अपराध
जनप्रतिनिधिकै घरमा श्रीमान्बाट मरणसन्न हुने गरी कुटिइन् महिला
विराटचोकः मोरङको केराबारी गाउँपालिका वडा नंं.३ स्थित जनप्रतिनीधिकै घरमा श्रीमानको कुटपिट्बाट पिडित भएकी छन् ।
श्रीमान भरत श्रेष्ठले शरिरको सम्बेदनशिल अंग सहित शरिरका विभिन्न भागमा निलडाम र मरणासन्न हुनेगरी विना कारण कुटपिट गरेका हुन् । यसरी दैनिक जसो कुटपीट गर्दा समेत वडा अध्यक्ष आफना ससुराले कुनै प्रतिक्रिया नदिएको भन्दै पिडित वुहारी नरमाया निरौला श्रेष्ठले न्यायको लागि आफनो आवाज उठाई दिन संञ्चारकर्मी महिला अधिकारकर्मीहरुलाई पत्रकार सम्मेलन गरी आग्रह गरेकी छिन् ।
२०६२ सालमा एकै गाउँमा श्रेष्ठ युवक संग प्रेम विवाह गरेकि थिइन् । बैवाहिक सम्बन्ध पश्चात १५ वर्षका एक छोरा र ९ वर्षकी एक छोरीका साथ केराबारी ३ मा स्थाई बसोबाँस गर्दै आएका श्रीमान भरतले आफूलाई दर्जनौं पटक कुटपिट गरेको भन्दै उनले बुधबार इलाका प्रहरी कार्यालय बेलबारीमा घरेलु हिंसा सम्बन्धि उजुरी दिएकी छिन् ।
घट्ना अनुसार श्रीमान श्रेष्ठले कयौं पटक कुटपिट गर्दापनि आफनो माइती तथा घरपरिवारको इज्जवत प्रतिष्ठाका लागि सहेर बसेको तर वैशाख १ गतेको घट्नाले आफु मृत्युको मूखबाट फर्किएपछि कुटपिट र हिंसा सहेर बस्न नसक्ने भन्दै श्रीमान विरुद्ध उजुरी दर्ता गरेकी छिन् ।

पटक पटक इलाका प्रहरी कार्यालय केराबारीमा कुटपिट सम्बन्धि छलफल र मिलापत्र गरीएको भएपनि मदिरा सेवन गरी आउँने अनि मरणासन्न हुने गरी कुटपिट गर्ने कार्य नरोकिएपछि आफु वर्षैदेखि पिडित बन्नु परेको नरमाया निरौला (श्रेष्ठ) ले बताइन् । आफूले प्रेम विवाह गरेकै कारण सासु ससुराले राम्रो नजरले नहेरेको र माइती पक्षमा कसैलाई खवर नगरी सहेर बसेको उनले वताइन् । विवाह गरेकै वर्षबाट यसरी वारम्बार पिटीदैअाएकाे उनी बताउछीन्
उनका ससुरा भक्त श्रेष्ठ वडा नं.३ का वडाध्यक्ष हुन् । तर पटक पटक छोराले कुटपिट गर्दापनि आज सम्म एक शव्द कुनैप्रतिक्रिया दिएका छन् । के कसो छ ? समेत सोधीखोजी नगरेको भन्दै स्थानीयले समेत चिन्ता व्यक्त गरेका छन् ।
घट्नाअनुसार ट्याक्टर चालक रहेका श्रीमानले वैशाख १ गतेका दिन विना कारण मरणासन्न हुने गरी कुटपिट गरे कुटपिट पछि उपचारका लागि लान्छु भन्दै भाई संग मध्यरात घोपा क्याम्प हिडेका श्रीमान् खाजा खान्छु भनेर अस्पताल बाटै फरार भएको पिडित महिलाले बताइन् । उपचार गराउन अस्पताल हिडेका श्रीमान नै फरार भएपछि उपचार गराउन नपाई अस्पतालबाट मध्यरात घर फर्किएको उनले बताइन् ।
यता घट्नाको सम्बन्धमा ओरेक नेपालकी प्रतिनीधि निर्मला लिम्बूले भनिन्, कुटपिटवाट अति सम्बेदनशिल अंगहरुको बाह्य तथा भित्री भागमा पनि चोटपटक र नील डाम देखिएको बताएकी छिन् । उनले न्याय पाउनुपर्छ, लिम्बूले बताइन् ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login