समाचार
साताका सात समाचार र तस्बिर (बैशाख ५ गतेदेखि ११ गतेसम्म)
विराटचोकः निष्पक्ष खबरले नयाँ वर्षसँगै साताका सात समाचार र तस्बिर स्तम्भ शुरु गरेको छ । यस स्तम्भमा निष्पक्ष खबरमा हरेक दिन प्रकाशित तस्बिरमध्ये उत्कृष्ट १ तस्बिर र सो तस्बिरसँग सम्बन्धित समाचारको अंश साताका सात समाचार र तस्बिरको रुपमा छनोट गरी साताको अन्तिम दिन पुनः प्रकाशन गरिने छ ।
यी हुन् यस साताका सात समाचार र तस्बिर

उपाधि जितेकोमा खुशी (बैशाख ५)
बेलबारी– ११ स्थित खेल मैदानमा भएको मोरङ जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सुन्दरहरैँचा नगरपालिकाले जितेपछिको खुशी ।
प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिकाले १५ स्वर्ण, १३ रजत र २१ कास्य पदक प्राप्त गर्दै उपाधी जितेको थियो ।
विराटनगर महानगरपालिका १४ स्वर्ण, १५ रजत र १२ कास्य पदकका साथ दोस्रो र बेलबारी नगरपालिका ७ स्वर्ण, ५ रजत र १५ कास्यका साथ तेस्रो भएका थिए । तस्बिर सौजन्यः विवेक मिश्र

मेयर कपमा झाँकी (बैशाख ६)
सुन्दरहरैंचा १२ स्थित शुक्रबारे खेल मैदानमा प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रंतियोगिता सञ्चालन भइरहेको छ ।
मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिकाबीच भइरहेको सो प्रतियोगितामा आज शनिबारदेखि सेमीफाइनल चरणका खेल शुरु भएका छन् । सो प्रतियोगिताको उद्घाटन खेलमा बैशाख ६ गते झाँकी प्रस्तुत गरिँदै । तस्बिरः कृष्णचन्द्र सुवेदी ।

स्नातक तहमा निःशुल्क भर्नाको जानकारी दिँदै (बैशाख ७)
मोरङको बेलबारी नगरपालिकाले बेलबारी बहुमुखी क्याम्पसले स्नातक तहका सबै संकायमा पहिलो वर्षमा भर्ना हुने विद्यार्थीको भर्ना शुल्क तिरिदिने भएको छ ।
सो अभियानमार्फत् कम्तीमा २ सय विद्यार्थीले भर्ना गर्ने अनुमान गरिएको क्याम्पसले जनाएको छ ।
निःशुल्क भर्नाको बारेमा पत्रकार सम्मेलनमार्फत् जानकारी दिँदै मेयर ज्ञानेन्द्र सुवेदी । तस्बिरः खेमचन्द्र अधिकारी ।

जनप्रतिनिधिकै घरमा महिला हिंसा (बैशाख ८)
केराबारी गाउँपालिकाको वडा नम्बर ३ की नरमाया निरौला (श्रेष्ठ) आफूमाथि हिंसा भएको भन्दै सञ्चारकर्मी र महिला अधिकारकर्मीसामु आइन् ।
अन्तरजातीय विवाह गरेकी उनलाई पति भरत श्रेष्ठले बारम्बार मरणासन्न हुने गरी पिट्दा पनि आफ्ना ससुरा केराबारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भक्त श्रेष्ठले छोराकै पक्ष लिने गरेकाले आफूमाथि पतिले बढी अत्याचार गरेको उनले बताइन् ।
बुधबार उनले इलाका प्रहरी कार्यालय बेलबारीमा घरेलु हिंसासम्बन्धी उजुरी दिएकी छिन् । तस्बिरः कृष्णचन्द्र सुवेदी ।

विपन्न परिवारका सुत्केरीलाई वडा कार्यालयद्वारा पौष्टिक आहार प्रदान (बैशाख ९)
सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ३ ले विपन्न परिवारका सुत्केरीलाई लक्षित गरी पौष्टिक आहार तथा आमा र शिशु दुवैलाई कपडा वितरण गर्ने अभियान शुरु गरेको छ ।
वडाध्यक्ष जीवन ढुंगानाका अनुसार वडाले ज्येष्ठ नागरिक सम्मान, गर्भवती पौष्टिक आहार, स्वास्थ्य बीमा कार्यक्रमसहित सुत्केरी महिलाका लागि पौष्टिक आहारका साथै सुत्केरी र शिशुका लागि न्यानो झोला सेट वितरणजस्ता कार्यक्रम गरिरहेको हो । वडा स्वास्थ्य कार्यालयको समन्वयमा यो कार्यक्रम अघि सारिएको वडा कार्यालयले जनाएको छ । तस्बिरः सप्तकोशी अनलाइन ।

कीर्ते नागरिकता बनाई जग्गा नामसारी गर्ने १० जना पक्राउ (बैशाख १० गते)
झापाको बिर्तामोडका स्वर्गीय टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उद्देश्यले नक्कली टुंगबहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई पक्राउ प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा झापाको बाह्रदशी– ३ का ३९ वर्षीय मंगल सिंह राजवंशी, बाह्रदशी– ५ का ५० वर्षीय लीलाधर राजवंशी, भद्रपुर– ७ का ५२ वर्षीय नवीन कोइराला, गौरीगञ्ज १ का ३७ वर्षीय बलराम बिश्वकर्मा, शिवसताक्षी ८ का ४२ वर्षीय भुपदेव कटुवाल रहेका छन् ।
त्यस्तै, अर्जुनधारा ५ का ५३ वर्षीय लेखनाथ खनाल, बिर्तामोड ४ का ३४ वर्षीय गोविन्द वान्तवा, बिर्तामोड– १० का ७१ वर्षीय देवीप्रसाद पाण्डे, बिर्तामोड– ४ की ३३ वर्षीया रञ्जु राई र मोरङको उर्लाबारी ४ का ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् । तस्बिरः प्रदेश प्रहरी कार्यालय, विराटनगर ।

पुनर्निर्मित धरहराको उद्घाटन (बैशाख ११ गते)
प्रधानमन्त्री केपी शर्मा ओलीले आन बैशाख ११ गते पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । सुन्धारामा बिहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् ।
शिलालेख अनावरणपछि लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पवृष्टि गरेका थिए । २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।
२२ तले सो धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनको ११ तलेजस्तो देखिए पनि भित्री संरचना भने २२ तले र सुविधासम्पन्न रहेको छ । तस्बिरः सामाजिक सञ्जाल ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login