर ५५ वर्षीय चन्द्र कार्कीको मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेर मृत्यु भएको हो ।
त्यस्तै, घाइतेमध्ये ५५ वर्षीया बमकुमारी श्रेष्ठ, ६१ वर्षीय पदमबहादुर श्रेष्ठ, ९ वर्षीया सावित्रा निरौला र ६ वर्षीय लाजिहाङ जिमीलाई उपचारको लागि धरान पठाइएको छ ।
४२ वर्षीया लीलादेवी भण्डारी, २० वर्षीया रमा रोक्का, ४५ वर्षीय यज्ञबहादुर श्रेष्ठ, उनकी छोरी १६ वर्षीया नेत्रा श्रेष्ठ र झिलिमिलेका २३ वर्षीय तारा कटुवाल पनि करेन्ट लागेर घाइते भएका छन् ।
६० वर्षीया मोतीमाया जिमी, १७ वर्षीया सुजा जिमी, १३ वर्षीय सुरेन जिमी, १८ वर्षीया सम्झना लिम्बू, २१ वर्षीया सुषमा शिवा र ४३ वर्षीय उमेश शिवा करेन्ट लागेर घाइते भएका छन् ।
घाइतेमध्ये १० जनालाई धरान पठाइएको र अरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।
करेन्ट लागेर धनकुटाको महालक्ष्मी ४ चानुवामा कम्तीमा ५ जना घाइते, २ जनाको अवस्था चिन्ताजनक
Facebook Comment
Banner
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।
Banner
सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने
झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।
गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
Banner
एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।
मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।
बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login