Connect with us
Advertisement

सुन्दरहरैंचा मेयर कपः ३ का विरुद्ध ४ गोल गर्दै लेटाङ अघिल्लो चरणमा

Published

on

विराटचोकः सुन्दरहरैंचामा आज शुरु भएको प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिताबाट लेटाङ नगरपालिका अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा लेटाङ र बेलबारी नगरपालिका दुवैले कुनै गोल नगरेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

टाइब्रेकरका लागि भएको पेनाल्टीमा लेटाङ नगरपालिका खेलाडी यमन मगर, सुन्दर साँवा लिम्बू, समन तामाङ र टिम क्याप्टेन अभिषेक लिम्बूले गोल गरेका थिए । गोलकिपर अञ्जित श्रेष्ठले गरेको प्रहार भने गोल पोष्टको क्रसबारको माथिबाट बाहिरिएको थियो ।

त्यस्तै, बेलबारीका तर्फबाट टिम क्याप्टेन देवेन धिमाल तथा कासिम राई र मिलन परियारले गोल गरेका थिए । बेलबारीका
किरण लिम्बू र अरुण लिम्बूको प्रहार भने लेटाङका गोलकिपर अञ्जित श्रेष्ठले बचाएका थिए ।

खेलको म्यान अफ द म्याच लेटाङ नगरपालिकाको टिमका गोलकिपर अञ्जित श्रेष्ठ घोषित भए । उनले नगद २ हजार र मेडल पाए ।

निर्धारित समयमा दुवै तर्फका खेलाडीले गोल गर्ने केही राम्रा अवसर गुमाएका थिए । बेलबारीका खेलाडी राजकुमार राईले गरेको प्रहार लेटाङका गोलकिपर श्रेष्ठले रोकेका थिए ।

दोस्रो हाफमा अभिषेक लिम्बूूको लामो प्रहारलाई रक्षा पंक्तिका खेलाडी सुुमन श्रेष्ठले गरेको हेड गोलपोस्टको बारमा लागेर बाहिरिएको थियो ।

दोस्रो हाफमा नै लेटाङका खेलाडीले गरेको प्रहार पनि गोल हुन सकेन । बेलबारीका टिम क्याप्टेन देवेन धिमालले त्यसलाई क्ल्यिर गरेपछि लेटाङले कर्नर किक पाए पनि गोल गर्न भने सकेन ।

आजदेखि शुरु प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिका गरी ९ वटा टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा विजेता पालिकाले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

मगलबारको खेल रतुवामाई नगरपालिका र उर्लाबारी नगरपालिकाबीच हुने भएको छ ।

बैशाख १४ गते फाइनल खेल हुने भएको छ । सुन्दरहरैंचा १२ शुक्रबारेको खेल मैदानमा भएको खेलको आयोजक सुन्दरहरैंचा नगरपालिका र सह आयोजक सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ रहेको छ । खेलको व्यवस्थापनको जिम्मा शुक्रबारे युवा क्लबले लिएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले खेलाडीको प्रतिभा उजागर गर्न मद्दत पुगोस् भनेर प्रतियोगिता आयोजना गरिएको बताए । निर्वाचित भएको पहिलो वर्ष विविध कारणले खेल शुरु गर्न नसकेको उनले बताए । दोस्रो वर्ष वडाध्यक्ष कपको नाममा खेल भएको तथा गत वर्ष कोरोना संक्रमणका कारण मेयर कप प्रतियोगिता स्थगित भएको उनले बताए ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता प्रतियोगिताले नगरपालिकाबीच समन्वय हुने र भाइचाराको सम्बन्ध स्थापित हुुने उल्लेख गरे ।

प्रतियोगिता उद्घाटन हुनुअघि विभिन्न संघसंस्थाहरुले जातीय झाँकी, वेशभूषा तथा नृत्य प्रस्तुत गरेका थिए ।

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक