Connect with us
Advertisement

समाजसेवी रामचन्द्र अधिकारीको परिवारले गरेको प्रतिष्ठानले डा. न्यौपानेसहित ३ व्यक्ति र एक संस्थालाई गर्याे सम्मान

Published

on

इटहरीः इटहरीका समाजसेवी रामचन्द्र अधिकारीको परिवारले स्थापना गरेको तारानिधि धनमाया स्मृति प्रतिष्ठानले शनिबार इटहरीमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

प्रतिष्ठानअन्तर्गत राखिएको १ करोड रुपैयाको अक्षयकोषबाट साहित्यकार प्रा.डा. टङ्क न्यौपाने, कान्तिपुर दैनिकका सम्पादक तथा लेखक सुधीर शर्मा, पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य अमर खड्का र इटहरीको माया घर संस्थालाई सम्मान गरिएको हो ।

प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तारानिधि धनमाया स्मृति साहित्य पुरस्कारबाट न्यौपानेलाई सम्मान गरिएको थियो । सो पुरस्कारको राशी ५१ हजार १ सय १ रुपैयाँ रहेको छ । यस्तै कर्मपिता सुब्बा नारायणप्रसाद रिजालको स्मृतिमा स्थापित ३५ हजार १ सय १ रुपैयाँ राशीको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट शर्मालाई पुरस्कृत गरिएको हो ।

सुनसरीका पत्रकार अमर खड्कालाई नगद २५ हजार १ सय १ रुपैयाँको स्थानीय पत्रकारिता पुरस्कार दिइएको छ । सो पुरस्कार अधिकारीका सासूससुरा दीननाथ नारायणी देवी पौडेलको नाममा स्थापना भएको हो ।

२५ हजार १ सय १ रुपैयाँ राशी रहेको अर्को संस्थागत पुरस्कार इटहरीको मायाघरलाई दिइएको छ । बालबालिका र निःसहायहरुको सेवा गर्ने संस्थाहरुमध्ये उक्त पुरस्कार मायाघरले पाएको हो । मायाघर इटहरीको वडा नम्बर २ हवाइ चोकमा रहेको छ ।

पुरस्कार ग्रहण गर्दै न्यौपानेले सो रकम शिक्षाबाट वन्चित हुने अवस्थामा रहेका विद्यार्थीहरुलाई प्रदान गरिने बताए । कार्यक्रममा स्वागत मन्तव्य गर्दै साहित्यकार मनु मन्जिलले अधिकारी दम्पत्तिको सामाजिक कामहरुका साथै सम्मानित व्यक्तिहरुको व्यक्तित्व र कार्यहरुको चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्यासीले अधिकारी परिवारको सामाजिक भावना र सक्रियताको प्रशंसा गरे ।

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

दैनिक राशिफल: मंगलबार तपाईंको राशि के भन्छ

Published

on

२०८३ साल जेठ २६ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको नवमी तिथि। सन् २०२६ जुन ९ तारिख।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य छ । सानो कुराले व्यवहारमा झन्झट बढ्नेछ । सामाजिक क्षेत्रमा विवाद हुने जोखिम छ । सबै कुरा छोडेर परिवारको काममा केन्द्रित हुनु राम्रो हुन्छ । शिक्षामा भने प्रगति हुनेछ ।

वृष : दिन राम्रो छ । सोचेर गरेको लगानीबाट नाफा हुनेछ । स्वास्थ्यमा सुधारका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । साथीको सहयोगले तपाईंको काम बन्नेछ । सामाजिक सेवामा ध्यान दिएमा मन शान्त बन्नेछ ।

मिथुन : दिन धेरै राम्रो छ । नियमित कामबाट मन शान्त बन्नेछ । साथीभाइले सहयोग गर्नेछन् । व्यवहारिक पक्षमा सचेत बन्नु राम्रो हुनेछ । थोरै बोलेर धेरै काम गर्नुपर्ने समय छ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

कर्कट : दिन राम्रो छ । तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ । मनमा कुरा नराख्नु राम्रो हुनेछ । प्राविधिक शिक्षामा गरेको प्रयासबाट प्रगति हुनेछ । उच्च पदका साथीसँगको भेटले मन हलुका हुनेछ ।

सिंह : दिन सामान्य  छ ।  राजनीतिमा साथी खराब छन्।  आफन्तले भन्दा साथीभाइले दुःखमा साथ दिनेछन् । रोगबाट मुक्त हुन खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ ।

कन्या : संकटमा परिवारले साथ दिनेछन् ।  सञ्चित धन महत्त्वपूर्ण काममा उपयोग हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । लगानी भए व्यापारमा नाफा हुनेछ । सेवाका लागि राजनीतिमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

तुला : शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । राजनीति संगठनमा सेवाको अवसर मिल्नेछ । परिवारको भावनालाई कदर गर्न नसक्दा खटपटी आउनसक्छ ।

वृश्चिक :  हरेक क्षेत्रमा बाधा हुनसक्छ । राजनीतिक संगठनमा अरुले गरेको गल्तीको भारी तपाईंले बोक्नुपर्ने बाध्यता आइपर्न सक्छ । स्वदेशी लगानी भन्दा विदेशको लगानीबाट मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

धनु :  दिन राम्रो छ । धन आर्जन हुनेछ । महत्त्वपूर्ण कामका लागि स्वास्थ्यले साथ दिनेछ । बिहानै पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

मकर : दिन सामान्य छ । एकल निर्णय भन्दा साथीभाइको सहयोगले अगाडि बढ्नुपर्ने दिन छ । स्वदेशमा भन्दा विदेशमा तपाईंको नाम र दाम रहनेछ । साथीभाइसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन राम्रो छ । महत्त्वपूर्ण काम बन्नेछ । सामूहिक निर्णयमा अगाडि बढेमा फाइदा हुने योग छ। शिक्षामा प्रगति हुनेछ । गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ । हरेक काममा परिवारको साथ र सहयोग मिल्नेछ ।

मीन : सानो कुराले व्यवहारमा झन्झट आइपर्न सक्छ । लगानी गर्नु भन्दा पनि भएको सम्पत्ति जोगाउने प्रयास गर्नुपर्नेछ । परिवार र साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा गरेको मिहिनेतको फल मिल्नेछ ।

Continue Reading

Banner

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाड छनोटको उपाधि

Published

on

एसियाली खेलकुद (एसियाड) छनोटको उपाधि नेपालले जितेको छ। सिंगापुरमा सम्पन्न वर्षाले प्रभावित फाइनलमा नेपालले हङकङलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। जवाफमा १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर १ सय १४ रन बनाउँदा वर्षाले खेल रोकिएपछि डिएल म्याथोडमा नेपाल १९ रनले विजयी भएको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए। त्यस्तै, रोहित पौडेलले ३५ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरीले ९ रनको अविजित इनिङ्स खेले।

हङकङका लागि आयुश शुक्ला र एहसन खानले १-१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको हङकङका लागि अन्सुमान रथले ४५ बलमा ६ चौका र छक्काको सहयोगमा ८० रन बनाए। त्यस्तै, शिभ माथुरले २६ रन बनाउँदा साहिद वासिफले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

नेपालका लागि शेर मल्लले ४ विकेट लिँदा करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका थिए।

Continue Reading

Banner

दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पूरा गरे १०० खेल

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० खेल खेल्ने उपलब्धि हासिल गरेका छन्।

एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत सोमबार हङकङविरुद्ध भएको फाइनल खेलमा सहभागिता जनाएसँगै उनले यो कीर्तिमानी संख्या पूरा गरेका हुन्। उक्त खेलमा नेपालले टस जितेर पहिलो चरणमा बलिङ रोजेको थियो।

यस उपलब्धिसँगै दीपेन्द्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतकीय खेल संख्या पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। नेपाली खेलाडीहरूमध्ये सोमपाल कामीले हालसम्म ९१ तथा करण केसीले ९० टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

दीपेन्द्रले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध लर्ड्स मैदानमा भएको खेलमार्फत टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व सुरु गरेका थिए। त्यसयता उनले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।

१०० खेलको यात्रासम्म आइपुग्दा उनले एक शतक र १२ अर्धशतकको मद्दतले २ हजार २ सय १३ रन जोडिसकेका छन्। साथै उनले ६२ विकेट पनि आफ्नो नाममा दर्ज गरेका छन्। हङकङविरुद्धको खेलको प्रदर्शन भने उक्त तथ्यांकमा समावेश हुन बाँकी छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा दीपेन्द्र हाल पाँचौँ स्थानमा रहेका छन्। यसअघि उनी उक्त वरियताको दोस्रो स्थानसम्म पुग्न सफल भएका थिए।

लामो समय राष्ट्रिय टोलीको उपकप्तानको जिम्मेवारी सम्हालेका दीपेन्द्रलाई केही समयअघि मात्र टी-२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी सुम्पिएको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक