समाचार
साताका सात समाचार र तस्बिर (बैशाख ५ गतेदेखि ११ गतेसम्म)
विराटचोकः निष्पक्ष खबरले नयाँ वर्षसँगै साताका सात समाचार र तस्बिर स्तम्भ शुरु गरेको छ । यस स्तम्भमा निष्पक्ष खबरमा हरेक दिन प्रकाशित तस्बिरमध्ये उत्कृष्ट १ तस्बिर र सो तस्बिरसँग सम्बन्धित समाचारको अंश साताका सात समाचार र तस्बिरको रुपमा छनोट गरी साताको अन्तिम दिन पुनः प्रकाशन गरिने छ ।
यी हुन् यस साताका सात समाचार र तस्बिर

उपाधि जितेकोमा खुशी (बैशाख ५)
बेलबारी– ११ स्थित खेल मैदानमा भएको मोरङ जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सुन्दरहरैँचा नगरपालिकाले जितेपछिको खुशी ।
प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिकाले १५ स्वर्ण, १३ रजत र २१ कास्य पदक प्राप्त गर्दै उपाधी जितेको थियो ।
विराटनगर महानगरपालिका १४ स्वर्ण, १५ रजत र १२ कास्य पदकका साथ दोस्रो र बेलबारी नगरपालिका ७ स्वर्ण, ५ रजत र १५ कास्यका साथ तेस्रो भएका थिए । तस्बिर सौजन्यः विवेक मिश्र

मेयर कपमा झाँकी (बैशाख ६)
सुन्दरहरैंचा १२ स्थित शुक्रबारे खेल मैदानमा प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रंतियोगिता सञ्चालन भइरहेको छ ।
मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिकाबीच भइरहेको सो प्रतियोगितामा आज शनिबारदेखि सेमीफाइनल चरणका खेल शुरु भएका छन् । सो प्रतियोगिताको उद्घाटन खेलमा बैशाख ६ गते झाँकी प्रस्तुत गरिँदै । तस्बिरः कृष्णचन्द्र सुवेदी ।

स्नातक तहमा निःशुल्क भर्नाको जानकारी दिँदै (बैशाख ७)
मोरङको बेलबारी नगरपालिकाले बेलबारी बहुमुखी क्याम्पसले स्नातक तहका सबै संकायमा पहिलो वर्षमा भर्ना हुने विद्यार्थीको भर्ना शुल्क तिरिदिने भएको छ ।
सो अभियानमार्फत् कम्तीमा २ सय विद्यार्थीले भर्ना गर्ने अनुमान गरिएको क्याम्पसले जनाएको छ ।
निःशुल्क भर्नाको बारेमा पत्रकार सम्मेलनमार्फत् जानकारी दिँदै मेयर ज्ञानेन्द्र सुवेदी । तस्बिरः खेमचन्द्र अधिकारी ।

जनप्रतिनिधिकै घरमा महिला हिंसा (बैशाख ८)
केराबारी गाउँपालिकाको वडा नम्बर ३ की नरमाया निरौला (श्रेष्ठ) आफूमाथि हिंसा भएको भन्दै सञ्चारकर्मी र महिला अधिकारकर्मीसामु आइन् ।
अन्तरजातीय विवाह गरेकी उनलाई पति भरत श्रेष्ठले बारम्बार मरणासन्न हुने गरी पिट्दा पनि आफ्ना ससुरा केराबारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भक्त श्रेष्ठले छोराकै पक्ष लिने गरेकाले आफूमाथि पतिले बढी अत्याचार गरेको उनले बताइन् ।
बुधबार उनले इलाका प्रहरी कार्यालय बेलबारीमा घरेलु हिंसासम्बन्धी उजुरी दिएकी छिन् । तस्बिरः कृष्णचन्द्र सुवेदी ।

विपन्न परिवारका सुत्केरीलाई वडा कार्यालयद्वारा पौष्टिक आहार प्रदान (बैशाख ९)
सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ३ ले विपन्न परिवारका सुत्केरीलाई लक्षित गरी पौष्टिक आहार तथा आमा र शिशु दुवैलाई कपडा वितरण गर्ने अभियान शुरु गरेको छ ।
वडाध्यक्ष जीवन ढुंगानाका अनुसार वडाले ज्येष्ठ नागरिक सम्मान, गर्भवती पौष्टिक आहार, स्वास्थ्य बीमा कार्यक्रमसहित सुत्केरी महिलाका लागि पौष्टिक आहारका साथै सुत्केरी र शिशुका लागि न्यानो झोला सेट वितरणजस्ता कार्यक्रम गरिरहेको हो । वडा स्वास्थ्य कार्यालयको समन्वयमा यो कार्यक्रम अघि सारिएको वडा कार्यालयले जनाएको छ । तस्बिरः सप्तकोशी अनलाइन ।

कीर्ते नागरिकता बनाई जग्गा नामसारी गर्ने १० जना पक्राउ (बैशाख १० गते)
झापाको बिर्तामोडका स्वर्गीय टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उद्देश्यले नक्कली टुंगबहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई पक्राउ प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा झापाको बाह्रदशी– ३ का ३९ वर्षीय मंगल सिंह राजवंशी, बाह्रदशी– ५ का ५० वर्षीय लीलाधर राजवंशी, भद्रपुर– ७ का ५२ वर्षीय नवीन कोइराला, गौरीगञ्ज १ का ३७ वर्षीय बलराम बिश्वकर्मा, शिवसताक्षी ८ का ४२ वर्षीय भुपदेव कटुवाल रहेका छन् ।
त्यस्तै, अर्जुनधारा ५ का ५३ वर्षीय लेखनाथ खनाल, बिर्तामोड ४ का ३४ वर्षीय गोविन्द वान्तवा, बिर्तामोड– १० का ७१ वर्षीय देवीप्रसाद पाण्डे, बिर्तामोड– ४ की ३३ वर्षीया रञ्जु राई र मोरङको उर्लाबारी ४ का ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् । तस्बिरः प्रदेश प्रहरी कार्यालय, विराटनगर ।

पुनर्निर्मित धरहराको उद्घाटन (बैशाख ११ गते)
प्रधानमन्त्री केपी शर्मा ओलीले आन बैशाख ११ गते पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । सुन्धारामा बिहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् ।
शिलालेख अनावरणपछि लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पवृष्टि गरेका थिए । २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।
२२ तले सो धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनको ११ तलेजस्तो देखिए पनि भित्री संरचना भने २२ तले र सुविधासम्पन्न रहेको छ । तस्बिरः सामाजिक सञ्जाल ।
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login