शिक्षा / स्वास्थ्य
विद्यार्थीलाई निःशुल्क भर्ना गराउँदै बेलबारी बहुमुखी क्याम्पस, भर्ना शुल्क नगरपालिकाले तिर्ने
बेलबारीः बेलबारी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको भर्ना शुल्क बेलबारी नगरपालिकाले तिरिदिने भएको छ । जसका कारण सो क्याम्पसको बीए, बीएड र बीबीएस पहिलो वर्षमा अध्ययन गर्न चाहने विद्यार्थीले निःशुल्क भर्ना हुन पाउने भएका छन् ।
शैक्षिक सत्र २०७७ ÷०७८ को पहिलो वर्षमा भर्ना हुने सबै सङ्कायका विद्यार्थीरुहको भर्ना शुल्क नगरपालिकाले तिर्ने नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । बैशाख ५ गतेको नगर कार्यापालिकाको बैठकले सो निर्णय गरेको उनले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
निःशुल्क भर्नाका लागि कोटा निर्धारण नगरिएको हुनाले जति विद्यार्थी आए पनि भर्ना शुल्क नलिइने उनले बताए । ‘निःशुल्क भर्नाका लागि कुनै दायरा छैन’ उनले भने, ‘जति विद्यार्थी भर्ना हुन आए पनि र देशको जुनसुकै ठाउँको विद्यार्थी आए पनि सबैको भर्ना शुल्क नगरपालिकाले बेहोर्नेछ ।’

आर्थिक अवस्था कमजोर भएका तथा निम्न मध्यमवर्गीय परिवारका विद्यार्थीलाई नगरपालिकाको यो निर्णयले ठूलो राहत पुग्ने उनले बताए । निःशुल्क भर्ना अभियानलाई निरन्तरता दिइने उनले उद्घोष गरे । विद्यार्थीले भर्ना शुल्क बुझाइसकेको भए सो रकम मासिक शुल्कमा रुपान्तरण गरिने पनि उनले जानकारी दिए ।
क्याम्पस प्रमुख खगेन्द्र लुइँटेलका अनुसार स्नातक तहको पढाइ हुने सो क्याम्पसमा नेपाली माध्यमबाट अध्ययन गर्ने विद्यार्थीले भर्ना शुल्कबापत ६ हजार १ सय र अङ्ग्रेजी माध्यमबाट अध्ययन गर्ने विद्यार्थीले ६ हजार २ सय रुपैयाँ तिर्नुपर्छ । सो रकम नगरपालिकाले तिरिदिने भएको हो । लगभग २ सय विद्यार्थी यस वर्ष लभान्वित हुने उनले बताए ।
पत्रकार सम्मेलनका उपस्थित विद्यार्थीको प्रतिनिधित्व गर्दै बीएड पहिलो वर्षका पुरुषोत्तम पौडेल, बीबीएस पहिलो वर्षकी रोशनी साह र बीएड पहिलो वर्षकी आरती ठाकुरले आफ्ना भनाइ राखेका थिए । नगरपालिकाले गरेको कामको उनीहरुले प्रशंसा गरेका थिए ।
२०६५ सालमा सो क्याम्पस हाल आफ्नै भवनमा सञ्चालित छ । भवन निर्माणमा ६० प्रतिशत रकम नगरपालिकाले सहयोग गरेको बताइएको छ ।
पत्रकार सम्मेलनमा पूर्व सांसद हर्कमान तामाङ, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक, विद्यार्थी सहभागी थिए ।

Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login